अखिल (क्रान्तिकारी)को २९ औं चितवन जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा कृष्ण सुनार निर्वाचित

प्रकाशित मिति : २०७४ चैत्र २९

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनको २९औं जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले कृष्ण सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिती निर्बाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा पुस्पा बस्ताकोटी, सचिवमा समीर बस्नेत, सहसचिवमा निश्चल चदारा, कोषाध्यक्षमा मनोज चौधरी र सदस्यहरुमा कमल चौधरी, पुजा परियार, जयन्त वाग्ले, शोभा भट्ट, सागर सापकोटा, मिलन सुनार, मौसम थापा, बिजय पौडेल, प्रताप बस्याल, राम सापकोटा, गणेश बिक, हरिॐ साहनी, रबिन श्रेष्ठ, ज्ञान प्रसाद अधिकारी, सुनिल गुप्ता लगायतलाई निर्वाचित गरेको छ ।

जिल्लाको चौबीसकोठीबाट सुरु भएको विद्यार्थीको ¥याली हस्पीटल ढोर, जिल्ला सहकारी हुँदै नारायणी मावि, नारायणी पोलीटेक्नीक, सप्तगण्डकी कलेज, पुरानो मेडीकल कलेजको अगाडिबाट स्कूल अफ हेल्थ साइन्सको सभाहलमा गएर उद्घाटनसत्रमा परिणत भएको उक्त सम्मेलनको प्रमुख आतिथ्यता क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापाले गर्नु भएको थियो । अमित सापकोटाले अध्यक्षता गरेको उक्त सम्मेलनमा क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अम्बिका मुडभरी, अखिल (क्रान्तिकारी)का पूर्व केन्द्रीय अध्यक्ष सुरेश गौतम, देजमोका जिल्ला अध्यक्ष अशोक शर्मा, जिल्ला कार्यलय सदस्यहरु विकास, विपीन, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमित चापाई, युवा अध्यक्ष विवेक थापा, महिलाको सुभलक्ष्मी खनाल लगायतको उपस्थिति रहेको थियो ।