काठमाडौं, फागुन ९ । धनगढी प्रिमियर लिग डीपीएल –२ मा भेटरान बलर वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महंगा खेलाडी बनेका छन् ।

चारैजना जना खेलाडीका छुट्टा छुट्टै टिममा समान १ लाख ५० हजारमा अनुबन्धित भएका हुन् । वसन्त रेग्मी विराटनगर किंग्समा अनुबन्धित भएका छन् भने करण केसी र आरिफ शेखले महेन्द्रनगर युनाइटेडबाट खेल्नेछन् । यस्तै अलराउण्डर सागर पुन रुपन्देही च्यालेन्जर्समा आबद्ध भएका छन् ।

पृथु बास्कोटालाई विराटनगरले १ लाख २० हजारमा अनुबन्ध गरेको छ । यही रकममा नरेश बुढाऐरलाई काठमाडौं गोल्डेन्सले अनुबन्ध गरेको छ ।

१ लाख रकममा विराटनगरले पवन सर्राफ, रामनरेश गिरी, सौरभ खनाल, दिलिप नाथ र अनिल कुमार शा गरी ५ जना खेलाडीलाई किनेको छ । यही रकममा सिवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्की गरी दुई जनामा खर्च गरेको छ ।

काठमाडौं गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र शहाव आलमलाई १–१ लाख लगानी गरेको छ ।

महेन्द्रनगरले रोहित कुमार पौडेल र भुवन कार्कीलाई १ लाख खर्चिएको छ । रुपन्देही च्यालेन्जर्सले सुशन भारी, विक्रम कुमार भुषाल र सिद्धान्त लोहनी किन्न जनही १–१ लाख खर्चिएको छ ।

टिम चौराहा धनगढीले भने योगेन्द्रसिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुनिल धमलालाई जनही एक लाखमा किनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर