शासकहरुको लम्पसारवादी प्रवृतिका कारण नेपालको राष्टियता सधै खतरामाः परि थापा

प्रकाशित मिति : २०७४ चैत्र ११
    
देशभक्त जनगणतान्त्रिक मोर्चा १ नं.प्रदेशको आयोजनामा राष्ट्रियता,जलश्रोत र कोशी उच्चवाँध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा गणेश कटवालले आयोजकको तर्फवाट विषय प्रस्तुत गरेका थिए भने नेकपा (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्य  परि थापा, अन्नपूर्ण पोष्टका समाचार सम्पादक तथा जलश्रोत विज्ञ विकास थापा, संघिय समाजवादी फोरमका लिम्वुवान प्रदेश अध्यक्ष खगेन्द्र माख्खिम, संघिय लोकतान्त्रिक राष्टिय मञ्चका नन्द कुमार याम्फुले उक्त विषयमा आ–आफ्नो भनाई राख्नु भएको थियो ।
परि थापाले कोशी उच्चवाध नेपालको हितमा नरहेकोले कुनै पनि हालतमा वन्न नदिने वताउनु भयो । भारतको हेपाहा प्रवृति र नेपालको शासकहरुको लम्पसारवादी प्रवृतिका कारण नेपालको राष्टियता सधै खतरामा रहेको वाउनु भयो । संसदवादी दलहरु संग वहस गर्ने हिम्मत नभएका कारण यो कार्यक्रममा अनुपस्थित रहेको वताउनु भयो ।
त्यस्तै जलश्रोत विद विकास थापाले भारतले नेपाली जनतालाई घरवार विहिन वनाएर सितैमा पानी लान खोजेको ले यस्को विरोध गर्नु परेको वताउनु भयो । हाम्रो पानीमा पहिलो अधिकार हाम्रै हुन्छ, ड्यामका कारण लाखै जनता विस्थापित हुन्छन, खवौ को क्षति र अपार प्राकृतिक सम्पदा ध्वस्त पारेर हामीले भारतलाई सितैमा पानी दिन नसक्ने वताउनु भयो । यदि भारतलाई पानी दिनेनै भए उचित क्षतिपुर्ति र अन्तराष्टिय प्रचलन अनुसार पानी को मुल्य लिनु पर्दछ । तर नेपालका शासकहरुले सत्ता स्वार्थका र भारत सामु सत्ताका लागी लम्पसार पर्ने प्रवृतिका कारण त्यो सम्भव छैन । त्यसैले कोशी उच्चवाध वन्न दिनु भनेको नेपाल भारतलाई सुम्पनु हो ।
यसैगरि संघिय समाजवादी फोरमका नेता खगेन्द्र माख्खिम र संघिय लोकतान्त्रिक राष्टिय मञ्चका नन्द कुमार याम्फुले कोशी किराँत तथा लिम्वुवानको ईतिहास र अस्तित्व संग जोडिएको ले उच्चवाध जस्तो राष्टघाति आयोजना वन्नै नदिने वताउनु भयो ।
कार्यक्रम प्रदेशका संयोजक नगेन्द्र राईको अध्यक्षतामा तथा मनोज श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।