‘शत्रुगते’को रिलिज अघिल्लो दिननै काठमाडौंका हल हाउसफूल

प्रकाशित मिति : २०७४ चैत्र ८

काठमाडौं, चैत ८ । प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ ।

गीत र टे«लरको कारण चर्चा र प्रतिक्षित बनको फिल्म हेर्न दर्शकले खुब चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

यससँगै फिल्म राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ । फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।