यस पृथ्वीमा मानव जातिको उत्पत्ति भएपछि जीवीत रहनको लागि प्रकृतिमा केही उपायको खोजी गर्न थालियो । त्यही उपायको खोजीमा विभिन्न कुराहरु पत्ता लगायो । यो विकास क्रममा जङ्गली –आदिम साम्यवादी) युग हुँदै कविलाइ (गण) समाजको विकास हुन पुग्यो । यो समयदेखि मानव समुदायमा श्रम विभाजन, निजी सम्पत्ति र परिवारहुँदै वर्गीय समाज (सत्ता)को उदय भयो । यसपछि सिङ्गो मानव जातिको प्रकृति र मानव समुदायमा बाँच्नको निम्ति हरेक चिन्तन मनन गर्न थालियो । विश्वमा यो समयबाट वर्गीय समाजको विकाससँगै विश्वदृष्टिकोण पनि विकास हुन पुग्यो ।

विभाजित समाज (वर्ग) जस्तै दृष्टिकोण पनि विश्वमा दुई धु्रवमा विभाजित हुनपुग्यो । जसमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र अध्यात्मक (आर्दशवाद)को कित्तामा चिनिन पुग्यो । प्रतिक्रियावाद (मालिक, सामन्त र पुँजीपति)ले अध्यात्मक (आर्दश)वाद र उत्पीडित वर्गले द्वन्द्वात्मक भौतिकवाद स्वीकार्न पुगे । विश्व मानव जातिमा वर्गीय समाज (सत्ता)को विकाससँगै मानव बीच आन्दोलनको रुप लिन पुग्यो । उत्पीडित (सर्वहारा) वर्गमाथि शासक (मालिक, सामन्त र पुँजीपति) वर्गले बल प्रयोग गरी सत्ता सञ्चालन गर्न थाल्यो । यसको विरुद्ध उत्पीडित (श्रमिक सर्वहारा) वर्गले पनि आन्दोलन गर्न थाले । यो आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा हुन थाल्यो । यो आन्दोलनलाई शासकवर्गले दबाउन थाल्यो ।

कम्युनिस्ट आन्दोलन विश्वका देशहरुमा आ–आफ्नो युग, समय र काल (वस्तुगत र आत्मगत) परिस्थितिका आधारमा भए । विश्व कम्युनिस्ट आन्दोलन जसरी विकास हुँदै आयो, त्यसरी नै कम्युनिस्ट आन्दोलनभित्र युग, समय र कालसँगै परिस्थितिअनुसार निरन्तर रुपमा सबै खाले ऐजेरु (संशोधनवाद) को जन्महुँदै आयो । माक्र्स–एङ्गेल्सदेखि रुसी अक्टोबर क्रान्ति (लेनिन), चिनियाँ क्रान्ति (माओ) हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा पनि ऐजेरुको उत्पत्ति हुँदै आएका छन् ।

कम्युनिस्ट आन्दोलन भनेको के हो ? कम्युनिस्ट आन्दोलन भनेको विश्व प्रकृत्ति र मानव जाति (समाज) को गतिविधि बुझ्ने र बदल्ने द्वन्द्वात्मक भौतिकवाद निश्चित उद्देश्य लिएको विचार समूहको एक सङ्गठन हो । यो सङ्गठन भनेको पुरानो वस्तुको ध्वंस, असत्य कुराको नष्ट र ठगीखाने (शोषक) वर्गको तखता पल्टाउने र नयाँ वस्तुको आविस्कार (परिवर्तन)को एक विचार समूह हो । यो आन्दोलनले वर्गलाई केन्द्रमा राखेर सबै खाले (वर्गीय, जातिय, लिङ्गिय र क्षेत्रीय) उत्पीडनबाट मुक्त गराउने र निरन्तर क्रान्तिद्वारा सत्ता (पार्टी, सेना र मोर्चा)को ध्वंस निर्माण र पुन ध्वंस गर्दै आर्थिक भौतिक र चिन्तनद्वारा सम्पन्न, सभ्य, दक्ष र सुन्दर विश्व मानव समाज निर्माण गर्ने महान् उद्देश्य लिएको विचारसमूहले चलाएको आन्दोलनलाई नै कम्युनिस्ट आन्दोलन भनिन्छ ।

ऐजेरु भनेको के हो ?

