फाइल फाेटाे

स्याङ्जा । लागुऔषध सहित २ जना युवालाई प्रहरी चौकी फेदीखोलाले पक्राउ गरेको छ । उनीहरु फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२ का २३ वर्षीय साजन गुरुङ र २६ वर्षीय खगेन्द्रजँग गुरुङ रहेका छन् । उनीहरूको साथबाट ६२ थान नुफिन, ६३ थान फेनारगन, डाईजेपाम ६३ थान र प्रयोग भइसकेको सिरिञ्ज ३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिसपी प्रकाश विष्टले जानकारी दिए ।

साथै उनीहरूको प्रयोग गरेको ग११प ४९४३ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाए । उनीहरूलाई थप अनुसन्धान र कारवाही लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर