काठमाडौं । पूर्व एमालेमाओवादीहरुलाई मिलाएर प्रदेश तथा स्थानीय समितिहरु निर्माणका लागि भनी बनाइका समितिहरु विधि प्रक्रिया विपरीत बनाइएको भन्दै सत्ताधारी दल नेकपाका नेता माधव कुमार नेपालले आफ्नो असहमति जनाएका छन् । नेकपाका स्थायी समिति सदस्यहरुलाई चियापानमा बोलाएर उनले सो कुरा व्यक्त गरेका हुन् ।
इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा आफू देशभित्र नरहेको मौका पारी ओली दाहालले यस्तो काम गरेको भन्दै यसका विरुद्ध सङ्गठित र घनिभूत रुपमा आवाज उठाउन पनि उनले उपस्थित सबैसँग विशेष आग्रह गरे ।
नेकपामा आफ्नो गुटको स्वार्थ र आफ्नोे व्यक्ति विशेष स्थानका लागि आवाज उठाउने उनी भने पहिलो व्यक्ति होइनन् । उनीभन्दा अगाडि पुष्पकमल दाहालले पनि प्रम ओलीविरुद्ध आवाज उठाएका थिए । दाहाललाई उनका गुटका मान्छेहरुले ओलीको हनुमान भनेर सार्वजनिक रुपमै आलोचना गरेपछि दाहाल ओली विरुद्ध खनिएका थिए । दाहालले यसको प्रतिक्रियास्वरुप जनताले विकल्प खोज्न सक्ने बताउँदै ओलीमाथि प्रहार सुरु गरेका थिए ।
अर्का नेता झलनाथ खनालले पहिलेदेखि नै आफू ओली र प्रचण्डले तोकिदिएको मर्यादा क्रममा नबस्ने बताएका थिए ।