काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले माघदेखि चैत्रसम्म जारी पार्टीको तीन महिने संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालनको अवधि थप गरी जेठसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको चैत्र १२ र १३ गते सम्पन्न पोलिटव्यूरो बैठकले २०७४ पौषमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय अनुसार सञ्चालित भइरहेको संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियानलाई आगामी २०७५ जेठ महिनासम्म थप गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय लिइएको बैठकपछि पार्टी महासचिव मोहन वैद्य‘किरण’को हस्ताक्षरमा बुधबार जारी गरिएको वक्तव्यमा जनाइएको छ ।

क्रान्तिकारी माओवादीको बैठकले देशमा भारतीय विस्तारवादद्वारा सीमा अतिक्रमणको प्रक्रिया बढ्दै गएको र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै गइरहेको स्थितिमा संयुक्त मोर्चाको पहलमा युवा तथा विध्यार्थी लगायतका संगठनहरुलाई परिचालित गरी सीमा अतिक्रमण भएका ठाउँहरुको निरीक्षण, अवलोकन गर्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा जनपरिचालन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने ठेगान गरिएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी बैठकले गौहत्याबारे राज्यद्वारा कानूनी कार्यवाहीको प्रकृया अगाडि वढाइएको सन्र्दभमा संविधानमा उल्लेख गरिइएको धर्म निरपेक्षताको मान्यता स्वयम् राज्यद्वारा नै उल्लंघन गरिएको भन्दै त्यस प्रकारका गतिविधिको दृढ विरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर