रोमाको उत्कृष्ट कमब्याकले बार्सिलोनाको च्यापियन्स लिगमा फुलस्टप

प्रकाशित मिति : २०७४ चैत्र २८

काठमाडौं, चैत २८ । स्पेनीस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार राति रोमाको घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा रोमाले बार्सिलोनालाई ३–० ले स्तब्ध पार्यो । जितसँगै रोमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाको मैदानमा पहिलो लेगमा ४–१ ले पराजित भएको रोमाले गएराति भने उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो । योसँगै समग्रमा खेल ४–४ गोलको बरारबरी भएपनि अवे गोलका आधारमा रोमाले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

रोमाको जितमा छैटौं मिनेटमा इडेन जोको, ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसी र ८२ औं मिनेटमा मानोलसले निर्णायक गोल गरे । खेलमा बल पोजिसन आफ्नो पक्षमा पारेपनि बार्सिलोना रोमाका खेलाडीसामु निरीह देखिएका थिए ।

पहिलो लेगमा दुई आत्माघाती गोलको उपहार पाउदै बार्सिलोनाले खेलमा ४–१ को जित निकालेको थियो । तर त्यसलाई जोगाउन नसक्दा बार्सिलोना बाहिरियो ।