गिरफ्तार नेताहरु नछाडिए विप्लवले नेपाल बन्द गर्ने

प्रकाशित मिति : २०७४ फाल्गुन ७

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले गिरफ्तार गरिएका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली, पिविएम पदम राई लगायतका गिरफ्तार नेता कार्यकर्तालाई विनाशर्त नछाडिए ८ गते नेपाल बन्द गर्ने चेतावानी दिएको छ । आइतबार नेताहरु गिरफ्तारमा परेलगत्तै विप्लवले वक्तव्य जारी गर्दै नेताहरुलाई तत्काल छाड्न ओली सरकारसँग माग गरिएको छ । पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न पुगेका नेता सुदर्शन र राईलगायतका २९७ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

यसैबीच, ओली सरकारको दमनका बाबजुद राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बाबुराम राई विवशको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सम्मेलनका लागि प्रमुख अतिथिका रुपमा गएका नेताहरु गिरफ्तारमा परेपछि बन्दशत्रलाई नेकपाका पोलिटब्यूरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्माले सम्बोधन गरेका थिए ।