‘पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाऊ’

प्रकाशित मिति : २०७४ माघ २३

पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन सबै तहका पार्टी कमिटीहरुले पार्टीको आधारभूत कार्यदिशालाई आनो प्रस्थान विन्दुको रुपमा ग्रहण गर्नु पर्दछ र महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु पर्दछ । महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्डिनु भनेको प्रधान अन्तरविरोधलाई पक्डिनु पर्दछ भनेको हो । अध्यक्ष माओले औल्याउनु भएको छ, “दुई वा दुई भन्दा बढी अन्तरविरोधहरु भएका जटिल प्रक्रियाको अध्ययन गर्दा हामीले प्रधान अन्तरविरोधलाई पत्ता लगाउने कुरामा पुरा प्रयास गर्नु पर्दछ । प्रधान अन्तरविरोधलाई पक्डिए पछि सबै समस्याहरु छिटै समाधान गर्न सकिन्छ ।”

समाजवादको ऐतिहासिक अवधी भरी सर्बहारा तथा पूजीपतिवर्ग र समाजवाद तथा पूजीवादका बीचको संघर्ष हाम्रो देशको प्रधान अन्तरविरोध हो । त्यसकारण, महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनुको अर्थ दुई वर्ग, दुई बाटा र दुई कार्यदिशाका बीचको संघर्षलाई पक्डिनु हो र यी महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनुको अर्थ प्रधान अन्तरविरोधलाई पक्डिनु हो ।

अत्यन्त जटिल क्रान्तिकारी काममा सबै कुराको नेतृत्व गर्ने पार्टीले हो । पार्टीको केन्द्रीकृत नेतृत्व लागु गर्न पार्टी कमिटीहरु मूलतः वर्ग संघर्ष तथा दुई–लाईन संघर्षको वरिपरि केन्द्रित हुनु पर्दछ । यस्तो किन हो भने, सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत वर्ग संघर्ष तथा दुई–लाईन संघर्ष वस्तुतः सबै क्षेत्र, मोर्चा र संस्थाहरुमा रहन्छन् र तिनीहरुबाट अलग रहन संभव छैन । क्रान्तिकारी उद्देश्यका निमित्त निर्णायक महत्वका आधारभूत प्रश्नहरु — वर्गसंघर्ष र दुई–लाईन संघर्षलाई पक्डेर मात्र पार्टी कमिटीहरुले सबै स्थितिमा समझदार बन्न, सबै काममा सर्बहारावादी राजनीतिक दिशाको पालना गर्न, विभिन्न खाले “वाम” वा दक्षिणपंथी गलत प्रवृत्तिहरुले पैदा गरेका झमेलाको सामना गर्न, पार्टीका आधारभूत कार्यदिशा तथा सिद्धान्तहरुलाई दृढतापूर्वक लागुगर्न र सर्बहारा वर्गको अग्रदस्ताका हैसियतले संघर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेछन् ।

पार्टी कमिटीहरुका लागि यी महत्वपूर्ण प्रश्नहरु पक्डिन सक्ने हुन तिनीहरुले आनो क्षेत्र र संस्थानमा निरन्तर र ध्यानपूर्वक आधारभूत वर्ग संबन्धलाई विश्लेषण गर्नु पर्दछ, वर्ग शक्तिहरुको संबन्धको स्थिति र वर्ग संघर्ष तथा दुई–लाईन संघर्षका नयां प्रवृत्तिहरुलाई समय मै आत्मसात गर्न सक्नु पर्दछ । अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि हामीले “राजनीतिक परिस्थितिको विश्लेषण गर्दा र वर्ग शक्तिहरुको मूल्यांकन गर्दा माक्र्सवादी–लेनिनवादी विधी लागु गर्न” सिक्नु पर्दछ । समाजवादी कालमा वर्ग संघर्ष जटिल हुन्छ र लामो समय चल्छ । साथै यसले दुश्मन र हाम्रा बीचमा र जनताका बीचमा रहने अन्तरविरोधहरुलाई समेटछ र यी अन्तरविरोधहरु एक आपसमा जेलिएका हुनाले तिनीहरुलाई सजिलो गरी छुट्याउन गाह्रो हुन्छ । यो स्थितिमा, क्रान्ति र निर्माणमा ठू–ठूला विजय प्राप्त गर्नका निम्ति समाजमा रहेका आधारभूत वर्ग संबन्धलाई बुझेर र गहिरो विश्लेषण गरेर मात्र वर्ग संघर्षका वस्तुगत नियमहरुलाई पक्डिन, पार्टीको आधारभूत राजनीतिक कार्यदिशा तथा सिद्धान्तहरुलाई सही ढङ्गले लागुगर्न, यी दुईथरी अन्तरविरोधहरुलाई छुट्याउन हाम्रा सच्चा मित्रहरुलाई एकतावद्ध गर्न र वास्तविक दुश्मनलाई आक्रमण गर्न संभव हुन्छ ।

पार्टी कमिटीहरु महत्वपूर्ण प्रश्नहरुलाई पक्डिनसक्ने हुनका लागि तिनीहरुले सबै काममा सर्बहारावादी राजनीतिलाई कमाण्डमा राख्नु पर्दछ, अतिआवश्यक तथा सामान्य प्रश्नहरु, राजनीतिक तथा व्यावशायिक, क्रान्ति र उत्पादन, लाल तथा निपूणका बीचको संबन्धलाइ ठीक ढङ्गले परिचालन गर्नु पर्दछ र सही वैचारिक तथा राजनीतिक कार्यदिशाले नेतृत्व गर्ने कुरालाई सुनिश्चित गर्नु पर्दछ । महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्नुको अर्थ तिनीहरुलाई सबभन्दा अगाडि राख्नु र तीनलाई पार्टी कमिटीका मिटिङ्गहरुमा महत्वपूर्ण प्रश्नका रुपमा कार्यसूचीमा संलग्न गर्ने हो । यसको अर्थ तिनीहरुले अरु कामलाई पन्छाउन वा ती काम अगाडि बढाउने कुराको महत्वलाई ईन्कार गर्न सक्छन भन्ने होईन बरु तिनीहरुलाई उचित स्थान दिनु पर्दछ भन्ने हो । उदाहरणका निमित्त, समाजवादी अर्थतन्त्रको विकास गर्नु र औद्योगिक तथा कृषी उत्पादनको नेतृत्व गर्नु महत्वपूर्ण कार्यभारहरु — समाजवादी अवधी भरीका कार्यभारहरु हुन र तिनीहरुलाई राम्ररी सम्पादन गर्नु पर्दछ । तर, तुलनात्मक रुपले हेर्दा वर्ग संघर्ष र दुई–लाईन सघर्षलाई सफलतापूर्वक संचालन गर्ने काम पहिलोमा र उत्पादनको काम दोस्रोमा आउंछ । जस्तो लेनिनले औल्याउनु भएको थियो, “अर्थनीति भन्दा राजनीति प्राथमिकतामा पर्दछ । अन्यथा तर्क गर्नु माक्र्सवादको कखरालाई विर्सनु हो ।” यसरी महत्वपूर्ण विषयहरु र अन्य कामहरुका बीचमा मातहतको संबन्ध रहन्छ । हामीले दुबैलाई एउटै धरातलमा राख्न सक्दैनौ, तिनलाई उल्टाउन त झनै सक्दैनौ । त्यसमाथि, उदाहरणको लागि उत्पादनको मोर्चामा यो कुन विचारले निर्देशित छ, यसले कुन दिशा पक्डेको छ र कुन बाटो तिर जांदै छ भन्ने प्रश्न रहन्छ, अर्थात यहां पनि कार्यदिशाको प्रश्न आउंछ । यदि हामीले वर्ग संघर्ष र दुई–लाईन सघर्षलाई ख्यालै नगरी उत्पादनमा मात्र लाग्यौ भने, यदि हामीले सर्बहारावादी राजनीतिलाई एकातिर थन्क्याएर उत्पादनका निमित्त मात्र उत्पादनमा लाग्यौ भने यसले उत्पादनलाई अगाडि बढाउन असंभव हुने मात्र होईन बरु हामीले हाम्रो दिशा नै बिर्सने खतरा रहन्छ, जुन अत्यन्त डरलाग्दो हुन्छ ।

केही कमरेडहरुले महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्ने कुराको महत्वलाई पर्याप्त रुपमा बुझ्नु हुन्न । वहांहरुले “आफैले महत्वपूर्ण प्रश्नहरु संग चासो नदेखाउनु नोकरशाही प्रवृत्ति देखाउनु जस्तै हो र यो त्यत्ति गंभीर त्रुटी होईन” भन्ने दावी गर्नु हुन्छ र वहांहरुले मान्नु हुन्छ कि “महत्वपूर्ण विषयहरुमा चासो राख्ने कुरा खतरनाक हुन्छ, सहायक विषयहरुमा लाग्नु सुरक्षित हुन्छ ।” विषयलाई यसरी हेर्ने कुरा नितान्त गलत हो । “उत्पादक शक्तिको सिद्धान्त”लाई अघि सार्ने लिन पियाओ र उसको गुटले “राम्रो खेतीपाती गर्नु किसानहरुको राजनीति हो र मजदुरहरुको राजनीति राम्रोसंग काम गर्नुे हो” भन्ने दावी गर्दथे । तिनीहरुको आपराधिक उद्देश्य पूजीवादको पुनस्र्थापनाका निम्ति सर्बहारा वर्गको अधिनायकत्वलाई मिल्काउनु थियो । यसरी, हामीले हाम्रो समयलाई खास साना प्रश्नहरुमा वितायौं भने, वर्ग संघर्ष तथा दुई–लाईन सघर्षलाई देख्छौं तर गहिरोगरी हेर्दैनौं भने र सुन्छौं तर गहिरोगरी ध्यान दिन्नौं भने हामीले धोका पाउने खतरा रहन्छ र धेरै समय पछि अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाबाट विचलित हुने, पार्टी तथा जनताका उद्देश्यहरुमा नोक्सान पुग्ने र पूजीवादको पुनस्र्थापना गर्न चाहने वर्ग दुश्मनकालागि अनुकुल अवसर दिलाउने खतरा रहन्छ । हामीले यसलाई एक प्रकारको “नोकरशाही प्रवृत्ति”को अभिव्यक्ति मात्र हो भनी कसरी भन्न सक्छौं ? हामीले बुझ्नु पर्दछ कि कार्यदिशा सही छ कि छैन भन्ने नहेरीकन हामीले उत्पादनमा मात्र ध्यान दियौं भने, अनि संशोधनवाद सत्तामा आयो भने र त्यसले पार्टी तथा राज्य कव्जा ग¥यो भने त्यतिबेला मात्रा र गुण दुबै हिसाबले उत्पादनमा बृद्धि भए पनि त्यसको फल जमिन्दार र पूजीपति वर्गले खोस्ने छ र यसले संशोधनवाद तथा पूजीवादका निमित्त भौतिक आधार तयार पार्ने छ । सोभियत संघमा ख्रुश्चोभ–ब्रेजनेभ गुट सत्तामा पुगे पछि तिनीहरुले समाजवादी देशलाई सामाजिक साम्राज्यवादी देशमा बदलेका छन्, तिनीहरुले “आकाशमा उपग्रह छाडेका छन् तर रातो झण्डालाई भुईमा गिराएका छन” यो हाम्रोलागि एउटा गंभीर पाठ हुनु पर्दछ । यसकारण, हामीले महत्वपूर्ण विषयहरु — वर्ग संघर्ष र दुई–लाईन सघर्षमा चासो राखेनौ भनें, हामीले पार्टीको कार्यदिशा विस्र्यौं भने त्यतिबेला हामी अनिवार्यतः संशोधनवादमा पुग्ने छौं । हामीले यसलाई “खतरा छैन” र “यो गंभीर भूल होईन” भनी कसरी भन्न सक्छौं ?

यो सबैबाट हामीले देख्छौं कि पार्टी कमिटीहरुले महत्वपूर्ण प्रश्नहरुलाई आत्मसात गर्छन कि गर्दैनन् भन्ने कुरा सोच्ने र कामगर्ने तरीकासंग संबन्धित प्रश्न मात्र होईन, बरु यो त सिद्धान्तको मौलिक प्रश्न – उन्मुखीकरण र कार्यदिशासंग जोडिएको प्रश्न हो । पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन पार्टी कमिटीहरुले सधैं जुनसुकै परिस्थितिमा पनि पार्टीको आधारभूत कार्यदिशालाई दिमागमा राख्नु पर्दछ र वर्ग संघर्ष तथा दुई–लाईन सघर्षको महत्वपूर्ण प्रश्नलाई गंभीरतापूर्वक ग्रहण गर्नु पर्दछ । कामहरु भारी भए पनि महत्वपूर्ण प्रश्नहरु छुटेका छैनन् भन्ने कुरालाई तिनीहरुले सुनिश्चित गर्नु पर्दछ र काम धेरै छ भने तिनीहरुलाई समय दिनु पर्दछ । तिनीहरुले आनो चेतनाको स्तरलाई निरन्तर उठाईराख्नु पर्दछ र जहांसम्म महत्वपूर्ण कुराहरुलाई आत्मसात गर्ने कुरा छ दशौं महाधिवेशनले दिएका जुझारु कामहरुलाई अझ राम्रोगरी पुरागर्न प्रयत्न गर्नु पर्दछ ।