ऐजेरु जात भनेको रहेक वस्तुको एक खाले रोग हो । एउटा रुख (विरुवा) मा उम्रने ऐजेरुको उदाहरण लिऊ । रुखको जुनसुकै भागमा उम्रे पनि ती रुखहरु विस्तारै रोगी बन्दै जान्छ । यसको आफ्नो उम्रने जमीन पनि छैन र जमीनबाट आफूलाई चाहिने खाने कुरा पनि लिदैन । रुखले लिएको खानेकुरा यसले चुसेर खाने काम गरिदिन्छ । यसमा आफ्नो स्वत्व गुण पनि छैन र फल पनि लाग्दैन । यो जात फूलबाट उम्रने खास गुण पनि छैन । यो जात भनेको कुनै पनि वस्तुको जीवन व्यवहारमा लागू भएको देखिदैन । यो आफै पनि कहीं काम नआउने र अन्य वस्तु (रुख)लाई पनि जीवन व्यवहारमा काम नलाग्ने कोटीको ऐजेरु जात भनिन्छ ।

कम्युनिस्ट आन्दोलनमा ऐजेरु (संशोधनवाद)को रुपमा यसरी विकास हुँदै आइरहेका छन् । युग, समय र काल परिस्थितिअनुसार निरन्तर रुपमा मध्यवाम, एकमनावाद, जडसूत्रवाद, क्षेत्रीयवाद, आदर्शवाद, एकपक्षीयवाद, मनोगतवाद, उदारवाद र आत्मसुरक्षावादका नाममा जन्मिएका छन् । यिनीहरुले आफ्नो वर्ग, सत्ता (पार्टी, सेना र मोर्चा) निरन्तर क्रान्ति, सर्वहारावर्गको अधिनायकत्व र जनवादी केन्द्रीयतालाई बुझ्न सकेनन् वा बुझेर पनि बुझ पचाए । यी मध्ये कतिले जनवादलाई अतिभूतवादी रुपले बुझ्नाले तानाशाह बन्ने कतिले जनवादलाई अति स्वतन्त्रताको नाममा बुझेकाले अराजकता बन्न पुगे ।

यी जातहरुले माक्र्सवादका मूलभूत सिद्धान्त ः जस्तो इतिहासमा ‘बल प्रयोग’ को ठाउँमा शान्तिपूर्ण, श्रमजीवी (सर्वहारा) जनताको पार्टीको नाममा सबै मान्छेको पार्टी (सत्ता) र वर्ग सङ्घर्षको ठाउँमा वर्ग समन्वय (सहअस्तित्व) गरेर जानु पर्छ भन्ने घोषणा गरे । क्रान्तिकारी पार्टीलाई बुर्जुवा पार्टी बनाउने देखि दक्षिणपन्थी विसर्जनवाद हुँदै प्रतिक्रियावादी सत्तामा पतन गराए । विश्व कम्युनिस्ट आन्दोलनमा विभन्न युग, समय र कालखण्डमा देखा परेका ऐजेरुहरु ब्लाङकी, बर्नस्टिन, वाकूनिन, काउत्स्की, ख्रुश्चेभ, लिनप्यायो, लिलिशान, छन् तूश्य, देङस्यायो पिङहुँदै नेपाली क्रान्तिमा केशरजँग रायमाझीदेखि लिएर प्रतिक्रियावादी सत्तासँग मिलेर संसदीय व्यवस्थाको सत्ता सञ्चालन गर्दै आएको एमाले र खास गरी दलाल नोकरशाही पुँजीपतिसँग टाँसिएर संसदीय व्यवस्थालाई मान्न पुगेका माओवादी केन्द्र पनि आन्दोलनको ऐजेरु हुन पुगे ।

निष्कर्ष : विश्वमा मान्छेमान्छे बीचमा शोषण उत्पीडन गरिखाने सामन्त, दलाल र पुँजीपति (साम्राज्यवाद) वर्गको सत्तालाई वर्ग सङ्घर्ष (बल प्रयोग) द्वारा श्रमजीवी (सर्वहारा) वर्ग सत्ता प्राप्त गर्ने कम्युनिस्ट आन्दोलनको उद्देश्य हो । आफ्नो वर्गलाई केन्द्रमा राखेर सबै खाले (वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय) उत्पीडनबाट मुक्त गराउनका साथै निरन्तर क्रान्तिद्वारा सत्ता (पार्टी, सेना र मोर्चा) को ध्वंस, निर्माण गर्ने र पुनः ध्वंस (विलोपीकरण) गरी आर्थिक, भौतिक र चेतनाले सम्पन्न, सभ्य, दक्ष र सुन्दर शोषणरहित मानव समाजको निर्माणको महान् लक्ष्य हो ।

यो महान् लक्ष्य बोकेको कम्युनिस्ट आन्दोलन भित्र ऐजेरु जात जन्मिएका छन् । माथि उल्लेख गरे झैं कुनै पनि बोट विरुवामा पलाएको ऐजेरुले ती बोटविरुवालाई रोगी बनाउँदै सखाप पारी जीवन व्यवहारमा काम नलाग्ने बनाइ दिन्छ । यसरी नै कम्युनिस्ट आन्दोलनभित्रका संसोधनवादी ऐजेरुले पनि कम्युनिस्ट आन्दोलनको त्यो महान् लक्ष्यलाई रोगी पार्ने क्रम रोकिएको छैन । यी जात मालिक सामन्त र पुँजीवादी (साम्राज्यवाद) सँग विलिन हुन पुगे र कम्युनिस्ट आन्दोलनलाई पतन बनाउने ठूलो कोशिस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर