सुरुवाती एघारमा तीन परिवर्तन, शरद पहिलो पटक खेल्दै

प्रकाशित मिति : २०७४ माघ १९

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको यूएई भम्रण अन्तर्गतको अन्तिम अभ्यास खेलमा शुक्रबार नेपाली टोलीले यूएई ‘ए’ विरुद्ध टस हारेर बलिङको निम्तो पाएको छ ।

दुबई स्थित आइसीसी ओभर दुई मैदानमा सुरु भएको खेलमा नेपाली टोलीको सुरुवाती एघारमा तीन परिवर्तन गरिएको छ । अघिल्लो खेल खेलेका अनिकुमार साह, करण केसी र शक्ति गौचनलाई आराम दिइएको छ भने उनीहरुको स्थानमा शरद भेषावकर, बसन्त रेग्मी र ललितसिंह भण्डारीलाई मौका दिइएको छ ।

यसअघि नेपालले खेलेको दुई अभ्यास खेल नखेलेका शरद तेस्रो अभ्यास खेल भने खेल्ने भएका छन् । यसअघिको दुई अभ्यास खेलमा नेपालले यूएई ‘ए’ विरुद्ध क्रमशः २५ र १९३ रनको जित निकालेको थियो ।