श्रम

प्रकाशित मिति : २०७४ माघ २१

- इश्वर ढुंगेल

के

हो श्रम ?

कुनै पनि वस्तु र विषयको परिभाषामा अलमलिनु हुदैन त्यसको व्याख्या गर्नुपर्छ । श्रमलाई नेपाली बृहत शब्दकोशले ”कुनै वस्तुको उत्पादन तथा निर्माण वा जीवन निर्वाहका निम्ति शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम ।“ लाई अथ्र्याएको छ । श्रम भन्नासाथ त्यो उत्पादनसँग जोडिन्छ चाहे त्यो शारीरिक होस वा मानसिक । तर माक्र्सवादी राजनीतिक अर्थशास्त्रले “जुन श्रमबाट उपयोग मूल्य सिर्र्जना हुन्छ , त्यसको महत्व गुणात्मक हुन्छ जसलाई धयचप आनो काम भनिन्छ जुन बिदयगच ज्यालादारी श्रमभन्दा भिन्न हुन्छ । जुन श्रमबाट मूल्य सिर्जना हुन्छ , त्यसको महत्व परिमाणात्मक हुन्छ जसलाई बिदयगच ज्यालादारी श्रम भनिन्छ जुन धयचप आफ्नो कामभन्दा फरक हुन्छ । यसकारण उपयोगी श्रम र ज्यालादारी श्रम फरक हो । अर्को प्रसङ्गमा दुई किसिमबाट हेरिन्छ । मानसिक र शारीरिक श्रम । शारीरिक श्रमलाई पनि दुई भागमा बाडिएको छ । सिपको काम गर्ने र शारीरिक काम गर्ने । सिप नहुनेले सबैभन्दा गाह्रो काम गर्दछ र सबैभन्दा कम ज्याला पाउँछ ।

श्रम प्रक्रियाको प्राथमिक तत्वहरु

श्रम प्रक्रियाको लागि सबैभन्दा पहिले मानिसको क्रियाशीलता अर्थात् आपैm काम गर्न तत्परता दोस्रो श्रमको वस्तु र तेस्रो श्रमको साधन अर्थात् औजार । मानिसले उपयोग गर्ने असंख्य वस्तु प्रकृतिमा तयार छ । हावा र प्रकाश बाहेक सबै वस्तुहरुको उपयोग गर्न श्रम अनिवार्य हुन्छ जुनव्यक्ति स्वयम्ले गर्नुपर्छ । यसको अर्थ श्रमबिना मानिस जीवित रहन सक्दैन । हावा र प्रकाश पनि खास उद्देश्यको लागि प्रयोग गर्न श्रम लगाउन अनिवार्य हुन्छ । अर्को शब्दमा भन्दा हाम्रो उपयोगको लागि प्रकृतिमा वस्तुहरु प्रशस्त छन् तर त्यसको लागि हाम्रो आफनै श्रम ती वस्तुहरुमा लगाएर त्यसलाई उपयोगको लागि तयार गर्ने काम श्रम प्रक्रिया हो । त्यो श्रम प्रक्रियामा प्रयोग हुने आफनो श्रम, तयार गर्ने वस्तु र तयार गर्न प्रयोग गर्ने औजारहरु श्रम प्रक्रियाको प्राथमिक तत्वहरु ह्ुन् ।

आङ्गिक विकासमा श्रम

श्रम मानव जीवनको अपरिहार्य (नभइनहुने) गति हो । “हात श्रमेन्द्रीय मात्र होइन त्यो श्रमको उपज पनि हो ।”(मा. ए. स. र. ३ ः १ ः ७९) मा एङ्गेल्स लेख्दन् । बादरबाट मानिस बन्ने क्रममा पुनर्उत्पादन गरिरहेका मानिसहरुले आनो कामको अनुभव तथा समस्यालाई व्यक्त गर्ने क्रममा उनीहरुको वाक प्रेरणा उत्पन्न गर्ने निरतर प्रयासले ओठ, दा“त, जिभ्रो, तालु तथा कण्ठमा स्वर तन्त्रिकाको विकास भयो । जसका कारणले फरक फरक आवाज निकाल्न मात्र होइन फरक फरक सुन्ने र बुझ्ने कोष, तन्तु तथा स्नायुको विकास भयो र मानिस आफ्नो कुरा भन्न र अरुको कुरा सुन्नको साथै बुझाउन र बुझ्न सक्षम भयो । श्रम र इच्छाशक्तिले मानिसहरुको आङ्गिक संरचनाको निर्माण मात्र होइन त्यसको विकास र विविधता समेत बढ्दै गएको छ ।

