देजमो चितवनको प्रथम जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा अशोक शर्मा निर्वाचित (फोटो फिचरसहित)

प्रकाशित मिति : २०७४ चैत्र २५

चितवन । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल चितवन जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । “दलाल संसदीय व्यवस्थाको विरुद्ध हाम्रो आन्दोलन, नयाँ जनवादी व्यवस्थाको पक्षमा प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नाराका साथ मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथिको रुपमा उद्घाटन गर्नुभएको सम्मेलनले जिल्ला अध्यक्षमा अशोक शर्मालाई निर्वाचित गरेको छ ।


सम्मेलनले उपाध्यक्षमा नरबहादुर गौतम, सचिवमा बाबुराम प्यासी परियार, सहसचिवमा शुभलक्ष्मी खनाल, कोषाध्यक्षमा सिपी सुवेदीलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा सूर्य पौडेल, टेकप्रसाद बोम्जन, गोपाल भट्टराई, खड्गबहादुर कुँवर, शान्ति विक, डम्बर बहादुर मगर, प्रकाशबाबु खनाल, उद्धव सापकोटा, दिपक पोखरेल, गंगाराम यादव, सावित्री पौडेल, विष्णुमाया आचार्य, मोदनाथ मरहठ्ठा, अरुणा राउत, परमेश्वरी चौधरी, केदार परियार, रविकिरण निर्जिव, रामचन्द्र विक, भिमराज पौडेल, फिरल महतो, महादेव शर्मा, विष्णु रिजाल, शोभा श्रेष्ठ, देवबहादुर राई, ऋषि वाइवा, अमित सापकोटा, शेरबहादुर विक, वृहस्पती दवाडी, चन्द्रप्रसाद नेपाल, त्रिभूवन महतो लगायत रहेका छन् ।

२९ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन ¥याली, नाराजुलससहित जिल्लाको भरतपुर चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला समन्वय समितिको हलमा पुगरे उद्घाटन सत्रमा परिणत भएको थियो । उद्घाटन सकिएलगत्तै सुरु भएको वन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेलले बधाई ज्ञापन गर्नुभएको थियो ।

सम्मेलनमा मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश संयोजक पवनमान श्रेष्ठ, कार्यालय सदस्य अम्बिका मुडभरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।