सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एअरपोर्टमा विमान दुर्घटना हुँदा को–पाइलटसहित चार जनाको मृत्यु भएको छ । आइतबार विहान लुक्ला एअरपोर्टमा टेकअफ गर्ने क्रममा मनाङ एअरको हेलिकोप्टर, समिट एअरको जहाज आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान भएको हो ।
घटनामा जहाजका पाइलट गम्भीर घाइते भएका छन् । उनको परिचय खुलेको छैन । त्यस्तै जहाजका को पाइलट (नाम पहिचान बाँकी) को निधन भएको छ । त्यस्तै विमानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीका दुई असईको पनि ज्यान गएको छ ।
समिट एअरको हेलिकोप्टरले लुक्लामा पर्यटक छाडेर टेकअफ गर्न खोज्दा मनाङ हेलिकोप्टरसँग ठोक्किन पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए । उनक आनुसार घटना आज बिहान साढे ९ बजेतिर भएको हो । त्यस्तै सोही दुर्घटना स्थल नजिक रहेको श्रीएयरको हेलिकोप्टरमा पनि क्षति पुगेको उनले बताए ।
यसैबीच जहाजका कोपाइलटको शव त्यसठाउँबाट झिकिसकिएको छ । हेलिकप्टरमा भने पाइलटबाहेक अन्य यात्रु नभएका प्रारम्भिक जानकारी आएको छ ।