काठमाडौं । युरोपियन युनियनले अमेरिकी सामानहरुमा कर लगाएको घोषणा गरेको छ । इयुका अनुसार अमेरिकाबाट आयात गरिने पेय पदार्थ लगायतका सामानहरुमा थप कर लगाइएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, क्यानडा, मेक्सिको लगायत चिनियाँ सामानमाथि उच्च कर लगाएपछि पछिल्लोपटक युरोपियनद्वारा जवाफमा यो कदम चालिएको हो ।

क्यानडामा यसै महिना भएको जी–७ को बैठकमा ट्रम्पले आफ्ना साझेदारले कर नलगाउन भनी गरेको अनुरोध लत्याएर उनीहरुलाई निराश पारेका थिए । शिखर बैठकमा साझेदारहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बन्न पुगेको थियो ।

इयुले हाल अमेरिकाबाट आयात गरिने सुन्तला, मोटर साइकल र रक्सीमा थप व्यापार करको घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर