वैज्ञानिक समाजवाद र चौथो औद्योगिक क्रान्तिः एक बहस

प्रकाशित मिति : २०७४ माघ २०

- बसन्त

सामान्यतः ७०को दशकको उत्तराद्र्धतिर चीनमा पुँजीवादको पुनस्र्थापना भएपछि र विशेषतः ९०को दशकको पूर्वाद्र्धमा रुसी सामाजिक साम्राज्यवादको विघटन भएपछि साम्राज्यवादका पक्षधरहरुले माक्र्सवाद असफल भएको, समाजवादको भविष्य समाप्त भएको र पुँजीवाद निर्विकल्प बन्न गएको भन्ने कोकोहोलो मच्चाउंदै आएका छन् । रुस तथा चीनमा भएको प्रतिक्रान्ति पछि विश्वमा कहीं पनि सर्बहारा क्रान्ति सफल नभएको र पेरु तथा नेपालमा चलेका जनयुद्धहरुले पनि अन्ततः गंभीर धक्का खाएको स्थितिमा यो विषयले केही मान्छेहरुलाई निकै निरास बनाएको छ । आफुलाई अब्बल दर्जाका कम्युनिस्ट ठान्ने “ठूला नेताहरुलाई” पनि प्रतिक्रान्तिको यो हावाले बढारिरहेको छ र एकपछि अर्को गर्दै तिनले पुँजीवादी संसदीय व्यवस्थामा टाउको घुसारेर आफ्नो राजनीतिक भविष्यको “सुरक्षा” खोजिरहेका छन् । फेरि अर्कोतिर, बारंबारको आर्थिक संकटको पृष्ठभूमीमा कतिपय बुर्जुवा अर्थशास्त्रीहरुले समेत नवउदारवादको अन्त भयो, आजभोली पुँजीवाद असफल भयो र यसको पतन सन्निकट छ भन्न थालेका छन् । यसले यतिबेला विश्व राजनीतिक मञ्चमा पुँजीवाद निर्विकल्प बनेको हो वा पुँजीवादको खरानीमा समाजवाद अवश्यंभावी बनेको हो भन्ने दुईवटा गंभीर प्रश्नलाई अगाडि तेस्र्याइदिएको छ । यो छोटो लेख यही विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।

वैज्ञानिक समाजवाद र पुँजीवादका बीचको संघर्षमा यतिबेला समाजवाद रक्षात्मक अवस्थाबाट गुज्रीरहेको छ । साथै, पुँजीवाद पनि समस्याबाट मूक्त छैन । यस बीचमा पुँजीवादमा पनि थुप्रै गंभीर आर्थिक तथा राजनीतिक संकटहरु देखापरेका छन् । पुँजीवादी उत्पादन सम्बन्धलाई कायमै राखी आर्थिक मोडेलमा केही आंशिक फेरवदल गरेर पुँजीवादले आजसम्म ती संकटहरु टार्ने कोशिस गर्दै आएको छ । दोस्रो विश्वयुद्ध पश्चात् विश्वमा समाजवाद आक्रामक स्थितिमा रहेको बेला साम्राज्यवादीहरुले अल्पविकशित मुलुकमाथि प्रत्यक्ष पहिलेको औपनिवेशिक शोषणको साटो नव–औपनिवेशिक शोषणको तरिका अपनाउन पुगे । त्यसले वैज्ञानिक समाजवादका कतिपय जनपक्षीय आर्थिक कार्यक्रमलाई मिलाएर मिश्रित अर्थतन्त्रको केनेसियन मोडल तयार पा¥यो । पुँजीपतिहरु छोटो समयका लागि यो मोडेल मार्फत केही भ्रम छर्न सफल पनि भए । तर, त्यसले पनि अन्ततः पुँजीवादी अर्थतन्त्रमा बारंवार आईलाग्ने संकटलाई सधैंका लागि टार्न सकेन । ७०को दशकको उत्तरार्ध तिर पुँजीवाद पुनः गंभीर संकटमा फस्न गयो ।

