काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पिलोसीले राष्ट्रपति ट्रम्पको राष्ट्रपति चुनावताकाको रसियासँगको  उनको सम्बन्ध ‘महाअभियोग लगाउन लायक’ भएको अभिव्यक्ति दिएपछि ट्रम्प वैठकस्थलबाट बाहिरिएका छन् ।

एक्कासी तातिएर जुरुक्क उठेका ट्रम्पले तिमीहरुको ‘नक्कली अनुसन्धान बन्द गर’ भन्दै अब डेमोक्र्याटसँग सँगै बसेर र मिलेर काम नै गर्न नसकिने पनि बताए । राष्ट्रपतिको हैसियतबाट यसखालको व्यवहार अशोभनीय भएको र कमीकमजोरी अस्वीकार गर्ने राष्ट्रपति ट्रम्पको भनाई आफैमा अक्षम्य रहेको पिलोसीको दाबी थियो ।

तर ट्रम्प भने रुससँग भएको भनिएको सम्बन्ध सबै नक्कली र आफ््नो बेइज्जत गर्न उठाएको तर्क छ ।रबर्ट म्युलरको नेतृत्वमा गठित छानबिन समितिले ट्रम्पको रसियासँगको सम्बन्धका बारेमा थप खुलासा गरेपछि ट्रम्प निकै तनावमा रहने गरेका छन् । यही तनावमा रहेका ट्रम्पलाई सभामुख पिलोसीको ‘महाअभियोग योग्य’ भनी गरिएको टिप्णीले गम्भीर बनाएपछि उनी बैठक स्थलबाट उठेर हिंडेका थिए ।

पिलोसीका भनाइ अनुसार म्युलर प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गर्न अनकनाई त्यसको आफू अनुकलका केही बुँदाहरुमात्र बाहिर ल्याएर त्यस विषयलाई थप गम्भीर र रहस्यमय बनाउने काम ट्रम्पले गरेका छन् । प्रतिपक्षीका अनुसार यो भनै गम्भीर विषय हो ट्रम्पका लागि ।

प्रतिक्रिया

सम्बन्धित खवर