कम्युनिस्ट घोषणापत्रको ऐतिहासिक महत्व र सान्दर्भिकता

प्रकाशित मिति : २०७४ फाल्गुन ३

- हस्तबहादुर केसी

“यो सानो पुस्तक ठूला ठूला ग्रन्थहरूको बराबर छ, यसको मूलआत्माले सम्पूर्ण संसारका समस्त संघर्षशील सर्वहारावर्गलाई संगठित हुन प्रेरणा दिइरहेको छ ।”  –भ्लादिमिर इल्यिच लेनिन

आज फेब्रुअरी १२ तारिख । आजैका दिन अर्थात आजभन्दा ठिक १७० वर्ष पहिले सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त बन्यो ।

माक्र्स–एंगेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी हुने वित्तिकै त्यसले ठूलो क्रान्ति ल्यायो र विश्वराजनीतिको रंग मञ्चमा हलचल पैदा गरि दियो । यस विषयमा स्वयम् माक्र्सले भन्नु भएको छ । “युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ– साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार, मेटर्निख र गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरू एक भएका छन् ।

कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरूले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरूलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरूलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाएको होस् ?
तथ्यबाट दुई कुरा प्रष्ट हुन्छ । युरोपका सारा सत्ताधारीहरूले साम्यवादलाई अब एक शक्ति मानिसकेका छन् । अब कम्युनिस्टहरूले सम्पूर्ण संसारको अगाडि आफ्ना विचारहरू, आफ्ना उद्देश्यहरू, आफ्ना प्रयासहरू खुलस्त बताउनुपरेको छ र साम्यवादको हाउसम्बन्धी दन्त्यकथाको सट्टामा पार्टीको आफ्नो घोषणापत्र प्रस्तुत गर्नुपरेको छ ।”
– कार्ल माक्र्स– फ्रेडरिक एंगेल्स, संकलित रचनाएं (हिन्दी) तीन खण्डोंमे, खण्ड १, भाग १, पृष्ठ १२९, प्रगति प्रकाशन मास्को ।
अतः १७० वर्ष पछि पनि यस कम्युनिस्ट घोषणापत्रको महत्व र सान्दर्भिकता अरु बढेर गएको छ ।

सन् १८४२ मा जर्मन आप्रवासीहरूले न्यायिक लिगको गठन गरेका थिए । तात्कालिन न्यायिक लिग कम्युनिस्ट लिगमा बदलिएपछि सन् १८४७ को नोभेम्बरमा कम्युनिस्ट लिगको जेनेभामा दोस्रो महाधिवेशन सम्पन्न भयो । त्यस महाधिवेशनले कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा लेख्ने जिम्मा सुम्प्यो । एक वर्ष लगाएर माक्र्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्न भयो र सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट प्रकाशित गर्नु भयो । अर्थात पहिलो पटक कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ फेब्रुअरी १२ भएको थियो । संसारका सबैजसो भाषामा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो र महत्वपूर्ण सैद्धान्तिक दस्तावेज हो ।

कम्युनिस्ट घोषणापत्रमा चार अध्याय रहेका छन् ः पहिलो अध्यायमा पँुजीपति र सर्वहारामा समाजविकासको नियमका आधारमा एक प्रकारको उत्पादनपद्धतिको अन्त्य भएर अर्को किसिमको उत्पादनपद्धति हुनु अत्यन्त स्वाभाविक प्रक्रिया हो । हालसम्मको मानवजातिको इतिहास आदिम साम्यवादलाई छाडेर वर्गसंघर्षको इतिहास हो । यसैका आधारमा पँुजीवादको पतन भएर समाजवाद या साम्यवादमा पुग्नु अनिवार्य छ भन्ने रहेको छ । दोस्रो अध्यायमा सर्वहारा र कम्युनिस्ट आजको युगमा सबभन्दा प्रगतिशील उत्पादनशक्ति मजदुरवर्ग हो र कम्युनिस्ट तिनै सर्वहारा मजदुरवर्गको सबभन्दा संघर्षशील समुदाय हो । यसको सांगठनिक शक्तिले उनीहरूको युगान्तकारी परिवर्तनमा सबभन्दा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्छ । कम्युनिस्टहरूको तत्कालीन लक्ष्य पँुजीपतिवर्गको सत्ता पल्टाएर सर्वहारावर्गको राजनीतिक सत्ता कायम गर्नुपर्छ भन्ने विचार रहेको छ । तेस्रो अध्यायमा समाजवाद र कम्युनिस्ट साहित्यमा केन्द्रित समाजवादको नाममा देखापरेको विभिन्न किसिमका काल्पनिक तथा टूटपूँजिया विचारधाराहरूको खण्डन गरिएको छ । चौथो अध्यायमा विभिन्न विरोधी पार्टीहरू र कम्युनिस्टहरूको स्थितिबारे कार्यनीतिक समीक्षा गरिएको छ । कम्युनिस्टहरू एक दलमा मात्र विश्वास गर्छन् भन्ने कम्युनिस्ट विरोधीहरूले लगाउने लान्छनाको खण्डन भएको छ । कम्युनिस्ट पार्टी आफ्नो स्थिति मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध मजबुत गर्न नसकेको ठाउँमा राष्ट्रवादी प्रगतिशील शक्तिहरूसँग सम्बन्ध कायम गर्न सक्छ । तर आफ्नो स्थिति बलियो भएको ठाउँमा समाजको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने वर्णन गरिएको छ । अन्त्यमा “सर्वहारा वर्गसँग गुमाउनका लागि सिक्री बाहेक केही छैन, जीत्नका लागि सारा संसार छ” भन्दै “दुनियाँका मजदूरहरू एक हौं” भन्ने आह्वान गरिएको छ । र, दुनियाँका मजदुरहरू एक होऔं भन्ने नाराका साथ समाप्त भएको छ ।

विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनले टिप्पणी गर्दै लेख्नु भएको छ, – “यो सानो पुस्तिका सम्पूर्ण ग्रन्थहरूको बराबर छ, त्यसको आत्माले सभ्य संसारका समस्त संगठित र संघर्षशील सर्वहाराहरूलाई प्रेरणा दिइरहेको छ र उनीहरूको प्रथप्रदर्शन गरिरहेको छ ।” लेनिनको उक्त भनाई बढि सान्दर्भिक छ ।
यो कुरा प्रस्ट छ कि कम्युनिस्ट घोषणापत्र माक्र्स–एंगेल्सद्वारा अनुसन्धान गरिएको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको संशलेषणको दस्तावेज हो ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यहानेर स्पष्ट हुनु पर्ने कुरा के छ भने माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
लेनिनले माक्र्सवादबारे संशलेषण गर्दै भन्नु भएको छ, – “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक तत्वहरूको संशलेषणबाट भएको छ ।”
यहाँनेर सुस्पष्ट हुनु पर्ने अर्को महत्वपूर्ण कुरा के पनि हो भने माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।
प्रत्येक दर्शन वर्ग दर्शन रहने कुरा माक्र्सवादी दर्शनको सम्बन्धमा पनि लागु रहन्छ । माक्र्सवादी दर्शन पनि एउटा वर्ग दर्शन हो, सर्वहारा वर्गको दर्शन हो, तर त्यो अन्य दर्शनहरू झै अल्पसंख्यकहरूको, शोषकहरूको दर्शन नभएर बहुसंख्यकहरूको, सर्वहाराहरूको दर्शन हो । यसलाई स्टालिनले “माक्र्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण” को रूपमा परिभाषित गर्नु भएको छ ।
स्टालिन, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद
माक्र्सवादको उदय हुनु भन्दा पहिले पनि बेलायत, फ्रान्स, जर्मनी, अमेरिका जस्ता पुँजीवादीले विकास गरिसकेका देशहरूमा ठूला ठूला मजदुर आन्दोलनहरू भएका थिए, तर ती सबै मजदुर आन्दोलनहरू मार्गदर्शन गर्ने वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तका अभावले गर्दा असफलतामा टुंगीएका थिए । तर सन् १८४८ मा माक्र्स–एंगेल्सद्वारा कम्युनिस्ट घोषणापत्र जारी गरे पश्चात यो सर्वहारावर्गको युक्तिको मार्गदर्शन गर्ने सैद्धान्तिक अस्त्र बन्न पुग्यो र विश्वसर्वहारावर्ग वैज्ञानिक तथा क्रान्तिकारी सिद्धान्तले लैस हुन पुग्यो ।
विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधिन शक्तिको रूपमा देखा परिसकेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो पर्न गएको थियो, त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता पनि थियो जसको परिपूर्ति माक्र्सवादी दर्शन अर्थात द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनले मात्र ग¥यो । एक पुरै वैज्ञानिक दर्शनको रूपमा त्यसले पुरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि माक्र्सवाद जब्बर सैद्धान्तिक जग बन्न पुग्यो । अझै अर्को शब्दमा भन्नु पर्दा विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरिरहेको सर्वहारावर्गको प्रयासलाई माक्र्सवादी दर्शनले सैद्धान्तिक आधार र निर्देशन प्रदान गर्दै आएको छ । यसमा सर्वहारावर्गले संसारलाई ठिकसित बुझ्ने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यसको महत्वलाई दर्शाउँदै लेनिनले लेख्नु भएको छ, –“माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खास रूपले मजदुरवर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।” –लेनिन संकलित रचनाहरू भाग १९, पृष्ठ २५ ।
सर्वहारावर्गका लागि दर्शनको कति महत्व हुन्छ भन्ने बारेमा आफ्नो कानुन सम्बन्धि ‘हेगेलको दर्शनको आलोचनामा एक देन’ शीर्षकको लेखको प्रस्तावनामा माक्र्सले लेख्नु भएको छ, – “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउछ ।” माक्र्स र एंगेल्स, संकलित रचनाहरू, भाग ३, पृष्ठ १८७ ।
त्यसैगरी माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओत्सेतुङले यसरी दर्शाउनु भएको छ, – “माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटै साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामीले चिजहरूलाई स्पष्ट नपारिकन यता उताको कुरा तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरि सकेपछि थुप्रै दुःखकष्ठबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।”
माक्र्सवाद गतिशील र वैज्ञानिक सिद्धान्त हो । आज माक्र्सवाद एक्लो छैन । यसले पहिलो चरणमा माक्र्सवाद र माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादका साथै माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भइसकेको छ । यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद इकाइको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ ।
पँुजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पँुजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले माक्र्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम ग¥यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एगेल्सको सहयोग सहित कार्ल माक्र्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रूपमा सर्वहारावर्गको विश्व दृष्टिकोणको अनुसन्धान गरियो । माक्र्सवादको रूपमा स्थापित यो वैज्ञानिक अनुसन्धान आफ्नो सारतत्वमा मानव जातिले हज्जारौं वर्षका क्रममा आर्जन गरेका अनुभव र ज्ञानको सर्वोच्च संश्लेषण हो । ‘दुनियाँको व्याख्या गर्ने मात्र होइन, मुख्य कुरा त यसलाई बदल्ने हो’ भन्ने क्रान्तिकारी उद्देश्य सहित संश्लेषित यो विज्ञानले मानव जातिकै चिन्तनको क्षेत्रमा एउटा अभूतपूर्व क्रान्ति ल्याइदियो । समाजमा विद्यमान सबै प्रकारका रुढी, अन्धविश्वास र पन्थहरूका विरुद्ध माक्र्सवादले दुनियाँ बुझने र दुनियाँ बदल्ने वैज्ञानिक अस्त्र प्रदान ग¥यो ।
