मेक्सिकोको सीमा क्षेत्रमा सेना तैनाथ गर्दै अमेरिका

प्रकाशित मिति : २०७४ चैत्र २१

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने घोषणा गरेका छन् ।

यसलाई अमेरिकी सरकारको उच्च कदम भन्दै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गरेका थिए । मेक्सिको सीमानामा पर्खाल लगाउने घोषणा ट्रम्पले यसअघि नै गरेका भएतापनि संसदले साथ नदिँदा उनको घोषणा लागू हुन सकेको छैन ।

मेक्सिकोका आप्रवासीहरु आउने जाने नरोकिएसम्म अमेरिका निःशुल्क व्यापार सम्झौताको खतरामा रहने ट्रम्पको दाबी थियो ।