यसको ज्वलन्त उदाहरणको रुपमा हाम्रो परिवेशसँग हामीले गरेको अन्योनक्रिया भन्दा हाम्रो नाति नातिनीले उनीहरुको परिवेशसँग गरिरहेको अन्योनक्रिया सधन, विविध र परिष्कृत देखिन्नछ । पुस्तान्तरमा हुने चेतनाको विविधता र विशिष्टता श्रमको उत्तरदान अर्थात् प्रतिफल हो ।

बौद्धिक विकासमा श्रम

मानिसहरुले अहिलेसम्म प्राप्त गरेको सबै ज्ञान ऐतिहासिक क्रियाकलापको देन हो । अगाडिका पुस्ताहरुले आफ्ना आवश्यकताहरुको पूर्तिका लागि गरेका विविध क्रियाकलापबाट प्राप्त ज्ञान, सिप र औजार तथा यन्त्रहरुबाट हामी आफ्नो आवश्यकता पूरा गर्न प्रयत्नशील हुन्छौं । हाम्रो प्रयत्न त्यसबाट अझ बढी आवश्यकता पूरा गर्ने, त्यसको गुण, क्षमता बृद्धि र त्यसमा विविधता थप गरी अझ बढी उपयोगी बनाई आफ्नो कामहरुलाई अझ सरल बनाउँछौं । ओरालोमा पानी बगेको, खाल्टोमा पानी जमेको देखेर पानी राख्ने भाडामा बिट बनाइएको हो । थालमा पानी बोकेर हिड्दा हल्लिएर पोखिने भएकाले बाल्टिन बनाएको हो त्यो पनि लड्यो भने सबै पानी पोखिने भएकोले गाग्री बनाएको हो । गोलो वस्तु गुडेको देखेर कुनै गह्रौं वस्तु ओसार पसार गर्दा गोलो वस्तु माथि राखेर गुडाउ“दा सजिलो र समयको पनि बचत हुने थाहा भयो । यस ज्ञानले गाडा, रथ जस्ता साधनहरु निर्माण गरे ।

ग्राहम बेल घर बनिरहेको स्थानमा खेलिरहेका थिए । उनी तल्लो तलामा आए त्यो कोठामा काम भएको थिएन यो आवाज कहाँबाट आयो भनी खोजी गरे पछि पत्ता लाग्यो कि काम भइरहेको कोठाबाट त्यो कोठासम्म एउटा डोरी आएको रहेछ । त्यसको परीक्षणबाट पत्ता लाग्यो कि सुत्रबाट आवाज दौडदो रहेछ भन्ने थाहा भए पछि टेलीफोनको अविष्कार भएको हो । भात पकाउँदा कसौंडिको बिर्को उचालेको देखेर त्यही ज्ञानको आधारमा बाफबाट चल्ने यन्त्र बनाए । पानीभन्दा बढी बाफ फाल्न सक्ने पेट्रोलियम पदार्थ प्राप्त भए पछि मोटरको आविष्कार भयो । साइकल, मोटर र प्रेसको बिक्रेता र वर्कसप चलाउने राइट दाजुभाइले हवाइजहाज बनाए । पदार्थहरु तताउ“दा फैलिने र चिस्याउ“दा खुम्चिने तथा कतिपय वस्तु तताउँदा विष्फोट हुने अथवा अत्यधिक हावा फाल्ने हुदा त्यस्ता वस्तुहरुको सहायताले शिकार खेल्ने, माछा मार्नेमात्र नभई पहाड फोर्ने समेत कामगर्न थाले । त्यसैको विकसित रुप रकेट प्रविधि हो । वस्तुहरुको बिचमा हुने घर्षणले ताप तथा विद्युत शक्ति उत्पन्न हुने ज्ञान प्राप्त भए पछि मेसिनलाई सस्तो ऊर्जा प्राप्त भयो । त्यही मेसिनमा काम गर्ने मानिसको गल्तीले उल्टोपाल्टो पारे पछि एकातिर घुमिरहेको मेसिन अर्कोतिर घुम्न थाल्यो पछि किन यस्तो भयो भन्ने खोजी भए पछि फेज उल्टोपाल्टो भयो भने मेसिन पनि उल्टो घ’म्दो रहेछ भन्ने थाहा भयो । ऊर्जाको संरक्षण र रुपान्तरणको नियम पत्ता लागे पछि यस ज्ञानबाट साना खालका यन्त्र तथा उपकरणहरु बनाउने सफलता मिल्यो । यसबाट मानिसहरुलाई धेरै सुविधा प्राप्त भयो । बस्तुमा गति हुन्छ त्यही गतिका कारण वस्तु शक्तिमा रुपान्तरण हुन्छ नियम अलबर्ट आइन्टाइनले पत्ता लगाए । ताप र शक्ति निरन्तर एक एकवटा गरेर बग्ने होइन यो त पोकाको रुपमा बग्दछ भन्ने तथ्य धेरै वैज्ञानिकहरुको अनुसन्धान पछि पत्ता लाग्यो । यस नियमको पत्ता लागे पछि सञ्चार, उद्योग तथा अन्य क्षेत्रमा पनि उत्पादन डिजिटल पद्धतिबाट सञ्चालन गर्ने काम द्रुत गतिमा विकास भइरहेको छ । माथिका विभिन्न उदाहरणबाट मानिसले उत्पादनका लागि गरेका विविध क्रियाकलापले नबिन ज्ञान उदय हुदै जान्छ भन्ने तथ्य प्रमाणित हुन्छ ।

व्यवस्थापन सम्बन्धी ज्ञानमा श्रम

मनिसहरुले उत्पादनकै क्रममा उत्पादक शक्तिहरुको बिचको पारस्परिक सम्बन्ध र उत्पादन सम्बन्धबिचको अन्योनक्रियाबाट नै व्यवस्थापन सम्बन्धी ज्ञानको विकास हुन्छ । जस्तो श्रमिकहरुलाई ज्याला कति दिने भन्ने कुरा पनि उक्त श्रमिकले आफ्नो निर्वाहको लागि कति खर्च गर्दछ, उसको सिप र समयले उत्पादनमा कति सहयोग पु¥याउँछ, त्यसको आधारमा उसको जीवन निर्वाहको लागि मात्र पुग्ने ज्याला दिइन्छ । उत्पादनको व्यवस्थापनमा पनि सिप भएका श्रमिकहरु नै व्यवस्थापन सम्बन्धी ज्ञानको स्रोत हुन् । धर्मले मानिसलाई लालची र भ्रष्ट बनाउँछ । आफ्नो मातहतमा काम गर्ने श्रमिकहरुको काम गर्ने क्षमता, चेतना र उसको व्यवहार तथा आर्थिक अवस्थाको बारेमा राम्रो ज्ञान हुन्छ । सुपरभाइजरहरु पनि आफ्नो व्यवहार, ज्ञानको स्रोत र चेतनाको स्तर अनुसार आफ्ना मातहतका कामदारहरुलाई कसरी काम लगाउने र उनीहरुसँग बढी काम लिई माथिल्लो अधिकारी वा कम्पनी वा संस्थाको लगानीकर्ता तथा व्यवस्थापन पक्षलाई रिझाई आफ्नो स्वार्थसिद्ध गर्ने उद्देश्यले काम गरिरहेका हुन्छन् । त्यसको अर्को पाटोमा राम्रो काम गरेर कामदारहरुको हकहितलाई सुरक्षित गर्दै, उनीहरुको जीवनस्तर उकास्नको लागि के के गर्न सकिन्छ भन्ने कुरा पनि आफ्ना मजदुर नेता तथा असल अधिकारीहरुलाई जानकारी गराउँदै उनीहरुको जीवनस्तर उकास्न प्रयत्नशील रहन्छन् । यी नै ज्ञानको स्रोतको उपयोग गर्दै, माथिल्ला अधिकारी तथा नेताहरुले सिद्धान्त निर्माण गर्दछन् । यसकारण ज्ञानको स्रोत भनेको प्रत्यक्षरुपमा उत्पादनमा संलग्ग्न व्यक्तिहरु श्रम नै हो ।

निस्कर्षमा, चाहे त्यो यन्त्र तथा उपकरणको निमार्ण होस्, व्यवस्थापन पक्षको होस् वा राजनीतिक अधिकार तथा आर्थिक उन्नतीको कुरा होस् त्यसको ज्ञानको स्रोत भनेको उत्पानमा सक्रिय सहाभागी भएका मानिसहरुको अनुभव, सिप र सिर्जनात्मकता र विषय वस्तुलाई जस्ताको त्यस्तै रुपमा हेर्ने र बुझ्ने दृष्टिकोणको उपज हो, आजसम्मका मानिसहरुको बौद्धिक र भौतिक उन्न्नती ।