कम्युनिष्ट पार्टीका सदस्यहरु सचेतढङ्गले पार्टीको केन्द्रीकृत नेतृत्व अन्तर्गत रहनुु पर्दछ र त्यसलाई जोगाईराख्नु पर्दछ
पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउने र त्यसको नेतृत्वदायी भूमिकालाई सर्बहारा वर्गको अग्रपंक्तिमा ल्याउने कुरा उन्नत तत्वका रुपमा कम्युनिष्टहरुले पुुरा गर्नु पर्ने भूमिकाबाट अलग गर्न सकिन्न । कम्युनिष्ट पार्टीका हरेक सदस्यहरुले यो भूमिकालाई पुर्णतः लागु गर्नु पर्दछ, सचेत ढङ्गले पार्टीको केन्द्रीकृत नेतृत्व अन्तर्गत आउनु पर्दछ र त्यसलाई जोगाईराख्नु पर्दछ ।

वैचारिक मोर्चामा, पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउने विषयमा हामीले हाम्रो चेतनास्तरलाई माथि उठाउनु पर्दछ । वर्ग संघर्षको जटिल तथा स्थायी चरीत्र, पार्टीमा चल्ने दुई–लाईन सघर्ष र समाजवादको ऐतिहासिक अवधी भरी क्रान्ति तथा निर्माणमा कांध थाप्नुपर्ने हाम्रा गह्रौ कार्यभारहरुले हामीलाई पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो पार्नु पर्ने बनाएको छ, कमजोर होईन । हाम्रो देशमा पूजीवादको पुनस्र्थापना गर्ने र सर्बहारा वर्गको अधिनायकत्वलाई मिल्काउने तिनीहरुको प्रयत्नस्वरुप भित्री र बाहिरी दुबैथरी वर्गदुश्मनहरुले हाम्रो पार्टीलाई सधै आक्रमणको निसाना बनाउंदै आएका छन् । यो माक्र्सवादी–लेनिनवादी पार्टीलाई संशोधनवादी तथा फासिवादी पार्टीमा रुपान्तरणगर्ने र संपूर्ण चीनको रंग बदल्ने व्यर्थ आशा सहित हाम्रो पंक्तिभित्र पसेर र हाम्रा कार्यकर्तालाई आनो तिर आकर्षित गरेर, तिनीहरुले हाम्रो पार्टीमा आना एजेण्टहरु तयारपार्न हर प्रयास गरेका छन् । यो स्थितिमा हामी अत्यन्त चतुर हुनु पर्दछ । केही कमरेडहरुले पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउने कुरा नेतृत्व संग जोडिएको विषय हो हामीसंग यसको संबन्ध छैन भन्ने सोच्दछन् । यो पुरै गलत कुरा हो । जस्तो स्तालिनले भन्नु भएको छ, “पार्टीको नेतृत्व विना … … … सर्बहारा वर्गको अधिनायकत्व असंभव छ । सर्बहारा वर्गको अधिनायकत्वलाई हल्लाउन र कमजोर पार्नका निमित्त पार्टीलाई हल्लाउनु र कमजोर पार्नु पर्याप्त छ ।” यसरी, यो देखिन्छ कि सर्बहारावर्गका आधारभूत हितहरु पार्टी नेतृत्वको रक्षामा निर्भर गर्दछ र यो सर्बहारा वर्गको अधिनायकत्वको सुदृढिकरण तथा विकासमा भर पर्ने अत्यन्त महत्वपूर्ण प्रश्न हो । त्यसो हो भने, कसैले यो मेरो चासोको विषय होईन भनेर कसरी भन्न सक्छ ? पार्टीको केन्द्रीकृत नेतृत्वलाई मजबुत बनाउनुपर्ने कुराको महत्वबोध गर्न, पार्टीको केन्द्रीकृत नेतृत्व अन्तरगत आउन र त्यसको रक्षागर्नका निम्ति हरेक कम्युनिष्टले यी प्रश्नहरुलाई वर्गसघर्ष र दुई–लाईन सघर्षको उन्नत दृष्टिकोणबाट हेर्नु पर्दछ ।

