कम्युनिष्ट अन्तर्राष्ट्रियको स्थापनाको आवश्यकताको सन्दर्भमा

प्रकाशित मिति : २०७४ माघ २२

- हस्तबहादुर केसी

संसारका मजदुरहरु एक होऔं ।” – कार्ल माक्र्स – फ्रेड्रिक एंगेल्स, कम्युनिष्ट घोषणापत्र

क्रान्तिकारी अन्र्तराष्ट्रियतावादी आन्दोलन (Revolutionary International Movement) को विघटन पछि आज कम्युनिष्टहरुको कुनै पनि अन्तर्राष्ट्रिय संगठन छैन । आजको युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्ग संघर्षको युग हो । विश्वसर्वहारावर्गका महान् नेता भ्लादिमिर लेनिनकै विश्लेषण र शब्दमा “साम्राज्यवादी युग सर्वहारावर्गले पुरा गर्ने क्रान्तिको पूर्व बेला हो ।” सर्वहारावर्गले सशस्त्र क्रान्ति गरेर मात्र साम्राज्यवाद र प्रतिक्रियावादलाई खतम गर्न सक्छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले १७० वर्ष पार गरिसकेको छ । यहानेर विश्व कम्युनिष्ट आन्दोलन र यसका ऐतिहासिक शिक्षाहरुको उल्लेख जरुरी छ ।

प्रथम अन्तर्राष्ट्रियको गठन

कार्लमाक्र्सको पहलकदमीमा सन् १८६४ मा जेनेभामा सम्पन्न प्रथम महाधिवेशनद्वारा प्रथम अन्तर्राष्ट्रियको गठन भयो । अध्यक्षमा पु्रँधो चुनिए । सन् १८६७ सेप्टेम्बरमा प्रथम अन्तर्राष्ट्रियको दोस्रो महाधिवेशन सम्पन्न भयो । १८६८ को सेप्टेम्बरमा ब्रसेल्समा प्रथम अन्तर्राष्ट्रियको तेस्रो र १८६९ सेप्टेम्बरमा ब्रसेल्समा प्रथम अन्तर्राष्ट्रियको चौथो महाधिवेशन सम्पन्न भयो । पेरिस कम्युनको हारपछि व्यापक दमन भयो । मजदुरहरू विभिन्न टुक्रामा विभक्त भए । १८७२ मा प्रथम अन्तर्राष्ट्रियको पाँचौँ महाधिवेशन हेगमा आयोजना गरियो । त्यस महाधिवेशनमाा माक्र्सवादी र बाकुनिनवादीहरूका बीचमा भीषण वैचारिक संघर्ष चल्यो, जसमा बाकुनिनवादीहरूलाई संगठनबाट हटाइयो । उनीहरूले समानान्तर संगठन खोलेर प्रथम अन्तर्राष्ट्रियमा फुट पैदा भएको प्रचार गरे । सन् १८७६ को जुनमा प्रथम अन्तर्राष्ट्रियको छैटौँ महाधिवेशन अमेरिकाको फिलाडेल्फियाम बस्यो । त्यो अन्तिम महाधिवेशन भयो र यसैले प्रथम अन्तर्राष्ट्रियको विघटन ग¥यो ।

दोस्रो अन्तर्राष्ट्रियको स्थापना

प्रतिक्रियावादी फ्रान्सको बुर्जुवा सरकारले पेरिस कम्युनलाई त्रूmरतापूर्वक दमन ग¥यो । विश्व मजदुर आन्दोलन अवरुद्ध पार्न सकेनन् । पेरिस कम्युनपछि पुँजीवाद विस्तारै साम्राज्यवादतर्पm अघि बढ्यो । साथै श्रमिक विर्गको क्रान्तिकारी मुक्ति आन्दोलन पनि विशेष अनुभवका साथ तीक्ष्णा हुँदै अगाडि बढ्यो । सम्पूर्ण पुँजीवादी देशहरूमा लाखौँ मजदुरहरू माक्र्सवादको झन्डामुनि एकजुन हुन थाले । यसै सिलसिलामा विभिन्न देशहरूमा मजदुरहरूका राजनीतिक पार्टीहरू खोलिन थाले ।

