काठमाडौं । निकै तनाव र कडा प्रहरी सुरक्षा घेराबन्दी तोडेर नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालय सेवा आयोगको अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
त्रिवि सेवा अध्यक्षलगायतले आफ्ना परिवार, नातेदार र राजनीतिक भागबण्डाका आधारमा सेवाको लिखित परीक्षामा पास भएको नामावली प्रकाशन गरेलगत्तै उठेको तात्तो बहस र तनावका बीचमा सोमवार अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको हो ।
तालाबन्दी पछि दलाल भीसी –मूर्दावाद, प्रकाशित नामाली– खारेज गर, अनियमितता गर्ने प्रमुख– राजीनामा दे, दलाल रेक्टर– मूर्दावाद, त्रिविमा राजनीतिक भागबण्डा–बन्द गर, अखिल (क्रान्तिकारी)– जिन्दावाद भन्दै विद्यार्थी नेताहरुले नारा लगाएका थिए ।
चर्को जनदवाव र तालाबन्दीका कारण भागबण्डामा आफन्तहरुको नामावली प्रकाशन गर्ने त्रिवि सेवा प्रमुखहरु केही दिनदेखि लुके बसेको स्रोतले बताएको छ ।