हामीले व्यक्ति र संगठनका बीचको संबन्धलाई राम्रोसंग परिचालन गर्नु पर्दछ, दृढतापूर्वक पार्टीको नेतृत्वमा रहनु पर्दछ र मनपरी गर्नु हुदैन । कम्युनिष्ट पार्टीको प्रत्येक सदस्य समग्रको एउटा अभिन्न अंग हो । उ कुनै एउटा पार्टी संगठनमा आवद्ध हुनु पर्दछ र त्यो संगठनको नेतृत्वमा उसले पार्टीको कार्यक्रम तथा कार्यदिशा लागु गर्न संघर्ष गर्नु पर्दछ । उसले पार्टी संगठनलाई रिपोर्ट दिने पद्धतिलाई कायम राख्नु पर्दछ, आनो विचार र कामको अवस्था बारे संगठनलाई निरन्तर रिपोर्ट दिंदा उसले जनताका भावना तथा मागलाई प्रतिविम्वित गर्नु पर्दछ, पार्टी संगठनको सहयोग र समर्थनमा उसले पार्टी तथा जनताका बीचको संबन्धलाई बलियो पार्नु पर्दछ र राम्ररी पार्टीको काम गर्नुृ पर्दछ । हामीले व्यक्ति र संगठनका बीचको संबन्धलाई उल्ट्यायौं र व्यक्तिलाई संगठन भन्दा माथि राख्यौं भने हामीले पार्टीको केन्द्रीकृत नेतृत्वलाई कमजोर पार्ने छौं, यो निकै खतरनाक कुरा हो । पार्टी कमिटीको विभिन्न तहका (साधारण शाखा, शाखा) नेतृत्वदायी स्थानमा रहनु भएका कम्युनिष्टहरुका लागि यो प्रश्नमा ध्यान दिनु अझ बढी आवश्यक छ । आनो जिम्मामा रहेको कामलाई सुधार्नका निमित्त आफुलाई बाहिर होईन भित्र राखेर तिनीहरु पार्टी कमिटीको केन्द्रीकृत नेतृत्व अन्तरगत रहनु पर्दछ । तिनीहरुले आनो जिम्माको क्षेत्रबाट मात्र होईन समग्र स्थितिबाट सुरुगर्नु पर्दछ र तिनीहरुले हर हालतमा पनि कुनै क्षेत्र विभाग तथा ईकाईलाई एउटा “स्वतन्त्र अधिराज्य” बनाउनु हुदैन । सबै तहका क्रान्तिकारी जनसंगठनमा जिम्मेदारी भएका कम्युनिष्टहरु आनो तहका पार्टी संगठनको केन्द्रीकृत नेतृत्व अन्तरगत आउनु पर्दछ, निर्देशन माग्नु पर्दछ र संगठनलाई जति संभव छिटो रिपोर्ट गर्नु पर्दछ । साथै, माथिल्ला निकायको नेतृत्वमा तिनीहरुले सक्रियतापूर्वक तथा पहलकदमी सहित आनो काम अगाडि बढाउनु पर्दछ । समग्रमा, कम्युनिष्ट पार्टीको हरेक सदस्यले संगठन र व्यक्तिका बीचको संबन्धलाई राम्ररी परिचालन गर्नु पर्दछ, दृढतापूर्वक पार्टीको नेतृत्वमा रहनु पर्दछ — राजनीतिक क्षेत्रमा आनो मनपरि गर्नु हुदैन, सांगठनिक क्षेत्रमा एक तरीकाले सोच्ने अर्को तरीकाले गर्ने गर्नु हुदैन, काममा आफैलाई सबभन्दा मेहनती ठान्नु हुदैन — र उदाहरणीय रुपमा पार्टीको केन्द्रीकृत नेतृत्वको रक्षा गर्नु पर्दछ ।