– जर्मनीमा पेरिस कम्युन पहिले सन् १८६९ मा सामाजिक जनवादी पार्टीको निर्माण भइसकेको थियो । रुसमा १८८३ मा श्रमिक मुक्ति दल, अमेरिकामा सामाजिक मजदुर पार्टी (सन् १८७६), फ्रान्समा फ्रान्सेली मजदुर पार्टी (१८७९), स्पेनमा (१८८९), अस्ट्रियमा (१८८९), स्विजरल्यान्डमा (१८८९), स्विडेनमा (१८८९) आदि मजदर वर्गीय पार्टीहरू खोलिएका थिए । मार्चा १४ १८८३ मा कार्ल माक्र्सको देहावसान भयो ।

पेरिस कम्युनको विघटनपछिको छोटै अवधिमा मजदुर आन्दोलनले पुँजीवादी देहहरूमा संगठित आन्दोलनहरू विकसित हुँदै गए । त्यही पृष्ठभूमिमा विश्वमा अन्तर्राष्ट्रियको आवश्यकता पर्दै गयो । यही आवश्यकतालाई महसुस गरी फ्रेडरिक एंगेल्सको पहलमा १४ जुलाई १८८९ पेरिसमा २० देशकाा ३९१ प्रतिनिधि भेला भई दोस्रो अन्तर्राष्ट्रियको निर्माण भयो । यसले ८ घण्टे श्रमको माग उठाउने र १ मईलाई विश्वभर अन्तराष्ट्रिय श्रम दिवसको रूपमा मनाउने निर्णय ग¥यो । यो भेलामा काउत्स्की, लिबनेख्त, बेबल, बन्र्र्सटिन, क्लारा जेटकिन प्लेखानोभजस्ता कम्युनिष्ट नेताहरू उपस्थित थिए ।

दोस्रो अन्तर्राष्ट्रियको निर्माणपछि कम्युनिस्ट पार्टीहरू अगाडि आए र पार्टीकै मातहतमा मजदुर आन्दोलनहरू संचालन भए । यस अन्तर्राष्ट्रियमा प्रुधो, लासाल, बाकुनिन र ब्लाङ्कीजस्ता अवसरवादी र सुधारवादीहरू रहेनन् । यसकारण ख्यातिप्राप्त नेताहरूको बाहुल्यता रह्यो । यो विगतको गलत प्रवृत्तिथिको विजय थियो ।

माक्र्स र एंगेल्सले दुईवटा अन्तराष्ट्रियको बीचमा सर्वहरावादी दर्शन र राजनीतिको विकासमा महत्वपूर्ण ध्यान पु¥याउनु भयो । माक्र्सले गोथा कार्यक्रमको आलोचना – १८७५ लेख्नुभयो । यो यस अवधिको महत्वपूर्ण काम थियो । त्यति नै बेला माक्र्सवादी र लासालपन्थीहरूको बीचमा गम्भीर वैचारीक संघर्ष चलेको थिथयो । गोथामा – १८७५ कायक्रमको अन्तर्वस्तुमा वर्ग समन्वयको गन्ध प्रस्टै आउँयो । ‘स्वतन्त्र सत्ता’ का अलवा यसमा सबै सामाजिक राजनीतिक असमानताको अन्त्य, उचित वितरण, समान अधिकार जस्ता विषय समावेश थिए ।
यस अवधिमा खासगरी १८७० पछि पुँजीवादले उपनिवेशवादमा विकास ग¥यो । साम्राज्यवादी देशहरूमा उपनिवेशबाट प्राप्त शोषणको सानो अंश श्रमिकहरूलाई दिएर मजदुर आन्दोलनभित्र कुलीन अर्थतन्त्रको विकास भयो । त्यतिबेला संसदीय व्यवस्थाभित्र मजदुर आन्दोलनका प्रतिनिधिहरूले सकारात्मक भूमिका खेल्न सक्ने परिस्थिति थियो । यसले गर्दा निम्न पुँजीपति वर्गका बुद्धिजीवीहरू राजनीतिमा प्रेरित हुन्थे । यस्तो वस्तुगत परिस्थितिमा श्रमिक आन्दोलनभित्र टे«ड युनियन वा अर्थवाद विकास भयो । यसले सामाजिक प्रजातान्त्रिक पार्टीहरूभित्र दक्षिणपन्थी अवसरवादले मौलाउने मौका पायो । सन् १८९१ अगस्टमा ब्रसेल्समा दोस्रो अन्तर्राष्ट्रियको दोस्रो अधिवेशन सम्पन्न भयो । यसले ८ घण्टे श्रमको माग पुनः उठाउने निर्णय ग¥यो ।

