दीपेन्द्र र सन्दीपको बलिङ पिएनजीको लागि घातकः १ सय १४ रनमा अलआउट

प्रकाशित मिति : २०७४ चैत्र १

काठमाडौं, चैत १ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको बलिङनै उनीहरुको लागि घातक हुन पुग्यो ।
सन्दीप र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४–४ विकेट लिएर पीएनजीलाई २७.२ ओभरमा १ सय १४ रनमा अलआउट पारेको हो ।

पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् । नेपालले जितको लागि १ सय १५ रनको लक्ष्य भेटाएको छ भने जवाफी ब्याटिङ केही बेरमा गर्ने छ ।