रुपन्देहीमा देजमोको संगठन निर्माण तीव्र

प्रकाशित मिति : २०७५ बैशाख ३

- राजु भुजेल

बुटवल । देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालको एक भेलाले रुपन्देहीको कञ्चन गाँउपालिकामा कमिटि गठन गरेको छ । भेलाले डण्डपाणी पौडेलको संयोजकत्वमा १७ सदस्यीय गाँउ समिति गठन गरेको हो । उक्त संगठनको सचिवमा हरि बहादुर थापा र सदस्यहरुमा क्रमशः ज्ञान बहादुर राना, यम बहादुर राना, बुद्धिलाल क्षेत्री, चेतमान थापा, मित्रलाल शर्मा, दल बहादुर थापा, जगदिश पौडेल, जित बहादुर क्षेत्री, उमा ढकाल, भानुभक्त पौडेल, गिता क्षेत्री, मिना राना, फुलमाया वि. क.लगायत रहेका छन् ।

त्यसैगरी, रुपन्देहीकै सैनामैना नगरपालिका पनि देजमोको एक भेला बीच नगर समिति गठन भएको समाचार प्राप्त भएको छ । प्रदेश संयोजक के. बि. गुरुङको प्रमुख उपस्थितिमा भएको भेलाले दल बहादुर छन्त्यालको संयोजकत्वमा १३ सदस्यीय सैनामैना नगरसमिति गठन गरेको छ । जसमा सचिवमा रेणुकान्त पौडेल र सदस्यहरुमा क्रमशः मानप्रसाद भुसाल, विष्णुकान्त गौतम, चन्द्र बहादुर राना, हरि प्रसाद ज्ञावली, दिपक पौडेल, लक्ष्मी अर्याल, गोमा पौडेल, धनु पौडेल, टिका छन्त्याल, गुरु आचार्यलगायत रहेका छन् ।

त्यसैगरी, रुपन्देहीको देवदह नगरपालिकामा चिञ्जीवी काफ्लेको संयोजकत्वमा ७ सदस्यीय नगरसमिति गठन भएको छ । जसमा सचिव मदन पाण्डे र सदस्यहरुमा क्रमशः दिनेश चापागाई, जीवनकुमारी वि. क., खुम बहादुर गाहा, नैना गुरुङ र गोरी थापा रहेका छन् भने वरिष्ठ सल्लहाकारमा बीर बहादुर गुरुङ, धन कुमारी थापा र प्रतिामा चापागाई रहेका छन् ।