साम्राज्यवादको विकासले शोषणको निम्ति संसारको पुनर्विभाजन गर्न अन्तर साम्राज्यवादी अन्तर्विरोध चर्काइहेको बेला विश्वयुद्ध अवश्यम्भावी थियो । यसकारण दोस्रो अन्तर्राष्ट्रियको दोस्रो अधिवेशन विश्वयुद्धको योजनाबद्ध ढंगले विरोध गर्ने निर्णय पनि ग¥यो ।
सन् १८९३ मा जुरिचमा दोस्रो अन्तर्राष्ट्रियको तेस्रो अधिवेशन भयो । सन् १८९५ अगस्ट ६ मा एंगेल्सको मृत्यु भयो ।

सन् १८९६ अगस्टमा लण्डडनमा चौथौ अधिवेशन बस्यो । यसमा २० देशका ७७६ प्रतिनिधि सहित पोल्याण्डकी रोजाको समेत सहभागिता थियोे र उद्घाटन कार्यक्रममा १ लाख मजदुर उपस्थित थिए । दोस्रो अन्तर्राष्ट्रियको यो अधिवेशनले ‘उत्पादन र स्वामित्वको पुँजीवादी प्रणालीलाई समाजवादमा रूपान्तरण’ भन्ने मूर्त उद्देश्य तय गर्दै यसका लागि सदस्य पार्टीहरूले संघर्ष अघि बढाउने निर्णय ग¥यो ।
सन् १९०० सेप्टेम्बरमा पेरिसमा दोस्रो अन्तर्राष्ट्रियको ५ औँ महाअधिवेशन आयोजना भयो । यसमा दक्षिणपन्थी प्रभाव बढेको देखाप¥यो । अलेक्जान्द मिलेराँ (१८५९–१९४३) को फ्रेञ्च प्रक्रियावादी सरकारमा प्रवेशको विषय मुख्य मुद्दा बन्यो । यसमा ३ धारा देखिए । वाम धारका फ्रान्सका गेडेसे र जर्मनीकी रोजाले यो सैद्धान्तिक हिसाबले गलत भएको भनी विरोध गरे । दक्षिण धारमा फ्रान्सका नौरसले सो सही र समाजवादको विजय भने । मध्य धारमा जर्मनीको मुख्यतः कार्ल काउत्स्कीले यो कार्यनीतिक प्रश्न हुनाले सम्बन्धित पार्टीले नै यसको निर्णय लिनुपर्छ भने । मध्य धाराको सहयोगबाट दक्षिणपन्थी धारा बहुमतमा देखिए ।

सन् १९०७ अगस्टमा आम्स्ड्र्याममा दोस्रो अन्तर्राष्ट्रियको छैठौँ अधिवेशन सम्पन्न भयो । यसमा बर्नस्र्टिनको संसोधनवादमाथि चर्काे बहस र मतदान भयो । क्रान्तिको पक्षमा २८८ र संसोधनवादको पक्षमा जम्मा ११ मत प¥यो तर माक्र्सवादको जीत अल्पजीवी बन्यो ।
सन् १९०७ अगस्टमा स्टुटगार्डमा २५ देशका ८८६ प्रतिनिधिको सहभागिता सातौँ अधिवेशन सम्पन्न भयो । यसमा लेनिनको पनि सहभागिता रहेको थियो । यो अधिवेशनमा दोस्रो अधिवेशनको निर्णयलाई गम्भीरतापूर्वक लियो । लेनिनले, ‘‘पहिला विश्व युद्ध रोक्न प्रयत्न गरौँ र सुरु भइहाले त्यसलाई सर्वहारा क्रान्तिमा बदल्ने नीति अघि सार्नुभयो ।’’ तर आपूmलाई दिग्गज ठान्ने नेताहरूले फुच्चे लेनिनको तर्कलाई हल्का ढङ्गले लिए ।

