पोखरा । कास्की जिल्लाको अन्नपूर्ण गाउ‘पालिका स्तरीय संयुक्त विशाल भेला चैत्र १५ गते लुम्लेमा सम्पन्न भएको समाचार छ । देउ कमारी खडकाको अध्यक्षतामा सम्पन्न उक्त संयुक्त भेलाले देशभक्त जनगणतात्रिक मोर्चा, नेपाल, महिला मोर्चा, दलित मोर्चा, सुकुम्बासी मोर्चा र युवा मोर्चाको अन्नपुर्ण गाउ‘पालिका समितिहरु गठन गर्न सफलको छ । ने. के. पा. (क्रान्तिकारी माओवादी) पोलिटब्यूूरो सदस्य तथा देशभक्त जनगणतात्रिक मोर्चा, नेपाल ४ नंंं. प्रदेश संयोजक केशवहादुर परियारको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अरुणको विषेश आतिथ्यता रहेको थियो ।
भेलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य कल्पना थापा, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठन कास्की जिल्ला इन्चार्ज भोजराज त्रिपाठी, नेपाल दलित मुक्ति मोर्चा कास्की जिल्ला संयोजक राजकुमार सुनार, अिनेरास्ववियू कास्की जिल्ला संयोजक सम्झना परियार, क्रान्तिकारी युवा लिग नेपालका सदस्य ज्योति सुनार समेत भेलाको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । भेलाले देजमो, दलित, सुकुम्बासी, महिला र युवाको संगठन निर्माण गरेको छ ।
देजमो संयोजकमा आइतकली विक
उक्त भेलाले आइतकली विकको संयोजकत्वमा ४ जना सदस्य पछि थप गर्ने गरी हाल ११ जनाको देशभक्त जनगणतात्रिक मोर्चा, नेपाल अन्नपूर्ण गाउ‘पालिका समिति गठन गरेको छ । सदस्यहरुमा आसमाया बि.क., सष्मा बि. क., सरिता बि.क., रन्जना सुनार, धनकाजी सुनार, सर्य वहादुर बि.क., उजेली बि.क., शोभा बि.क., मक्तिराम बि.क. र ममिता सुनार रहेका छन् ।
नेपाल दलित मुक्ति मोर्चा संयोजकमा आकांक्षा रोका
त्यसै गरी उक्त संयुक्त भेलाले आकांक्षा रोकाको संयोजकत्वमा ४ जना सदस्य पछि थप गर्ने गरी हाल ७ जनाको नेपाल दलित मुक्ति मोर्चा अन्नपुर्ण गाउ‘पालिका समिति गठन गर्न सफलको छ । सदस्यहरुमा रन्जीता सुनार, सुनिता खडका, पार्वती सुनार, शिला बि.क., बिष्णु घताने र रामचन्द्र बि.क.रहेका छन् ।
अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनको संयोजकमा शिला विक
त्यसै गरी उक्त संयुक्त भेलाले शिला बि.क. को संयोजकत्वमा १ जना सदस्य पछि थप गर्ने गरी हाल १० जनाको अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठन अन्नपुर्ण गाउ‘पालिका समिति गठन गर्न सफलको छ । सदस्यहरुमा आसमाया बि.क., रुपा सुनार, गंगा बि.क. कुमारी सुनार, बिष्णु बि.क., आइत कली बि.क., माया मगर, आसमाया सुनार र मंगली बि.क. रहेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयोजकमा विष्ण घताने
त्यसै गरी उक्त संयुक्त भेलाले बिष्णु घतानेको संयोजकत्वमा २ जना सदस्य पछि थप गर्ने गरी हाल ९ जनाको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अन्नपुर्ण गाउ‘पालिका समिति गठन गर्न सफलको छ । सदस्यहरुमा कुमारी सुनार, उजेली बि.क., आइत कली बि.क., जुना बि.क., पार्वती सुनार, रुपा सुनार, माया मगर र रस कुमारी बि.क. रहेका छन् ।
क्रान्तिकारी युवा लिग नेपालको संयोजकमा रामचन्द्र विक
त्यसै गरी उक्त संयुक्त भेलाले रामचन्द्र बि.क.(क) को संयोजकत्वमा ३ जना सदस्य पछि थप गर्ने गरी हाल ९ जनाको क्रान्तिकारी युवा लिग नेपाल अन्नपुर्ण गाउ‘पालिका समिति गठन गर्न सफलको छ । सदस्यहरुमा राजकुमार बि.क., बिनिता बि.क., सृजना सुनार, प्रेम वहादुर सुनार र रामचन्द्र बि.क. (ख) रहेका छन् ।
उक्त अवसरमा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सदस्य इन्द्र गुरुङ्ग, देशभक्त जनगणतात्रिक मोर्चा, नेपाल कास्की जिल्ला कमिटि उपाध्यक्ष बिष्णु राना, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्की जिल्ला सदस्य उर्मिला श्रीस, लक्ष्मी वि.क. लगायतको विषेश उपस्थिति रहेको थियो । भेलामा स्वागत मन्तब्य संजय कार्की र सञ्चालन बाबुराम मिझारले गर्नु भएको थियो । अन्तमा संगठनको महत्व र अहिलेको समसामयिक राजनीतिक सन्दर्भमा बोल्दै मजदुर मोर्चा केन्द्रीय सदस्य कर्ण वहादुर पुनले नवगठित अन्नपूर्ण गाउ‘पालिका स्तरीय प‘ाचवटै समितिहरुलाई बधाई दिनु भएको थियो ।