‘कमरेडहरु, माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढौं ! ‘प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरुन्, माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ छ’
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले माक्र्सवादका प्रवर्तक, विश्व सर्वहारावर्गका महान गुरु तथा नेता कार्लमाक्र्सको २०० औं जन्मदिवसको अवसरमा एक वक्तव्य जारी गर्दै कम्युनिष्ट क्रान्तिकारी कमरेडहरुलाई माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढ्न सार्वजनिक अपील गर्नुभएको छ । शनिबार जारी गरिएको वक्तव्यमा भनिएको छ, “ माक्र्सवाद विश्वसर्वहारावर्ग र उत्पीडित जनसमुदायको अपराजेय विजयको सैद्धान्तिक हतियार हो । प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरुन्, माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ छ । आरदणीय सर्वहारावर्ग तथा उत्पीडित जनमुदाय र सम्पूर्ण कमरेडहरु माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका सथा अगाडि बढौं ! विश्व सर्वहारा क्रान्ति र नेपाली नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विजय निश्चित छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“माक्र्सले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढौं !
आज ५ मई कार्लमाक्र्सको जन्मदिवस हो । माक्र्सवादका प्रवर्तक, विश्व सर्वहारावर्गका महान शिक्षक तथा नेता कार्लमाक्र्सको जन्म ५ मई, १८१८ मा जर्मनी ट्रियर नगरमा भएको थियो । आज माक्र्स जन्मिएको दुई सय वर्ष र माक्र्स ऐगेल्स लिखित कम्युनिष्ट पाटीको घोषणा पत्र प्रकाशित भएको १७० वर्ष पूरा भएका छन्् । यी वर्षहरुमा माक्र्सको सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुँदै र भीषण वर्गसंघर्ष तथा अन्तरसंघर्षका आरोह अवरोहमय ऐतिहासिक यात्रालाई पार गर्दै वैज्ञानिक समाजवाद–साम्यवाद प्राप्तिको दिशामा सान्दार ढंगले अगाडि बढिरहेको छ । यद्यपि विश्व सर्वहारावर्गले क्रान्ति र मुक्तिको ऐतिहासिक मिसन पूरा गर्ने प्रक्रियामा प्रतिक्रािन्तका अनेकौं धक्काहरु खानु, व्यहोर्नु परेको छ । परन्तु, यो क्षणिक तथा अस्थायी कुरा हो । माक्र्सवाद विश्वसर्वहारावर्गको मुक्तिको सर्वाङ्गिण तथा अपराजेय सिद्धान्त हो र त्यसको विजय यात्रा भीषण संघर्षका बीचबाट अगाडि बढ्ने गर्दछ ।
नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि माक्र्सवादको विजय यात्रा भीषण संघर्षको प्रक्रियाका बिचबाट अगाडि बढिरहेको छ । माक्र्सवाद विश्वसर्वहारावर्ग र उत्पीडित जनसमुदायको अपराजेय विजयको सैद्धान्तिक हतियार हो । प्रतिक्रियावाद र संशोधनवादले जतिसुकै ठूलो हमला गरुन्, माक्र्सवाद तिनको प्रतिकार गर्दै अगाडि बढ्न समर्थ छ । आरदणीय सर्वहारावर्ग तथा उत्पीडित जनमुदाय र सम्पूर्ण कमरेडहरु माक्र्सले देखाएको क्रान्ति र मुक्तिको महान ऐतिहासिक यात्रा पूरा गर्ने बाटोमा अविचलित निष्ठा, साहस तथा दृढसंकल्पका साथ अगाडि बढौं ! विश्व सर्वहारा क्रान्ति र नेपाली नयाँ जनवादी तथा समाजवादी क्रान्तिको विजय निश्चित छ ।
क्रान्तिकारी अभिवादन, लालसलाम !”