सन् १९१० अगस्ट–सेप्टेम्बरमा कोपनहेगनमा दो. अको ८ औँ महाधिवेशन भयो । यसमा अवसरवादी र बोल्सेभिकहरूको बीचमा भीषण बहस र विवाद भयो । बहुमतले पुनः युद्ध विरोधी प्रस्ताव पारित ग¥यो । यसमा समाजवादीहरूले संसदमा युद्धकर्जा विरुद्ध मत दिने निर्णय समेत ग¥यो ।

सन् १९१२ को वाल्कज युद्धको समयमा दो.अको ९ औँ साधारण महाधिवेशन नोभेम्बर १९१२ मा बेसलेमा बस्यो । एक मतले विश्वयुद्धकभो नीतिको विरोधमा र यदि युद्ध सुरु भएमा सबै मुलुकका मजजुर र टे«ड युनियनहरूले युद्धको विरोध गर्ने निर्णय भयो तर यो निर्णय विश्वयुद्ध सुरु भएपछि देखावटी मात्र भयो ।

सन् १९१४ मा विश्वयुद्ध सुरु भयो । बेसले अधिवेशनको नीतिमा अडिक रहनुको सट्टा जर्मनीको सामाजिक प्रजातन्त्रवादी पार्टीले सरकारको युद्ध बजेटलाई अनुमोदन ग¥यो । यो सर्वहारा वर्गको स्वार्थमाथि गम्भीर विश्वासघात थियो । दोस्रो अन्तर्राष्ट्रियका शक्तिशाली पार्टीहरूभित्र दक्षिणपन्थी र मध्यपन्थीको बोलवाला बढ्दै गयो । विश्वयुद्धसँगै अन्तर्राष्ट्रियका नेताहरू सर्वहारा वर्गहरूप्रति विश्वासघात गरेर पुँजीपति वर्गको नोकरमा बदलिए । यसरी १९१५ दोस्रो अन्तराष्ट्रिय पतन भयो तर रुसको बोल्सेविक पार्टी मात्र विश्वसर्वहारा अन्तर्राष्ट्रियवादप्रति दृढ देखियो । लेनिनको व्यक्तित्व स्थापित भइनसकेकोले उहाँको ठीक अडानको बाबजुद मजदुर आन्दोलनमा प्रभाव पार्न सक्नु भएन । यसैको सेरोफेरोमा लेनिनले साम्राज्यवादको कार्यप्रणालीको विश्लेषण गर्नुभयो र यो निष्कर्ष निकाल्नु भयो कि ‘साम्राज्यवाद पुँजीवादको मरणासन्न चरण हो ।’

विश्वयुद्धले आन्दोलनलाई दुई खेमामा विभाजन ग¥यो । एउटा पितृभूमि रक्षाको लागि बुर्जुवा वर्गलाई साथ दिने र अर्काे समाजवादी क्रान्तिका लागी बुर्जुवाहरूसँग लड्ने । लेनिनले आङ्खनो क्रान्तिकारी नीतिअनुसार युद्ध विरोधी कार्यनीतिको घोषणा गर्नुभयो ।
लेनिनको कार्यदिशाको आधारमा रुसमा जनताले विद्रोह सुरु गरे । १९१७ मार्चमा रुसमा बुर्जुवा क्रान्ति सफल भयो । मेन्सेविकहरू सरकारमा गए । जताततै द्वैध सत्ता कायम भयो । जनताहरू समाजवादमा जान तयार थिए ।

१९१७ अप्रिलमा लेनिनले अप्रिल थेसिस लेखेर जनतालाई वुुर्जुवा गणतन्त्रको ठाउँमा समाजवादी गणतन्त्रमा जानको निम्ति विद्रोहको आह्वान गर्नुभयो । तर पार्टीमा उहाँ अल्पमतमा पनुभयो र राजिनामा दिनुपर्ने अवस्था आयो । पछि त्यो थेसिस पारित भयो ।
जब बोल्सेविकहरूले संघर्षलाई चर्काए, नयाँ सरकारले सशस्त्र दमन सुरु ग¥यो । पेट्रोग्राडमा भएको भूमिगत अधिवेशनले हतियार उठाएर विद्रोहमा जाने निर्णय ग¥यो । त्यतिबेला लेनिन ‘राज्य र क्रान्ति’ भन्ने पुस्तक लेख्नुभयो, जसले माक्र्सवादलाई थप समृद्ध बनायो ।
जब लेनिनले विद्रोहको योजनालाई ठोस रूपमा राख्नुभयो । केही नेताहरूले असामयिक भनेर जोडदार विरोध गरे । यतिसम्म भयो कि विद्रोहको योजना नै दुश्मनकोमा पुग्यो । तर परिस्थितिलाई ठिक ढंगले परिचालन गरेर समाजवादीहरूले नोभेम्बर ७, १९१७ मा सत्ता कब्जा गरे । यसपछि (७आँै महाधिवेशन) ६ मार्च १९१८, मा पार्टीको नाम रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) राखियो ।

तेस्रो अन्तर्राष्ट्रियको स्थापना

रुसको अक्टोबर क्रान्तिपछि १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । यसको प्रभावले अल्वानिया, हंगेरी, चेकोस्लाभाकिया, पोल्याण्ड, युगोस्लाभिया (१९२९) मा क्रान्ति भयो । सन् १९१८ सम्म आउँदा अष्ट्रिया, हंगेरी, पोल्याण्ड, जर्मनी, लाटविया, लिथुनिया, इस्टोनिया, अर्जेन्टिना आदि देशहरूमा कम्युनिष्ट पार्टीहरू स्थापना भइसकेका थिए ।
दोस्रो विश्वयुद्धमा साम्राज्यवादी युद्धको विरुद्धमा र समाजवादप्रति बफादार अन्तराष्ट्रियवादीहरूको जगमा तेस्रो अन्तर्राष्ट्रियको स्थापनाको वस्तुगत आधार र आवश्यकता बन्यो । लेनिनको पहलमा ३० जनवरी १९१८ मा तयारी बैठक पेट्रोगार्डमा बस्यो । तयारीको अन्तिम बैठक ३ जनवरी १९१९ मा मस्कोमा बस्यो । यो बैठकले ३९ भाइचारा पार्टी, संगठन र समूहलाई पत्राचार ग¥यो ।
सन् १९१९ मार्च ४ मा क्रेमलिनमा अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलन सुरु भई ९ मार्चसम्म चल्यो । यसमा २१ देशका ३५ संगठन उपस्थित थिए । यो सम्मेलन अन्धराष्ट्रवादीको धोखेवाज नीतिको निन्दा, मध्यपन्थी नेताहरूको भण्डाफोर र तिनीहरूसँग सम्बन्धबिच्छेद ग¥यो । १९१९ मे मा यसले ‘कम्युनिस्ट अन्तराष्ट्रिय’ नामक पत्रिका प्रकाशन ग¥यो । १९१९ जुलाइमा महिला मजदुर अन्तराष्ट्रिय, नोभेम्बरमा युवा कम्युनिस्ट अन्तर्राष्ट्रिय र १९२० मा ट्रेड युनियनको अन्तर्राष्ट्रिय परिषद् गठन ग¥यो ।

सन् १९२० जुलाइ १९ मा पेट्रोगार्डमा तेस्रो अन्तर्राष्ट्रिय दोस्रो महाधिवेशन आयोजन भयो र ७ अगस्टसम्म चल्यो । यसलाई कम्युनिस्ट अन्तर्राष्ट्रिय (कोमिन्र्टन) भनियो । यो अधिवेशनले आङ्खनो विधान बनायो । विधानमा जनवादी केन्द्रियताको अवधारणा र कम्युनिस्ट आन्दोलनमा प्रवेश पाउनको लागि आवश्यक २१ सर्तहरू तोक्यो । कम्युनिस्टहरूले पुँजीवादी संसदमा भाग लिने कि नलिने भन्ने प्रश्नमा बहस हँुदा कार्यनीतिक ढंगले भाग लिने पक्षमा निर्णय ग¥यो ।

सन् १९२४ जनवरी २३ मा लेनिनको मृत्यु भयो । त्यसपछि लेनिनको उत्तराधिकारी जे.बी. स्टालिनले कार्यभार सम्हाल्नुभयो ।
१९३९ को सेप्टेम्बर १ मा हिटलरले पोल्याण्डमा आक्रमण गरेर दोस्रो विश्व युद्धको सुरु ग¥यो । कमिन्टर्नको ७औँ महाधिवेशनको निर्णय अनुसार फासीवादलाई पराजित गर्दै जाने क्रममा एउटा मात्र केन्द्रबाट फासीवाद विरोधी काममा गति आउन नसक्ने निर्णय ग¥यो ।
अमेरिका, बेलायत र रुसको बीचमा फासीवाद विरोधी मार्चा बन्यो । यसको निर्णय ७ औँ कमिन्टर्नको निर्देशिका भने अहिलेसम्म विश्व कम्युनिस्ट आन्दोलनमा विावदका विषय बनेका छन् । कतिपय पार्टीको यो मत छ कि फासीवाद मोर्चा निर्माणको प्रक्रियाले ती देशको कम्युनिस्टहरूलाई आङ्खनो देशका शासकविरुद्ध क्रान्तिलाई अगाडि बढाउन अवरोध पुग्यो । सन् १९४३ जुलाई १० का दिन कोमिटनटर्न (तेस्रो अन्तर्राष्ट्रिय) को विघटन गरियो ।

विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्ट अन्तराष्ट्रिय इतिहास पनि समृद्धशाली छ । ती अन्तराष्ट्रियहरुको बारेमा यहाँ चर्चा गर्न आवश्यक छ । सन् १९४७ मा स्टालिनले कोभी फर्मको स्थापना गर्नु भयो । तर चिनले यसलाई स्वीकार गरेन । त्यो अगाडि बढ्न सकेन ।
सन् १९५३ मा स्टालिनको मृत्यु भयो । सन् १९५६ मा सोभियत संघको कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन भयो । खु्रश्चोभद्वारा आधुनिक संशोधनवादको जन्म भयो । क. माओले तुरुन्तै खु्रश्चोभको त्यस कदमको विरोध गर्नु भयो र विश्व कम्युनिष्ट आन्दोलन भित्र महान् बहस चलाउनु भयो । सन्् १९५६ मा चिनीया कम्युनिष्ट पार्टीले असौं महाधिवेशनको आयोजना ग¥यो । त्यसमा ल्यू साओ चिद्वारा प्रतिक्रान्तिको विजारोपन गरियो ।

सन् १९६६ देखि सन् १९७६ सम्म माओत्सेतुङको नेतृत्वमा महान् सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरियो । सन् १९६९ मा नवौं र सन् १९७३ मा चिनीया कम्युनिष्ट पार्टीलाई आफ्ना महाधिवेशनहरु सम्पन्न गरेको थियो । ती दुवै महाधिवेशनले माओको नेतृत्वमा संचालित महान् सर्वहारा क्रान्तिलाई अनुमोदन गरेको थियो ।

सन् १९७६ सेप्टेम्बर ९ का दिन माओत्सेतुङको निधन भयो । त्यस ठिक एक महिना पछि चीनमा प्रतिक्रान्ति भयो । चीनमा भएको क्रान्तिले विश्वकम्युनिष्ट आन्दोलनमा ठूलो नकारात्मक प्रभाव पा¥यो । सन् १९८० मा विश्वभर छरिएर रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय भेला सम्पन्न भयो । सन् १९८४ मा त्यसले क्रान्तिकारी अन्तराष्ट्रिय आन्दोलन (RIM) को गठन ग¥यो । रिम (RIM) ले माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त बनायो । हाल आएर रिमको पनि विघटन भइसकेको छ ।

