काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को जारी अनिश्चितकालीन रिले अनसनको दोस्रो दिन अनसन स्थल त्रिवि सेवा आयोगको गेटमा पुगेर क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र क्रान्तिकारी माओवादीका पीवीएम तथा ३ नं. प्रदेशका सचिव दिनेश शर्मा सागरले जारी अनसनप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । क्रान्तिकारी विद्यार्थीहरुले आज ११ बजे क्रान्तिकारी माओवादी निकट जबस मोर्चाको जारी ¥यालीमाथि ऐक्यबद्धता कार्यक्रम राखिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर चरणबद्ध संघर्षमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेको हो ।
अखिल (क्रान्तिकारी)ले गत सोमबार त्रिवि सेवा आयोगमा तालाबन्दी गरेर सुुरु गरेको संघर्षको हप्ता दिनमा पुत्लादन, भित्तामा कालो पोत्ने, कफन मार्चपास गर्ने, कोणसभा, घेराउ हुँदै रिलेअनसनसम्मका कार्यक्रम गरेको हो ।
त्रिवि सेवा आयोगले ४० प्रतिशत पूर्व एमाले, ४० प्रतिशत कांग्रेस र २० प्रतिशत पूर्व माओवादी केन्द्र समर्थित कर्मचारीहरुलाई भागवण्डाको आधारमा अपारदर्शी रुपमा नियुक्त गर्ने गरी नामावली प्रकाशित गरेपछि क्रान्तिकारी विद्यार्थीहरु आन्दोलित बनेका हुन् । आयोगले प्राध्यापक र सहप्राध्यापकलगायतको समेत ‘अपग्रेड’ गर्दा दलीय भागवण्डा गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।
ताजा समाचार
© 2025, All right reserved to मूलबाटो