काठमाडौं । भारतले अन्तरीक्ष यान खसाल्ने मिसाइलको सफलतापूर्वक प्रयोग गरेसँगै त्यहाँका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार नेपाल आउँदैछन् । पूर्व जानकारीअनुसार गोख्ले आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा खुुलेरै विचारविमर्श गर्नका लागि आउन लागेका हुन् ।

नेपालको राजनीतिक मूल धार पूरै अमेरिकीपरस्त भएपछि केही भिन्न र कठोर रुपमा प्रस्तुत हुने मनसायमा रहेको भारतीय पक्षले कर्मचारीको तहबाट आफ्नो संवादको ढोका खोल्न थालेको छ । राजनीतिक विश्लेषकहरुले महाशक्ति राष्ट्रहरुको दबाब ओली सरकारले थेग्न नसक्ने भनी विश्लेषण गरिरहेका बेला विदेश सचिव गोख्लेको सबै पक्ष र विषयमा खुल्ला वार्ता गर्ने मनसाय अभिव्यक्त हुनुले ओलीमाथि निकै चर्को र थेग्न नसक्ने दबाब पर्ने देखिएको छ ।

सचिव गोख्ले आफ्ना समकक्षी वैरागीबाहेक प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै ‘शिष्टाचार भेट’ गर्ने मुडमा एजेण्डा तय गरी आएका देखिन्छन् । गोख्लेको भ्रमणलाई ओलीको परराष्ट्र मन्त्रालयले निकै महत्वका साथ लिएको देखिन्छ ।

नेपालले हालसम्म अबलम्बन गर्दै आएको असंलग्न परराष्ट्रनीतिको अघोषित परित्याग र अमेरिकी दलालीमा नांगो संलग्नताले सार्क देशहरुले मान्दै आएको असंलग्न राष्टनीतिमाथि चुनौती थपेको छ । यसै सन्दर्भमा दिल्दीसँग टाढा हुँदै र वासिंगटनसँग नजिकिंदै गएको ओली सरकारसँग उच्च तहमा गम्भीर कूटनीतिक वार्ताहरुको थालनी गरेर जाने पनि गोख्लेको आशय देखिन्छ ।

नेपालको भूराजनीतिक अवस्थिति र अमेरिकाको दबदबा दिल्लीलाई पनि सहयोगीसिद्ध हुँदैन । उत्तरी छिमेकी देश चीनसँग सापेक्षतामा राम्रो सम्बन्ध बनाइरहेको भारतले रुस, अमेरिका र युरोपेली देशहरुसँग सन्तुलनको सम्बन्ध बनाउन चाहेको देखिएको छ । त्यसमा पनि विजेपी र कांग्रेस आईका फरक फरक सोच र गन्तव्यले यसमा केही फरकपन ल्याएको सहजै अनुभूति गर्न सकिन्छ ।

अमेरिकाले चीन र रुसलाई ‘स्पेस फोर्स’ गठन गरी ‘स्पेस वार’ लड्ने धम्की दिएको केही समयपछि नै भारतले पनि आफूलाई उक्त स्पेस वारको एक प्रतिस्पर्धीका रुपमा उभ्याउन पुगेको छ । विश्वमा चार अन्तरीक्ष महाशक्तिहरुमा अमेरिका बाहेक पछिल्लो चरणमा रुस, चीन र भारतसहित एशियाका तीन महाशक्तिहरु भएका छन् ।

स्पेसमा महाशक्तिको रुपमा नौलो उपस्थितिसहित नेपाली अमेरिकी पक्षधर राजनीतिक मूलधार र सरकारसँग कुरा गर्दै घुमारो रुपमा अमेरिकाको नाडी छाम्न ‘सूचानाबाहक’ बनेर आएका गोख्लेको भ्रमण ओली लागि फलामको च्युरा साबित हुने विश्लेषकहरुको धारणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर