काठमाडौं । निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरण एक प्रतिनिधिमूलक प्रकरणका रुपमा अगाडि आएको छ । प्रमाण सबै राज्यका प्रहरी मिलेर नष्ट गरिसकेका छन् । यिनीहरुले केवल एउटै कुरामा जनतालाई अल्मल्याएका छन्, त्यो हो ‘डीएन्ए टेस्ट’ ।

यो भनेको शंकास्पदहरुको रगतबाट डीएन्ए परीक्षण गरेर निर्मलाको भेजिनल स्वाबबाट पाइएको डीएन्ए मिल्छ वा मिल्दैन भनेर भिडाएर हेर्ने र दोषी पत्ता लगाउने टेक्निकल तरिका हो । तर एउटा प्रश्न यत्रो विधि राज्य संयन्त्र प्रयोग गरेर प्रमाण नष्ट गर्नेहरुले साच्चिकै निर्मलाको योनीबाट डीएन्ए परीक्षणका दोषीको वीर्य झिकेर पठाए त ?

फेरि डाक्टरले शंकास्पदको रगत लिए डीएन्एका लागि पनि भनिएको छ । साँच्चै ती व्यक्तिहरुले लिएका र दिएका छन् कि छैनन् । कुरो त निकै रहस्यमय पो छ त । लिएकै र दिएकै पनि के ? फोटो प्रमाण छैन । साक्षीहरु छैनन् ।

एस्पी, उनका छोरा, मेयरका भतिजा वा अरु जो कोही शंकास्पदको रगत लिए पनि निर्मलाको स्वाब पठाइएको छ कि छैन, हो कि होइन, शंकास्पदहरुको जाँचिएको छ कि छैन र हो कि होइन ? यो गृहमन्त्रालयका सहसचिव हरि मैनालीको टोलीले थाह पाएको छ कि छैन वा बचाउनतिर पो लागेको छ कि ?

यो डीएन्ए टेस्ट बाहेक छानबिन समिति र सीआईबीले अरु के के काम गरिरहेको छ ? घटना हुँदा कञ्चनपुरमा नै रहेका, घटना जाँचमा सहभागी भएका, प्रमाण मेटाउन लागि परेका हाल निलम्बनमा परेकाहरुको मनोबल निकै उच्च छ ।

उनीहरुको फूर्तिफार्ती घटेकै छैन । उनीहरुको चुनौती छ, ल अरु सैयौं अनुसन्धान गरेर देखाउन् न त !? के हो यो ? हलो, गृहमन्त्रीज्यु ! 

प्रतिक्रिया

सम्बन्धित खवर