उक्त संकट समाधानको उपायका रुपमा ९०को दशकको सुरुतिर अमेरिकी तथा वेलायती शासकहरुको नेतृत्वमा साम्राज्यवादीहरुले वाशिङ्गटन सहमती गरेर नवउदारवादी आर्थिक नीति अपनाए । साम्राज्यवादी शासक र तिनका भरौटेहरुले नवउदारवादले आर्थिक समृद्धि ल्याउने निकै हौवा पिटे । तर, यो सफल भएन । त्यस पछि पनि पुँजीवाद गहिरो संकटमा फस्दै गएको छ र आजसम्म आउंदा यो पूर्णत असफल भैसकेको छ । यही सन्दर्भमा अर्थशास्त्रमा स्वर्णपदक विजेता, विश्व वैंकका वरिष्ठ उपाध्यक्ष र अमेरिकी राष्ट्रपति विल क्लिन्टनका आर्थिक सल्लाहकार समितिको अध्यक्ष समेत रहेका जोसेफ सिग्लिजले नवउदारवादको मृत्यु भैसकेको कुरा घोषणा गरेका छन् । धनी र गरीवका बीचको आर्थिक खाडल र आम वेरोजगारी बढाउंदै लगेको हुनाले नवउदारवाद पूर्णतः असफल भएको यथार्थलाई फ्रान्सका वर्जुवा अर्थशास्त्री थोमस पिकेटीले लेखेकोे “२१औ शताव्दीको पुँजी” भन्ने पुस्तकले राम्रोगरी व्याख्या गरेको छ ।

अर्कोतिर, ९०को दशकबाट विज्ञान र प्रविधीको क्षेत्रमा भने अभूतपूर्व विकास हुंदै आएको छ । मूख्यतः कम्युटर तथा इन्टरनेट प्रविधीको विकासले हिजो सूचना संचारको क्षेत्रमा सोच्न पनि नसकिने कुराहरु आज सामान्य बनेका छन् । यसले बौद्धिक श्रमलाई सहज बनाएको छ र मूख्यतः मध्यमवर्गका लागि अनलाईन रोजगारीको संभावनालाई केही हदसम्म बढाएको पनि छ । तर वाष्प ईञ्जिनको आविस्कारपछिको पहिलो औद्योगिक क्रान्ति र विद्यूत, स्टील तथा पेट्रोलियम पदार्थको आविस्कार भएपछिको दास्रो औद्योगिक क्रान्तिले जस्तो आम रोजगारी बृद्धि गर्न भने यसले सकेको छैन । वैज्ञानिकहरुले यसलाई तेस्रो औद्योगिक क्रान्ति भनेका छन् ।

२१औ शताव्दीको पहिलो र मूख्यतः दोस्रो दशकभित्र विज्ञान तथा प्रविधीले अकल्पनीय विकास भएको छ । यसले गरेको विकास कुनै एउटा क्षेत्रमा मात्र सिमित छैन । यो बहुआयामिक रहेको छ । यसले, त्रि–आयामिक मुद्रण (3D-Printing), कृत्रिम प्रज्ञा (Artificial Intelligence), यन्त्रमानव प्रविधी (Robotics), नेनो प्रविधी (Nano Technology), स्वचालित जहाज तथा गाडीहरु (Drones and autonomous vehicles), जैविक प्रविधी (Biotechnology), स्नायु प्रविधी (Neurotechnology) लगायत व्यापक क्षेत्र ओेगटेको छ । वैज्ञानिकहरुले यसलाई चौथो औद्योगिक क्रान्ति भनेका छन् । यसको वैज्ञानिक तथा प्राविधिक पक्षको विश्लेषण यहाँ संभव छैन र यो पंक्तिकारले त्यस बारे आवश्यक क्षमता पनि राख्दैन । यो औद्योगिक क्रान्तिले सामाजिक तथा आर्थिक क्षेत्रमा के के परिवर्तन ल्याउँदैछ र त्यसले वर्ग संघर्ष तथा समाज विकासको प्रक्रियामा कस्तो प्रभाव पार्दैछ भन्ने कुरा यो लेखको सिमा हुनेछ ।

चौथो औद्योगिक क्रान्तिको परिणाम स्वरुप रोबोट निर्माण गर्ने हङ्गकङ्गको ह्यान्सन नामको एउटा कारखानाले महिलाको अनुहार र श्वरमा “सोफिया” नाम दिईएकी एउटी यन्त्रमानवको निर्माण गरेको छ । सोफियाको निर्माण यन्त्रमानव प्रविधि र कृत्रिम प्रज्ञाकोे उचित संयोजनबाट गरिएको हो । साउदी अरबका धनाढ््यहरुको बीचमा उनले दिएको एउटा स्वतःस्पूmर्त मौखिक अन्तरवार्ता गत अक्टोबर २५, २०१७ का दिन CNBC नामको एउटा अन्तर्राष्ट्रिय टेलिभिजन संस्थाले युट्युबमा अपलोड गरेको छ । उक्त अन्तरवार्तामा उनले वच्चा जन्माएर एउटा सुखी पारिवारिक जीवन चलाउने अभिलाषा लिएको कुरा बताएकी छन् । उनले साउदी अरवको सरकारबाट त्यस देशको नागरिकता प्राप्त गरेको कुरा विश्व भरी यति बेलाको एउटा हट न्युज बनेको छ ।

