नेवाः राष्ट्रिय मुक्ति मोर्चाको ललितपुर जिल्ला कमिटि गठन

प्रकाशित मिति : २०७४ चैत्र २८

ललितपुर । मंगलबार सम्पन्न एक भेलाले नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाको ललितपुर जिल्ला कमिटि गठन गरेको छ ।

भेलाले जगदिश्वर महर्जनको संयोजकत्वमा नौ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । उक्त कमिटिका सदस्यहरुमा नगेन्द्र महर्जन, निरण तुलाधर, गंगा महर्जन, मुकेश श्रेष्ठ, प्रेम ब. डंगोल, अष्ठराज शाक्य, पवन डंगोल र राजकुमार द्यौला रहनु भएको छ ।

ललितपुरको कुपण्डोलमा सम्पन्न उक्त भेलामा पार्टीका पोलिब्यूरो सदस्य तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यता भएको थियो भने जिल्ला पार्टी इन्चार्ज जीवन, जिल्ला सेक्रेटरी श्याम केसी, नेवाः राष्ट्रिय मुक्ति मोर्चा प्रदेश नं. ३ संयोजक गोर्की श्रेष्ठ, ३ नं. प्रदेश संयोजक अखिल नेपाल क्रान्तिकारी टे«ड युनियनका अर्जुन लाल श्रेष्ठ र देशभक्त जनगणतान्त्रिक नेपालका केन्द्रीय सदस्य इन्दिरा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।