काठमाडौं, असोज १९ । यू–१८ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज(शुक्रबार) नेपालले भारतसँग भिड्दै छ । सेमिफाइनको उक्त खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ ।

फाइनलमा स्थान पक्का गर्न नेपाललाई निकै चुनौती नै हुनेछ किनभने भारत बलियो टिमको रुपमा प्रस्तुत भएको छ । यसअघि भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो ।

नेपाल भने समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर