काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । काठमाडौंको बत्तिसपुतलीमा भएको उक्त सम्मेलनले कविन्द्र मोक्तान अध्यक्ष रहेको ३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

सम्मेलनले केन्द्रीय समितिको उपाध्यक्षहरुमा सुरेन्द्र राई र पूर्ण लामा, महासचिवमा प्रविन लामा, सचिवमा बिनोद श्रेष्ठ र कोषाध्यक्षमा धर्मराज दाहाललाई निर्वाचित गरेको छ । सम्मेलनबाट कार्यसमिति सदस्यहरुमा ध्रुब क्षेत्री, राजेश श्रेष्ठ, बलराम बोगटी, हिम गिरी, सुर्य गिरी, कुमार राना मगर, भुपाल खड्का, राजु मोक्तान, दिलबहादुर लामा, रामहरि थापा, केशब खत्री, त्रिरत्न स्थापितलाई चयन गरेको छ । सम्मेलनले जित बहादुर राई, मन बहादुर मुक्तान सहित ३ सदस्यीय रहेको सल्लाहकार समिति पनि निर्माण गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिनाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा देजमोका केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण गजुरेल, महासंघका कार्यालय सदस्य बद्रि चापागाईं, महासंघका घटक संगठनका नेतृत्वहरु केशब सुबेदी, ठाकुर तिमिल्सिना, कुमार घतानी, अर्जुनलाल श्रेष्ठ, उद्धब गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर