काठमाडौँ । पहिले स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका र सरकारसँग सम्झौता गरेपछि जनमत पार्टी गठन गरेका सीके राउतले तराईले आफ्नो गतिविधिलाई योजनाबद्धतामा अघि बढाउन थालेका छन् । हेर्दा भर्खर खुलेको, तर रणनीतिक सोचमा रहेको जनमत पार्टी मधेसवादी दलहरुका लागि मात्र नभएर छिमेकी देश भारतका लागि पनि टाउको दुखाइ बनेको छ ।

जनमत पार्टीले तराईका विभिन्न जिल्लामा जिल्ला परिषद् गठन गर्नुका साथै आमसभा गरिरहेको र गर्ने कार्यक्रमहरुमा रहेको छ । यसले अरु पार्टीहरुले झैं युवा, महिला, विद्यार्थी, सहकारी, किसान, दलितलगायतका भ्रातृ सङ्गठन निर्माण गर्दै गइरहेको छ ।

सीके राउतको स्वतन्त्र मधेस गठबन्धन पछि जनमत पार्टीमा परिणत भई दलको मान्यता अनुसार कामहरु गर्नथालेपछि उनी देशको मूल धारमा आए भन्ने त जनसामान्यलाई परको छ नै । तर त्यो भन्दा बढी भनेको उनी अमेरिकी लबीका भएकाले नेपालको तराईमा सीके मार्फत् अमेरिका पस्यो भन्ने चिन्ता छिमेकी देश भरतलाई छ ।

नेपाल आफैमा भूराजनीतिक अवस्थितिका कारणले विश्वकै संवेदनशील देशमा पर्छ । यो भूराजनीतिक संवेदाशीलता भनेको यो देश उदाउँदो विश्वको महाशक्ति राष्ट्र चीनको कारण र चीनलाई तह लगाएर आफू सदैव बलशाली भइरहने अमेरिकाको चाहनाले बन्न गएको हो । नेपालमा चीन, अमेरिका, युरोपीय युनियन तथा भारत जस्ता विश्व शक्ति राष्ट्रहरुको तीखो आँखा परेको छ । भारतले नेपाललाई सकभर भारतमै विलय गर्ने नभए अरु शक्ति राष्ट्रहरुको छायाँमा पर्न नदिने सोचमा छ ।

अमेरिका नेपालमा जबर्जस्त पसेर चीनलाई तह लगाउने दाउँमा छ । चीनले विदेशी शक्ति राष्ट्र नेपालमा पसेर एक चीन नीतिका विरुद्धमा तिब्बत र ताइवान, हङकङ र मकाओ अलग नगरिदेऊन् भन्ने चिन्तामा छ । युरोपीयन युनियन चीनलाई कमजोर बनाएपछि विश्व व्यापार पनि आफ्नो हातमा पर्ने, र विश्व महाशक्ति राष्ट्र अमरिका वा युरोपलाई नै बनाइ राखने दाउँँमा लागेका छन् । यसका लागि एशियाको भूगोलमा नै तेस्रो विश्वयुद्ध लड्ने रणनीतिक योजनामा उनीहरु निकै लागि परेका छन् ।

यो रणनीति अन्तर्गत नेपालको सत्ता तथा राजनीतिक मूलधार बन्न पुगेका ओली र दाहालले अमेरिका समक्ष आत्मसमर्पण गरेपछि सीके राउतलाई बोकेर अमेरिकाकै निर्देशनमा ओली दाहालले तराईमा राजनीति गर्न राज्यको ठूलो धनराशी खर्च गरिरहेका छन् ।

सीके राउत पनि मधेशी र भारतीय समर्थकहरुप्रति निकै कडा रुपमा प्रस्तुत भइरहेका छन् र ओली दाहाल तथा अमेरिककीहरुप्रति निकै नरम । हाल नेपालको इतिहासमा सबैभन्दा बलशाली भएर पसेको अमेरिका चीनका विरुद्ध मात्र होइन, भारतका विरुद्ध पनि उत्तिकै दाउँ खेलेर बसिरहेको छ । यसको पछिल्ला कडी सीके राउत हुन् ।

विश्वमा बदलिएको परिस्थितिअनुसार भारतले विदेश नीतिमा आमूल हेराफेरी गर्नु जरुरी छ । नेपाल हडप्नमात्र दाउँ खेलिरहनु र पाकिस्तानलाई स्थायी दुश्मनको व्यवहार गर्नु उसका अतिवादी कमजोरीहरु हुन् । पछिल्लो चरणमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको सार्वभौमसत्ताको खुलेर उच्चारण गर्नु, चीनसँग मैत्रीपूर्ण हात अघि बढाउनु, पाकिस्तानसँग सम्बन्ध सुधारका संकेतहरु देखाउनु राम्रै कुराहरु थिए ।

तर बिम्स्टेको सम्मेलन आयोजना गर्नु, सार्कको कुरै नउठाउनु, असंलग्न विदेश नीति हेरफेर गरी अमेरिकी संलग्नतामा जान खोज्नु, नेपाल निल्न खोजिरहनु, पाकिस्तानमाथि बारम्बार आतंकवादको दाषारोपण गरिरहनु, चीनसँग अनावश्यक जोरी खोज्नु र दुश्मनको व्यवहार गर्नु आदि भारतले उब्जाएका समस्याहरु हुन् ।

यिनै पृष्ठभूमिमा अमेरिकाले सीके राउतलाई बोकेर वा ओली–दाहालको काँधमाथि चढाएर नेपालको तराइमा रणनीतिक खेल खेलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर