४ महिनामा ५० हजार युनिट बिक्रि ग¥यो हुवावे नोभा २ आईले

प्रकाशित मिति : २०७४ चैत्र १

काठमाडौं, चैत १ । हुवावे नोभा २ आई नेपालमा लोकप्रिय देखिएको छ । हुवावे नोभा २ आई गत नोभेम्बरमा नेपालमा सर्वाजनिक भएको थियो । नोभेम्बर २०१७ देखि ४ महिना जतिको अन्तरालमै ५० हजार युनिट बिक्री भएको कम्पनीले जानाकारी दिएको हो । यो सँगै नोभा २ आई आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीले दाबी समेत गरेको छ ।

काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्रीया अनुसार नोभा २ आई, आफ्नो फोटोग्राफी र शानदार फुलभ्यु डिस्प्लेका कारण सबैभन्दा रुचाइएको स्मार्टफोन बनेको छ । नेपाली बजारले हुवावेको नोभा दुई आई को दुवै तर्फ भएको डुअल क्यामराहरुलाई निकै मन पराएका छन् ।
ब्लर ब्याकग्राउण्डका साथ यसले बोकेच् इफेक्ट दिन्छ र उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ फ्ल्यास छ ।

नोभा २ आई नेपालको एक मात्र स्मार्टफोन हो, जसमा ४ वटा क्यामराको साथ स्लीम बेजल डिस्प्ले छ, जुन साँच्चै नै उत्कृष्ट छ । २ वटा अगाडिको र पछाडिको क्यामराहरु भएको नोभा २ आई ले मिड–रेन्ज विधामा आफ्ना सबै समकालीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै नेपाली बजारमा आफ्नो विधामा सर्वाधिकमा बिक्री हुने स्मार्टफोन बनेको छ ।

यसमा ५.९ इन्चको फुल एचडी प्लस डिस्प्ले छ, जुन बजारमा उपलब्ध कुनै पनि मिड–रेन्जको फोनहरुमा पाइदैन । यो फोनको मेटल फिनिस बडिले यसलाई प्रिमियम लुक दिन्छ र यसको १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले यसलाई हाईएन्डको स्मार्टफोन जस्तै देखिन मद्दत गर्छ । यसलाई हेर्दा आकर्षक हुनुको एण्ड्रोईड ७.० अपरेटिङ् सिस्टम, हाईब्रीड सिम जस्तो पावरफुल विशेषताहरुले भरिपूर्ण छ । यसमा पछि फोकस गर्न मिल्ने फिचर, वाइड एपेचर मोड, अटो र म्यानुयल फोकस फिचर जस्ता डिएसएलआर क्यामरामा हुने अत्याधुनिक क्यामरा सेटिङहरु छन् ।

काठमाडौं उपत्यकाका स्टोर मालिकहरुको प्रतिक्रीया अनुसार, “नोभा २ आई ले आफूलाई बजारमा सर्वाधिक बिक्री हुने स्मार्टफोनकोरुपमा स्थापित गरिसकेको छ ।” यसको बजार मुल्य ३३ हजार ९ सय रुपैंया रहेकोछ ।