काठमाडौं । शनिबार सम्पन्न भेलाले नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, क्रान्तिकारी युवा लिग र अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका नगरस्तरीय कमिटिहरु निर्माण गरिएका छन् ।
प्राप्त जानकारी अनुसार भेलाले गोविन्दप्रसाद गौतम अध्यक्ष र रुद्र राई सचिव रहेको ७ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गठन गरेको छ भने किरण लामा अध्यक्ष र दावाछिरिङ शेर्पा सचिव रहेको ११ सदस्यीय क्रान्तिकारी ट्रेड यूनियन महासंघ गठन गरेको छ । सोही भेलाले ७ सदस्यीय क्रान्तिकारी युवा लिगको पनि गठन गरेको छ ।
देजमोका केन्द्रीय सदस्य खगेन्द्र छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाको अध्यक्षता उमेश लामाको थियो भने भेलाको सञ्चालन विध्यार्थी नेता पेशल दाहालले गरेका थिए । कार्यक्रममा क्रान्तिकारी ट्रेड यूनियन महासंघका कार्यालय सदस्य बद्रि चापागाई, अखिल (क्रान्तिकारी) की सचिव ज्ञानु खतिवडा लगायतको उपस्थिति रहेको थियो । क्रान्तिकारी माओवादीका गोकर्णेश्वर नगरका इन्चार्ज ढोगप्रसाद अधिकारीलगायतका नेताहरुले निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
यसैबीच, यस नगरमा पार्टीको तीन महिने संगठन तथा जनपरिचालन अभियानन्तर्गत संगठन निर्माणका साथै स्थानीय जनताका मागहरु समेटेर नगर प्रमुखलाई ज्ञापन पत्र बुझाइएको छ र जनताका मागहरु पूरा गराउन चरणबद्ध आन्दोलन गर्ने उद्घोष त्यहाँ कार्यरत नेताहरुले गर्दै आएका छन् ।