गत अगस्त २०, २०१७ को हङ्गकङ्गबाट प्रकासित हुने South China Morning Post नामको पक्रिकाले चीनको हेबेई प्रान्तको “पकौडा बनाउने एउटा कारखानामा सबै कामहरु रोबोटले गर्छन्” भन्ने समाचारलाई बाहिर ल्याएको छ । त्यस्तै यही २४ जनवरी २०१८को सोही पत्रिकाले “१२ प्रकारका चिनीया रोबोटहरुले हाम्रा दैनिक कामहरु खोस्दै” भन्ने शीर्षकमा समाचार प्रकासित गरेको छ । ती मध्ये केही समाचारहरु निम्नानुसार छन् । एक, चीनको हेबेईमा अवस्थित कियोजी (Qiaoxi) नामको अदालतमा मानिसहरुलाई स्वागत गर्न रोबोटहरु राखिएको छ, तिनले अदालतको कार्यविधी बारे जानकारी गराउन र कानुनी सल्लाह पनि दिन सक्छन् । दुई, चीनका हतियार कारखानाका एक–चौथाई काम रोबोटहरुले गर्दछन् । तीन, चीनको एउटा कलेजको प्रवेश परीक्षामा आइदाम (Aidam) नाम दिइएको एउटा रोबोटले १० मिनेट भन्दा कम समयमा १५० पूर्णांकमा १३४ अंक प्राप्त गरेको छ । चार, मानवीय सहयोग बिना एउटा चिनीया रोबोटले एक जना बेरामी मानिसको मूखमा दांत फिट गरिदिएको छ । पाँच, गत नोभेम्बर २०१७ मा जिओयी (Xiaoyi) नामको रोबोटले चीनमा मेडिकल लाइसेन्सका लागि लिईने परीक्षा उत्तीर्ण गरेको छ । त्यही क्रममा उक्त समाचारले बोनसको रुपमा एउटा टिप्स पनि दिएको छः त्यसले भन्छ, “एकजना चिनीया इञ्जिनियरले मानिस श्रीमति नपाएर एउटा रोबोटसंग “बिहे” गरेका छन्” आदि । यी सबैका अतिरिक्त, पाईलट बिना चल्ने जहाजहरु, ड्राईबर बिना चल्ने गाडीहरु, प्रतिघण्टा १,००० बटा ईटा लगाएर घर निर्माणगर्न सक्ने रोबोटहरु लगायत थुपै्र यन्त्रहरु दैनिक प्रयोगमा आएका समाचारहरु आजकल छरपष्ट बन्ने गरेका छन् । यी कुराहरु आजभन्दा पहिले कल्पना देखि बाहिर थिए ।

ईतिहासबाट थाहा पाइन्छ कि, पहिलो र दोस्रो औद्योगिक क्रान्तिले प्रसस्त उद्योग तथा कारखानाको निर्माण गर्ने र रोजगारीको क्षेत्र व्यापकरुपमा विस्तारगर्ने काम गरेका थिए । तर तेस्रो र मूख्यतः चौथो औद्योगिक क्रान्तिले पहिलो र दोस्रो औद्योगिक क्रान्तिले सिर्जना गरेका र नयाँ बनेका रोजगारीका क्षेत्रमा रोबोटहरुलाई पठाएर बौद्धिक तथा शारीरिक श्रमगर्ने दुबै प्रकारका श्रमजीविहरुलाई विस्थापित गर्न थालेको देखिन्छ । ठीक यही सन्दर्भमा नोभेम्बर २९, २०१७को बिबिसी अनलाईनले प्रसारण गरेको एउटा समाचारलाई लिउं । उक्त समाचारले लेख्दछ, “एउटा परामर्शदात्री संस्थाको प्रतिबेदन अनुसार २०३० सम्ममा संसारभरीका ८० करोड मजदुरहरुले आफ्नो काम गुमाउने छन् र ती सबै काम स्वचालित रोबोटहरुले गर्ने छन् । म्याकिन्से वैश्विक संस्था (Mackinsey Global Institute) ले ४६ वटा देश र ८०० प्रकारका पेशामाथि गरेको अध्ययनका आधारमा विश्वको जम्मा ५ भागको १ भाग श्रमशक्ति रोबोटबाट प्रभावित हुने तथ्य पत्ता लगाएको छ । प्रतिबेदनले भनेको छ, जर्मनी तथा अमेरिका जस्ता धनी देशका एकतिहाई श्रमशक्तिले अरुकाम खोज्नु पर्ने हुनसक्छ ।” यसरी नै फेब्रुअरी १४, २०१६मा प्रकासित अनलाईन पत्रिका Financial Times ले “कृत्रिम प्रज्ञा र यन्त्रमानवले सामूहिक बेरोजगारी निम्त्याउंदै छन् र बौद्धिक मेसिनहरुले अर्थतन्त्रका सबै क्षेत्रमा मानव श्रमिकहरुलाई छिटै विस्थापन गर्दैछन् भनी वैज्ञानिकहरुले चेतावनी दिएका छन्” भन्ने शीर्षकमा एउटा समाचार प्रकासित गरेको छ । आजकल, फलानो कम्पनीबाट यतिजना मजदुरले आफ्नो कामबाट हात धोए र त्यहां रोबोटहरुलाई खटाईयो भन्ने समाचारहरु प्रशस्त पढ्न पाइन्छन् ।

यहाँनेर एउटा गंभीर प्रश्न उठ्छ । के त्यसो भए विज्ञान तथा प्रविधीले ल्याएको चौथो औद्योगिक क्रान्ति मानवताको निमित्त अभिशाप नै हो त ? यसका दुईवटा जवाफ छन् होईन पनि, हो पनि । यो आजसम्मको वर्गसंघर्ष, उत्पादनका निमित्त संघर्ष र वैज्ञानिक प्रयोगको ईतिहासमा मानव जातिले आर्जन गरेको उच्चस्तरको ज्ञानको उपज हो । यो उत्पादक शक्तिको विकास हो । यसले मानव समाजलाई नयाँ ठाउंमा पु¥याउने क्षमता राख्दछ । यस अर्थमा यो एउटा वरदान हो, अभिशाप होईन । तर यसको प्रयोग ठीक ढङ्गले हुन नसक्ने हो भने यो अभिशाप बन्ने कुरा पनि निश्चित छ । अक्टोबर १९, २०१६मा बेलायतबाट प्रकासित The Guardian भन्ने पत्रिकामा “कृत्रिम प्रज्ञा मानवताको निमित्त या त अति राम्रो अथवा अति नराम्रो हुनेछ” भन्ने स्टेफेन हकिङ्गको भनाइ एकदम सही छ । यो प्रविधीलाई राज्यले आफ्नो नियन्त्रणमा लिएर मानव जातिको हितमा प्रयोग गर्न सक्दा यो अति राम्रो हुन्छ, श्रमिकको आवश्यक श्रमघण्टा कम हुन जान्छ र मानव समाज उन्नति, समृद्धि र समानताको दिशातिर अगाडि बढ्छ । तर, यसमाथि राज्यको नियन्त्रण नहुने र पुँजीपतिले नाफाको निमित्त प्रयोग गरिराख्ने हो भने यसले समाजलाई विघटन गर्ने र यसरी मानव सभ्यता नै विध्वंशको खतरा तिर पु¥याउंछ । यस अर्थमा यो अति नराम्रो कुरा हुनेछ ।

यो स्थितिले देखाउंँछ कि विश्व यतिबेला एउटा अत्यन्त खतरनाक मोडमा खडा छ । पुँजीवादले अवलम्बन गरेको नवउदारवादी नीतिका कारण साम्राज्यवादी शासक तथा तिनका दलालहरु बजारलाई नियन्त्रण गर्ने भूमिकामा छैनन् । बरु उल्टै बजारले उनीहरुलाई नियन्त्रण गरिराखेको छ । बजारलाई शासकहरुले नियन्त्रण गर्ने राजनीतिक व्यवस्थाको स्थापना नभएसम्म मानव जातिले युगौं–युग लगाएर आर्जन गरेको ज्ञान र त्यसको उपज चौथो औद्योगिक क्रान्तिका उपलव्धीलाई एकाधिकारवादी पुँजीपतिहरुले आफ्नो मुनाफाको निमित्त प्रयोग गरिरहने छन् । त्यसले धनी र गरीवका बीचको खाडललाई अरु बढाईरहने छ, आर्थिक संकट अरु गहिरिने छ र बर्षेनी करोडौंको संख्यामा बेरोजगारहरु थपिंदै जाने छन् र माक्र्सको भाषामा श्रमको जगेडा सेना निर्माण हुनेछ । यसले पुँजीवादी मुलुकहरुमा श्रम र पुँजीका बीचको अन्तरविरोधलाई गुणात्मक ढङ्गले चर्काईदिने छ ।

अर्कोतिर, जताततै रोबोटहरको प्रयोग हुन थाले पछि तेस्रो विश्वका श्रमजीविहरु वैदेशिक रोजगारीका लागि विकसित मुलुकतिर जाने क्रम पनि घटने छ । बरु उल्टै अविकसित मुलुकको आर्थिक समृद्धिका लागि सहयोग भन्ने नाममा साम्राज्यवादीहरु रोबोटहरु लिएर नाफा आर्जन गर्नका लागि तेस्रो विश्वतिर ओईरिने छन् र तेस्रो विश्वका शासकहरुले आफ्ना मालिकलाई रातो कार्पेट विच्छ्याएर स्वागत गर्ने छन् । उदाहरणका लागि, “One Belt One Road” र  “Make in India” भन्ने जस्ता यतिबेलाका चर्चित नाराहरुले त्यतैतिर संकेत गर्छन् । यसले बेरोजगारलाई रोजगारी दिने होईन, बरु देशका प्राकृतिक साधन श्रोतलाई साम्राज्यवादीहरुको पोल्टामा सुम्पने र देशलाई टाट पल्टाउने मात्र हो । बरु के कुरा निश्चित हो भने, यसले साम्राज्यवादीहरुका बीचको आपसी अन्तरविरोध, साम्राज्यवाद तथा उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तरविरोध र उत्पीडित देशका शासक तथा जनताका बीचको अन्तरविरोध समेत गरी सबैलाई एकै साथ अरु चर्काइदिने छ । यसरी आउने दिनमा यो वा त्यो देश मात्र होईन पूरै विश्व चर्किंदै गएका तीनवटै आधारभूत अन्तरविरोधहरुको डरलाग्दो भुंवरी तिर ठेलिंदै छ । यो तेस्रो विश्वयुद्धको खतरा क्षितिज माथि मडारिइरहेको छ भन्ने पनि हो । तेस्रो भैहाल्यो भने यसले ल्याउने ध्वंशात्मक परिणामको कल्पनासम्म पनि अहिले गर्न सकिन्न ।

अन्तमा, माथिको विश्लेषणबाट यो स्पष्ट हुन्छ कि वर्तमान पुँजीवादी व्यवस्था अन्तरगत जस्तोसुकै सुधार गरे पनि त्यसले चौथो औद्योगिक क्रान्तिले गरेको पछिल्लो उत्पादक शक्तिको विकास र पुरानो उत्पादन सम्बन्धका बीचको अन्तरविरोधका कारण साम्राज्यवादी विश्व व्यवस्थामा पैदाभएको शंकटलाई मत्थर पार्न सक्ने छैन । यो अन्तरविरोध उत्कर्षतिर पुगेको छ । विकसित उत्पादक शक्तिले पछिपरेको उत्पादन संबन्धलाई बदली नयाँ उत्पादन सम्बन्ध कायम गरेपछि मात्र यो अन्तरविरोध समाधान हुन्छ । यो अन्तरविरोधले पुँजीवाद र पुँजीवादी व्यवस्था दुबैलाई मृत्यु तिर धकेल्दै छ र यही प्रक्रियामा समाजवादको उदय हुंदै छ । तर, योे काम पुँजीवादी व्यवस्था भित्र सुधार गरेर र पुँजीपतिवर्गको नेतृत्वमा संभव छैन । यसका लागि सर्बहारा वर्गको पार्टीको नेतृत्व र माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक निर्देशनमा हुने समाजवादी क्रान्ति अनिवार्य छ । यसले उत्पादक शक्तिको उपयुक्त व्यवस्थापन गरेर साम्यवादको दिशामा अगाडि बढ्न वैचारिक, राजनीतिक तथा भौतिक पुर्वाधार निर्माण गर्ने छ । यो स्थितिमा मात्र चौथो औद्योगिक क्रान्तिले गरेको अभूतपूर्व विकास मानव जातिको लागि वरदान सावित हुने छ । पुँजीपतिले उत्पादन गर्ने सबै वस्तुहरु उसैको चिहान खन्ने मलामीहरु हुन् भन्ने माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा भनेको भनाईको मर्म यही हो । यसरी पुँजीवादको चिहानबाट वैज्ञानिक समाजवाद क्षितिजमा झुल्किंदै छ ।
माघ २०, २०७४