होण्डाको एक्सआर १९० एल बाइक नेपाली बजारमा

प्रकाशित मिति : २०७४ माघ २१

काठमाडौं, २१ माघ । होण्डाको नयाँ एक्सआर १९० एल बाईक नेपाली बजारमा सार्वजनिक भएको छ । नेपाली बजारमा ५ लाख ७० हजार रुपैंया मुल्य रहेको उक्त बाइक होण्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले आज एक कार्यक्रमबिच सार्वजनिक गरेको हो ।
नेपालमा राम्रो बिक्रि भएको एक्सआर १५० एलको नयाँ रेन्जको रुपमा उक्त बाइक रहेको कम्पनीले बताएको छ । फ्युल इनजेक्सन रहेको उक्त बाइक नेपालको अफ रोड मोटरसाइकल रहेको कम्पनीले दाबी गरेको छ । यो बाइकमा ब्याकआप किक स्टार्टका साथ रहेको कम्पनीले जानाकारी दिएको छ ।

१ सय २३ केजि तौल रहेको बाइक चलाउन निकै सहज रहेको कम्पनीले जानाकारी दिएको छ । जसको पिकअप पनि निकै राम्रो रहेको छ । फ्यूल इण्डिकेटरका साथ १२ लिटर फ्यूल ट्याक रहेको यसमा लामो यात्रामा इन्धन अभाव को डर समेत नहुने देखिन्छ ।

हाइ ग्राउण्ड क्लेरेन्स भएता पनि यस बाइकको सिट भनेसबै उचाइका चालकहरुका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । स्पोक्ड रिम, लामो ट्राभल सस्पेन्सन र विश्वासिलो एयर कुल्ड इन्जिनले यस बाइकलाई संभवत उत्कृष्ट आफरोड बाइक बनाएको कम्पनीले जानाकारी दिएको हो ।