भौतिक आवश्यकता परिपूर्तिको निमित्त उत्पादन र पुनर्उत्पादनको प्रक्रियामा उत्पादक शक्तिको विकाससँगै कसरी मानिसहरूको बीचमा विशिष्ट उत्पादन सम्बन्ध कायम हुन जान्छ र आदिम साम्यवादी व्यवस्थापछिको समग्र इतिहास कसरी निश्चित वैज्ञानिक नियमद्वारा निर्धारित वर्गसंघर्षको इतिहास भयो भन्ने कुरा पनि अकाट्य तथ्य सहित माक्र्सवादले प्रमाणित ग¥यो । यही नै ऐतिहासिक भौतिकवादको समग्र इतिहासप्रतिको आरोप हो ।
पँुजीवादी शोषण र समाजका मुठ्ठीभर पँुजीपतिहरूका हातमा पँुजीको संकेन्द्रणको रहस्य उद्घाटन गर्दै कार्लमाक्र्सले अतिरिक्त मूल्यको सिद्धान्त अगाडि ल्याउनु भयो । नाफा कमाउने धुनमा पँुजीवादले कसरी मानवीय श्रमलाई निर्जिव वस्तुमा परिणत गरी शोषणको व्यूह–रचना गर्न पुगेको छ र आधुनिक सर्वहारावर्गको विशाल फौजको विकास गरी अन्ततः कसरी उसले आफ्नै चिहान खन्ने काम गरिरहेको छ भन्ने कुरा पनि माक्र्सवादले स्पष्ट ग¥यो ।
उत्पादन शक्तिको अभूतपूर्व विकास, उत्पादन प्रक्रियाको सामाजिकीकरण तथा उत्पादनमाथिको व्यक्तिगत स्वामित्वका बीचको अन्तरविरोधको विशिष्ट स्थितिमाथि ध्यान दिँदै माक्र्सवादले सर्वहारावर्गको काँधमा आएको सामाजिक क्रान्तिको जिम्मेवारी तथा मानिसद्वारा मानिसमाथि हुने सबै प्रकारका शोषणको अन्त्य गरी वर्गविहीन, राज्यसत्ताविहीन मानव जातिको स्वर्णिम भविष्य साम्यवादी समाजको वैज्ञानिक आदर्श प्रस्तुत ग¥यो । साम्यवादी समाजको यो महान् आदर्श प्राप्तिका लागि सर्वहारावर्गले अपनाउनु पर्ने रणनीति सम्बन्धि आधारभूत सिद्धान्तको जग पनि कार्लमाक्र्स र फ्रेडरिक एगेल्सले नै बसाउनु भयो । वहाँहरूले हिंसात्मक क्रान्तिको अनिवार्यता, पुरानो पँुजीवादी राज्यसत्ताको ध्वंसको अनिवार्यता, सशस्त्र जनसमुदायको विकास सम्बन्धि अवधारणा, पँुजीवादबाट साम्यवादसम्मको संक्रमण कालको अनिवार्य आवश्यकताको रूपमा सर्वहारावर्गको अधिनायकत्व र समाजवादी राज्यसत्ताको महत्व आदि बारे समग्रमा आधारभूत अवधारणा प्रस्तुत गर्नु भयो । यो वैज्ञानिक धारणा मजदूर आन्दोलनमा स्थापित गर्न एंगेल्सले आफ्नो जीवनभर त्यसभित्र देखिने पँुजीवादी प्रवृत्तिका विरुद्ध कठोर संघर्ष गर्नु भयो ।
माक्र्सवादको उदय पछि विश्वमा ठूला ठूला उथलपुथलकारी परिवर्तन र क्रान्तिहरू पनि सम्पन्न भए । रुसमा सन् १९१७ मा र भियतनाम तथा उत्तर कोरियामा सन् १९४५ मा क्रान्तिहरू सम्पन्न गरिए । त्यस्तै सन् १९४९ मा चिनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो भने सन् १९५९ मा क्युवामा क्रान्ति सम्पन्न भयो । पूर्वी युरोपका २०औं राष्ट्रहरूमा सोभियत मोडेलको समाजवाद लागु गरियो ।
यसको अर्को नकारात्मक पाटो के हो भने रुस र चिनमा भएको प्रतिक्रान्ति र पुँजीवादको पुनस्थापनाले विश्वकम्युनिस्ट आन्दोलन र विश्व समाजवादी शिविरमा ठूलो क्षति पुग्न गयो । र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा खुम्चिनु बाध्य भयो । अहिले सम्म पनि यो स्थिति कायमै छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र महान् नेपाली क्रान्तिको बाटोमा पनि दक्षिणपंथी संशोधनवाद, नवसंशोधनवाद र संसदवादले गंभीर प्रकारको क्षति पु¥याउँदै आएको छ ।
इतिहासदेखि नै संशोधनवादले माक्र्सवादमाथि भीषण आक्रमण गर्दै आएको छ । पहिलो अन्तर्राष्ट्रियको समयमा माक्र्स र एंगेल्सले प्रुधोपन्थी, लासालवादी तथा ब्लांकीपन्थी जस्ता अवसरवाद र अराजकतावाद विरुद्ध भीषण विचारधारात्मक संघर्ष चलाएर माक्र्सवादको रक्षा र विकास गर्ने काम गर्नु भयो ।
