काँकडभिट्टा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजना तथा नेतृत्वमा फागुन ७ देखि २१ सम्म हुने अभियानको उद्घाटन झापाको काँकडभिट्टामा भव्य रुपमा सम्पन्न भएको छ । अभियानको उद्घाटन आयोजक संगठनका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले गरे ।
अध्यक्ष गजुरेलले मैनबत्ती बालेर अभियानको उद्घाटन गरेका थिए ।

अभियान उद्घाटन समारोहमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य प्रतिक, पार्टी केसहरु मिनकुमार, रत्न, मनोज, उदय, मोहन, डिल्ली, गणेश तथा मोर्चाका केसहरु, पार्टी जिल्ला सचिवहरु, जबस मोर्चाका केस तथा १ नं. प्रदेशका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

देजमोका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशका संयोजक नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन मोर्चाका केस उमेश तिमिल्सिनाले गरेका थिए ।

काँकभिट्टाको अभियान उद्घाटन समारोहको समापन लगत्तै अभियान टोलीले झापाकै विर्तामोडमा कोणसभा सम्पन्न गरेको छ । मोर्चाका केस तिमिल्सिनाले सञ्चालन गरेको कोणसभालाई नेताहरु मिनकुमार राउत र मोहन लिम्बूले सम्बोधन गरेका थिए ।

विर्तामोडको कोणसभा सकेर अभियान टोली झापाकै दमकमा कोणसभाको तयारीमा जुटेको छ । यहाँको कोणसभा सकी अभियान टोली आज राती दमकमै रहने कार्यक्रम रहेको मोर्चाले जानाएको छ । अभियान टोलीमा दुई दर्जनभन्दा बढीको संख्यामा क्रान्तिकारी युवा लिगको स्वयम्सेवक टिम समेत सँगसँगै परिचालित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर