अनियन्त्रित भई तीव्र गतिमा पृथ्वी तिर झर्दै चीनको अन्तरिक्ष स्टेसन

न्यूयोर्क सहित विश्वका ठूला सहरमा आएर ठोकिने सम्भावना

प्रकाशित मिति : २०७४ चैत्र ८

एजेन्सी, चैत ८ । अत्यन्त विषालु चीनको अनियन्त्रित भएको स्पेस स्टेसन चाडैनै न्यूयोर्क सहित विश्वका ठूला सहरमा आएर ठोकिने सम्भावना देखिएको छ ।

अनुसन्धानबाट यो पत्ता लागेको छ कि चीनको पहिलो स्पेस स्टेसन तियानगाङ–१ ४३ डिग्री उत्तरी दक्षिणी अक्षांशमा पर्ने स्थानमा झर्ने आशंका व्यक्त गरिएको छ । यो स्थान घना आवादीवाला न्यूयोर्क, बार्सिलोना, बेइजिङ, शिकागो, इस्तानबुल, रोम तथा टोरन्टो हुन सक्ने बताइएको छ ।

२०१६ मै आफ्नो नियन्त्रण गुमाएको साढे ८ टन वजनवाला यो स्पेस स्टेशनल सोही समयदेखि पृथ्वीतर्फ आउन थालेको थियो । वैज्ञानिकका अनुसार यो स्पेशक्राफ्टका धेरैजसो हिस्सा झर्ने क्रममा जलेर खरानी हुनेछ । तर १० देखि ४० प्रतिशत भग्नावशेष खतरनाक रसायनका साथ आउन सक्ने उनीहरुले बताएका छन् ।

हाल यो स्पेसक्राफ्ट पृथ्वीतर्फ तीव्र गतीमा झरिरहेको छ । यद्यपि यो प्रति साता ६ किलोमिटरको गतीमा पृथ्वीतर्फ आइरहेको छ । २०१७ को अक्टुबरमा यसको गती १.५ किलोमिटर प्रति साता थियो । चीनले यो स्पेसक्राफ्ट २०११ सालमा लन्च गरेको थियो । अन्तरिक्ष यानको इतिहासमा आजसम्म यस किसिमको यान झरेर कसैको पनि हताहती भएको भने छैन ।