त्यस्तै दोश्रो अन्तर्राष्ट्रियमा घुस्न सफल भएका बर्नस्टिन, मार्तोमपन्थी तथा काउटस्की जस्ता संशोधनवादी र संसदवादीहरूका विरुद्ध भीषण विचार धारात्मक संघर्ष गरेर लेनिनले माक्र्सवादको रक्षा र विकास र प्रयोग गर्ने क्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादलाई थप समृद्ध तुल्याउने काम गर्नु भयो ।
साथै इतिहासको पछिल्लो अवधिमा खु्रश्चोभपन्थी आधुनिक संशोधनवादका विरुद्ध भीषण दुइलाइन संघर्ष संचालन गर्दै र विश्वस्तरमा नै महान् बहस संचालन गरेर माक्र्सवाद लेनिनवादको प्रयोग रक्षा र विकास गर्ने क्रममा कमरेड माओले चीनमा दश वर्षसम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरेर सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्दै माक्र्सवाद–लेनिनवादलाई तेस्रो र नयाँ चरणमा विकास गर्ने क्रममा माओवादको अनुसन्धान गरेर माक्र्सवाद–लेनिनवादलाई समृद्ध तुल्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भयो ।

नेपालमा पनि दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवाद तथा संसदवादका विरुद्ध भीषण दुईलाइन संघर्ष संचालन गर्दै क्रान्तिकारी विचारको रक्षा, प्रयोग र विकास गर्ने कार्यमा क्रान्तिकारी माओवादी कम्युनिस्टहरूले अग्रणीको भूमिका निर्वाह गर्दै आइरहेका छन् र आज नेपालको दक्षिणपन्थी संशोधनवाद तथा नवसंशोधनवाद प्रतिक्रियावादमा पतन हुन पुगेको अवस्था छ ।
माक्र्सवादको रक्षा, प्रयोग र विकासको प्रश्न ज्यादै जटिल प्रश्न हो । यसलाई विचारको विकास गरेर मात्र रक्षा गर्न र विकास गर्न सकिन्छ । त्यसो भएर फ्रेडरिक एंगेल्सले भन्नु भएको छ, –“सर्वहारावर्गको विकास जहाकही पनि आन्तरिक संघर्षको बीचबाट नै अगाडि बढ्छ, जस्तो कि माक्र्स र म आफैले पनि अरु कसैसँग भन्दा बढि नक्कली समाजवादीहरू विरुद्ध जीवनमा कठिन लडाई लडेका थियौं ।”
यस महत्वपूर्ण पुस्तकको अन्त्यमा माक्र्सका अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एंगेल्सद्वारा लेखिएको र २३ वटा प्रश्नोत्तरमा रहेको ‘साम्यवादका सिद्धान्तहरू’ भन्ने कृति समावेश गरिएको छ । यो कृति संघको कार्यक्रमको मस्यौदा हो जुन फ्रेडरिक एंगेल्सले पेरिसमा कम्युनिस्ट संघको प्रादेशिक समितिको आदेशअनुसार लेख्नुभएको थियो । यसलाई प्रारम्भिक मस्यौदाको रूपमा विचार गर्दै एंगेल्सले माक्र्सलाई सन् १८४७ को २३–२४ नोभेम्बरका दिन लेख्नुभएको प्रश्नोत्तरीको रूप बहिस्कार गर्ने र कम्युनिस्ट घोषणाको रूपमा कम्युनिस्ट संघको कार्यक्रम तयार पार्ने सुझाव दिनुभयो । कम्युनिस्ट संघको दोस्रो कांग्रेस (२९ नोभेम्बर–८ दिसम्बर) मा माक्र्स र एंगेल्सका दृष्टिकोणहरूको पूर्ण अनुमोदन गरियो । उहाँहरूलाई संघको कार्यक्रम ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ तर्जुमा गर्ने कार्यभार सुम्पियो । माक्र्सवादका प्रवर्तकहरूले ‘घोषणा’ लेखिंदा ‘साम्यवादका सिद्धान्तहरू’मा प्रस्तुत गरिएका धेरै प्रस्थापनाहरूको उपयोग गर्नुभएको
थियो ।
‘साम्यवादका सिद्धान्तहरू’ मा एंगेल्सले सैद्धान्तिक रूपमा सर्वहारा पार्टीका केही महत्वपूर्ण कार्यक्रमसम्बन्धी र कार्यनीतिसम्बन्धी सिद्धान्तहरूको आधार प्रस्तुत गर्नुभयो र ती कदमहरूतर्फ औंल्याउनुभयो जसलाई कार्यान्वित गरेर सत्ता विजय गर्ने सर्वहारावर्गले पँुजीवादबाट समाजवादतर्फ संक्रमणको तयारी गर्दछ भन्ने रहेको छ र यसमा सोधिएका २३ वटा प्रश्नहरू यस प्रकार रहेका छन् ः
१) साम्यवाद भनेको के हो ?
२) सर्वहारावर्ग भनेको के हो ?