हामीले पार्टीको केन्द्रीकृत नेतृत्वलाई कमजोर पार्ने र नोक्सान पु¥याउने गलत शव्द र कामकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नु पर्दछ । पार्टीको केन्द्रीकृत नेतृत्वलाई मजबुत बनाउन र जोगाई राख्न चाहनेहरु र त्यसलाई कमजोर पार्न तथा नोक्सान पु¥याउन चाहनेहरुका बीचको संघर्ष लामो समयसम्म चलिरहन्छ र सर्बहारा वर्गको अधिनायकत्वलाई सुदृढ गर्नका निमित्त हरेक कम्युनिष्टले पार्टीको केन्द्रीकृत नेतृत्वलाई साहसपूर्वक माथि उठाउन आफुलाई समर्पित गर्नु पर्दछ । लिउ शाओ ची, लिन पियाओ, त्यस्तै अन्य ठगहरु र साथै पूंजीवादी बाटो लिएर पार्टीमा घुसेका र प्राधिकारको स्थानमा पुगेका मूीभर व्यक्तिहरुले निश्चित रुपमा पार्टीको चरीत्र, कार्यक्रम तथा कार्यदिशा बदल्नका निम्ति पार्टीको नेतृत्वलाई ध्वस्त गर्ने काममा चासो राख्दथे । लिउ शाओ ची र लिन पियाओ पराजित भएका छन् तर संघर्ष कुनै तरीकाले पनि टुङ्गिएको छैन । भविष्यमा तिनीहरु जस्तै पार्टीको केन्द्रीकृत नेतृत्वलाई ध्वश गर्न षडयन्त्र गर्ने व्यक्तिहरु अगाडि आउने छन् । यसकारण, पार्टीको केन्द्रीकृत नेतृत्वलाई ध्वस्त पार्ने उद्देश्य राखेका लिउ शाओ ची र लिन पियाओ मार्काका ठगहरुले रचेका षडयन्त्रलाई दुरुत्साहित गर्न हामीले हाम्रा आंखा खुला राख्नु पर्दछ र सतर्कतालाई बढाउनु पर्दछ । हामीले ज्वार भाटाका विरुद्ध जाने क्रान्तिकारी स्पिरिट सहित तिनीहरुसंग दृढतापूर्वक संघर्ष गर्नु पर्दछ । हाम्रो पंक्तिमा अरुलाई भन्दा आफुलाई उत्कृष्ट ठान्ने, घमण्डी, पार्टीको केन्द्रीकृत नेतृत्वको सम्मान नगर्ने, आनो मनखुसी कामगर्ने र महत्वपूर्ण कामलाई आफैले मात्र परिचालन गर्न चाहने कमरेडहरु हुनुहुन्छ । हामीसंग पार्टी संबन्धि दरो अवधारणा नभएका, आनो जिम्मेवारीको क्षेत्रमा पार्टी संगठनबाट प्रशस्त निर्देशन नमाग्ने र रिपोर्ट नबुझाउने कमरेडहरु पनि हुनु हुन्छ । पार्टीको केन्द्रीकृत नेतृत्वलाई एक पक्षीय ढङ्गबाट हेर्ने अरु कमरेडहरु अझै पनि छन्, तिनले पार्टीको नेतृत्व अन्तरगत रहनु भनेको साना–ठूला सबै विषयमा पूरै यसमाथि भर पर्नु पर्दछ र ती विषयमा कुरागर्दा सधै पार्टी कमिटीको स्वीकृति लिनु पर्दछ भन्ने अर्थमा बुझ्दछन् । यसरी तिनीहरुले कमिटीलाई महत्वपूर्ण प्रश्नहरु ग्रहणगर्नबाट रोक्छन् । यी सबै त्रुटीहरुले पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउने प्रक्रिया कमजोर पर्न जान्छ । तिनलाई सच्याउनको निमित्त हामीले विभिन्न विषयमा रहेका भिन्नतालाई छुट्याउनु पर्दछ, कार्यदिशा संग कुनकुरा जोडिएको छ भन्ने हेर्नु पर्दछ र ती कमरेडहरुको बुझाईलाई माथि उठाउन र दृष्टिकोणलाई सच्याउन सहयोग गर्नु पर्दछ । कम्युनिष्ट पार्टीको प्रत्येक सदस्यले उसको पार्टी संबन्धि अवधारणालाई र सर्बहारावादी पार्टी स्पिरिटलाई बलियो बनाउनु पर्दछ, उसले पार्टीको केन्द्रीकृत नेतृत्वको सम्मान गर्ने चेतनालाई माथि उठाउनु पर्दछ र यस्तो नेतृत्वलाई कमजोर बनाउने र ध्वस्त पार्ने उद्देश्यले तयार गरिएका गलत योजनाहरुलाई विफल पार्नु पर्दछ ।

(चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई, (शांघाई १९७४) फ्रान्सेली संस्करणबाट अनुदित, पुस्तकबाट)