कक आज विश्वमा एकारित साम्राज्यवादको अर्ध तथा नवऔपनिवेशिक प्रभुत्व तथा नवउदारवादी निजीकरण एवम् केन्द्रीकरण तीव्र रुपमा बढ्दै गएको छ भने अर्कोतिर वित्तीय पुँजीवादको सङ्कट पनि झनै गहिरिदै छ । यस स्थितिमा अहिले विश्वमा श्रम र पुँजी, साम्राज्यवादी शक्तिहरुका बिचको आपसी अन्तर्विरोध र साम्राज्यवाद तथा उत्पीडित राष्ट्रहरुका बिचको अन्तर्विरोध आ–आफ्नो ढङ्ग र गतिमा विकसित हुँदै गएका छन् । तर पनि अहिले साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुका बिचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध कायमै रहन गएको छ ।

यो बेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा छ । तात्कालिक एनेकपा (माओवादी) दक्षिणपन्थी नवसंशोधनवादी भासमा फँस्नु, अमेरिकाको आरसीपीमा गम्भीर दक्षिणपन्थी विचलन पैदा हुनु र बाँकी रहेका कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुबाट पनि आवश्यक पहल हुन नसक्नुको कारण अहिले क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (RIM)विघटित बन्न पुगेको छ ।

सन् २०१७ अक्टुबर २५ (रुसी नयाँ पात्रानुसार सन् २०१७ नोभेम्बर ७) का महान रुसी अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेको छ । महान् अक्टुबर क्रान्तिले १०० वर्ष पुरा गरेको अवसरमा रुसका क्रान्तिकारी धारका कम्युनिष्ट पार्टीहरुले रुसकै ऐतिहासिक शहर लेनिनग्रादमा अक्टुबर सतवार्षिकि उत्सव मनाउन सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरेका थिए । त्यस अवसरमा संसारभर छरिएर रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई निमन्त्रणा गरेका थिए । त्यस ऐतिहासिक महान् अक्टुबर क्रान्ति सतवार्षिकी उत्सव समारोह र विविध कार्यक्रममा भाग लिन म पनि रुसको राजधानी मस्को हुँदै लेनिनग्राद पुगेको थिएँ । त्यहाँ हामी संसारभरका करीब ९५ देशका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरु उपस्थित भएका थियौं ।

त्यस ऐतिहासिक अक्टुबर सतवार्षिकी उत्सव समारोहमा भेला भएका हामी सबैले एउटै स्वरमा “लेनिनका योगदानहरु सार्वभौम छन्, यी योगदानहरुलाई रुसमा मात्र सिमित नराखेर विश्वभर फैलाउनु पर्छ र लेनिनका सार्वभौम योगदानहरुको रक्षा, प्रयोग र विकास गर्नु पर्दछ” भन्ने “आवाज उठाएका थियौ । र आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । विश्व क्रान्तिको संभावता प्रबल छ । विश्वभरका क्रान्तिकारीहरु एकजुट हुन अति जरुरी छ । र, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको सहभागितामा एउटा सशक्त क्रान्तिकारी कम्युनिष्ट अन्तर्राष्ट्रियको निर्माण गर्न आवश्यक छ” भन्ने आवाज उठाएका थियौं । र सबै सहभागीहरुले कम्युनिष्ट अन्तराष्ट्रियको निर्माणको आवश्यकतामा जोड दिएका थिए । सन् २०१७ नोभेम्बर ७ का दिन लेनिनग्रादमा निकालिएको विशाल जुलुस प्रदर्शनमा पनि यी आवाजहरु बुलन्छ गरिएका थिए ।

यस स्थितिमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका अन्य पार्टी तथा सङ्गठनद्वारा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले सङ्गठित गर्नका लागि आवश्यक पहल हुँदै आएको छ । यस अतिरिक्त संसार भरका कम्युनिष्ट क्रान्तिकारीहरुले अन्तर्राष्ट्रियको स्थापनाको निम्ति आवश्यक वातावरण निर्माण गर्न ढिलाई गर्नु हुँदैन ।