३) के त्यसो भए सर्वहारावर्ग सदैव अस्तित्वमा थिएन त ?
४) सर्वहारावर्गको प्रँदुर्भाव कसरी भयो ?
५) के कस्ता अवस्थाहरूमा पँुजीजीवीलाई सर्वहाराहरूले श्रम विक्री गर्दछन् ?
६) औद्योगिक क्रान्ति भन्दा पहिले के कस्ता श्रमिकवर्गहरू अस्तित्वमा थिए ?
७) दास र सर्वहारावर्गको बीचमा के अन्तर छ ?
८) भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?
९) शिल्पकार र सर्वहाराबीचमा के अन्तर छ ?
१०) कारखानाको मजदूर र सर्वहाराको बीचमा के अन्तर छ ?
११) औद्योगिक क्रान्ति र पँुजीजीवीहरू तथा सर्वहाराहरूमा समाजको विभाजनद्वारा के कस्ता तात्कालिक परिणामहरू निस्केका थिए ?
१२) औद्योगिक क्रान्तिका भावी परिणामहरू के कस्ता थिए ?
१३) निरन्तर दोहोरिइरहने यस्ता व्यापारिक संकटहरूको नतिजा के हुन्छ ?
१४) यो नयाँ सामाजिक व्यवस्था कस्तो हुनुपर्दछ ?
१५) त्यसो हो भने के व्यक्तिगत स्वामित्वको उन्मूलन पहिले असम्भव थियो त ?
१६) के शान्तिपूर्ण तरिकाले व्यक्तिगत स्वामित्वको उन्मूलन गर्न सकिन्छ ?
१७) के व्यक्तिगत स्वामित्वलाई तुरुन्तै निर्मूल पार्न सकिन्छ र ?
१८) यस क्रान्तिको गतिविधि कस्तो हुनेछ ?
१९) के यो क्रान्ति कुनै एउटा देशमा सम्पन्न हुन सक्दछ ?
२०) व्यक्तिगत स्वामित्वको पूर्ण उन्मूलनका परिणामहरू के कस्ता हुनेछन् ?
२१) साम्यवादी सामाजिक व्यवस्थाले परिवारमाथि कस्तो असर पार्दछ ?
२२) विद्यमान जनजातिहरूप्रति साम्यवादी व्यवस्थाले कस्तो व्यवहार गर्नेछ ?
२३) विद्यमान धर्महरूप्रति त्यसको व्यावहार कस्तो हुनेछ ?
(कम्युनिस्ट पार्टीको घोषणापत्र, माक्र्स–एंगेल्स, प्रकाशक प्रगति पुस्तक सदन बागबजार, काठमाडौं । २०६४ साउन, पृ. ६०–७८)
यी प्रश्नहरूको उत्तर यो सानो लेखमा प्रस्तुत गर्न सम्भव छैन । स्वयम पुस्तक लिएर अध्ययन गर्नु पर्ने हुन्छ । आज कम्युनिस्ट घोषणापत्र जारी भएको १७० वर्ष पुरा भएको छ । र यसको महत्व र सान्दर्भिकता अझै बढेर गएको छ र यो निरन्तर अगाडी बढ्ने छ ।
अन्त्यमा विश्वमा दुइवटा समाजवाद छन्, काल्पनिक समाजवाद र वैज्ञानिक समाजवाद, बुज्र्रुवा समाजवाद र जो पुँजीपति वर्गको अधिनायकत्व अन्तर्गत संचालित हुन्छ भने अर्को वैज्ञानिक समाजवाद जो सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत सञ्चालन गरिने समाजवाद ।
माक्र्स–एंगेल्सद्वारा सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन लण्डनबाट घोषणा गरिएको “कम्युनिष्ट घोषणापत्र” मा व्याख्या गरिएको समाजवाद वैज्ञानिक समाजवाद हो जो सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत एवं संचालित गरिने राज्य व्यवस्था हो । जो मानव समाजको अन्तिम वर्गीय राज्य व्यवस्था पनि हो । किन कि त्यस पछि आउने राज्य व्यवस्था भनेको वैज्ञानिक साम्यवाद त्यति बेला वर्गहरुको अन्त्य भएर वर्गहीन र राज्यविहीन समाज व्यवस्था काम भएको हुनेछ । माक्र्सवादी दर्शनको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद राज्य सम्बन्धि अन्तिम संशलेषण पनि यही नै हो ।