कम्युनिष्ट पार्टी निर्माणमा श्रमको भूमिका : केही टिपोटहरु

प्रकाशित मिति : २०७४ माघ १८

- केवी गुरुङ

कम्युनिष्ट पार्टी श्रमिक सर्वहारा वर्गको पार्टी हो । त्यस अर्थमा कम्युनिष्ट बन्नको लागि श्रम अनिवार्य सर्त हो । तर आज कम्युनिष्ट पार्टीका सदस्यहरुमा मेहनत परिश्रम गर्न हिचकिचाउने वा पन्छिने प्रवृति बढ्दै गएको छ । अझ सामुहिक उद्देश्य र सामुहिक श्रमको त कुरै नगरौ । पद, प्रतिष्ठा र पैसा तिरको घ्याउन्नेको प्रवलता बढ्दै गरेको छ । अनि कसरी बनिन्छ, त कम्युनिस्ट पार्टीको असल सदस्य ? अनि असल सदस्यको अभावमा कसरी बन्छ, क्रान्तिकारी कम्युनिस्ट पार्टी ? यो आजको गम्भीर र ज्वालन्त प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको सामु उभिएको छ । जसको हल खोज्न ढिला गर्नु हुन्न ।

बाँदरबाट मान्छे बन्न्मा श्रमको भूमिका भन्ने एङ्गेसको लेखमा जुनसुकै काम गर्नमा प्रमुख भुमिका भएको हात र स्वयं मानव बन्नुमा श्रमको नै प्रमुख भूमिका रहेको उल्लेख गरिएको छ । जसरी हात स्वतन्त्र हुनमा श्रमको भूमिका रहेको थियो, त्यसरी नै कम्युनिस्ट पार्टीको सदस्य बन्नको लागि मिहिनेत परिश्रम गर्नु अनिवार्य छ । किन कि आवश्यक श्रम बेगर न त सैद्धान्तिक र बैचारिक अध्ययन नै गर्न सकिन्छ, न त आर्थिक उपार्जनको काम गर्न सकिन्छ, न त क्रान्तिको चुरो कुरो वर्ग संघर्ष नै चलाउन संभव हुन्छ । तसर्थ, आज क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा पार्टी सदस्यहरुले क्रान्तिलाई केन्द्रमा राखेर मिहिनेत परिश्रम गर्ने परिपाटी बसाल्नुको विकल्प छैन ।

श्रमप्रतिको दृष्टिकोण

आज नेपाली समाजमा श्रम प्रतिको दृष्टिकोण मूलत ः सामन्तवादी रहेको छ । जो श्रम गर्नेलाई सानो र तुच्छ मान्ने । उनीहरुलाई हेयको दृष्टिले हेर्ने र हेला गर्ने । श्रम गर्नु लाजको विषय सम्झ्ने र श्रमिकहरुलाई अनादर गर्ने गरिन्छ । त्यसको परिणाम आफ्नो घरमा, गाउँ समाजमा र देशमा समेत काम गर्न लाज मान्ने र बिदेशमा गएर भने जस्तो पनि काम गर्ने आम प्रचलन जस्तो भएको छ । कम्युनिस्ट पार्टीको सदस्यहरु पनि यसबाट अछुत छैन । तसर्थस् श्रम र श्रमिकहरु प्रतिको उपर्युक्त प्रकारको दृष्टिकोणमा ब्यबहारत परिवर्तन गर्न कम्युनिस्ट पार्टीको सदस्यहरुले प्रथमतः स्वयंलाई रुपान्तरण गर्दै सिंगो समाजको आमूल परिवर्तनको नेतृत्वदायी भूमिका अदा गर्नु आबश्यक छ ।

स्वाभिमान, स्वाधीनता र स्वतन्त्रता

हिजो आज नेपाली राजनीतिक सतहमा संम्वृद्धि, सम्पन्नता र नयाँ नेपाल बनाउने कुरा निकै चर्चा परिचर्चा भैरहेको छ । तर प्रायः ती ब्य्क्ति र दलहरू स्वाभिमान र स्वाधीनता भन्दा दासता र दलालीको भारले थिचिएका छन् । स्वाभिमान गुमे दासता र स्वाधीन नभए दलाली गर्नुको विकल्प हुँदैन । कुनै पनि ब्यक्ति, समाज र राष्ट्र स्वाभिमान र स्वाधिन नरहे स्वतन्त्र हुन सकदैन । स्वतन्त्रताको लागि स्वाभिमान र स्वाधीनता अनिवार्य आबश्यक्ता हो भने संवृद्धि र सम्पन्नताको लागि स्वतन्त्रता । तर आज नेपाली समाजमा स्वाभिमान, स्वाधीनता र स्वतन्त्रताको अभाव खड्कदो छ भने दासता, दलाली र परनिर्भरता बढ्दो छ ।

अबश्य पनि समृद्ध र सम्पन्न नेपाली समाज नेपाली जानताको चहाना र आवश्यक्ता हो । तर वास्तविकता के हो भने नेपाली समाजको आर्थिक, राजनीति र समाजिक सांस्कृतिक पक्ष लामो कालखण्ड देखि सत्तासिन वर्ग, समुदाय, ब्यक्ति र दलहरूका कारण पराधिन र परनिर्भरताको चपेटामा परिरहेको छ । त्यसको दुस्परिणाम जनतामा दास मनोवृत्तिले घर गरेको छ भने सत्तासिनहरुमा शक्ति केन्द्रहरुको चाकरी र दलालीको निरन्तरतामा बढोत्तरी भैरहेको छ ।

वास्तविक नेपाली समाजको समृद्धि र सम्पन्नताको लागि सर्वप्रथम, नेपाली समाजलाई स्वाभिमानी, स्वाधीन र स्वतन्त्रता बनाउनु अनिवार्य छ । नेपाली समाजलाई पराधिन त परनिर्भरतामा धकेल्ने दलाल र नोकशाहहरुको सत्तालाई उखेल्नु अनिवार्य छ । अनि मात्र बन्छ, सुन्दर समृद्ध र सप्पन्न नेपाल ।

समाजवाद र पुँजीवाद अन्तरको सारतत्व

आज विश्वको आम चरीत्र पूँजीवाद र समाजवाद बिचको संघर्ष हो । तर नेपाल जस्ता पूँजीवादको विकास नभएका देशमा भने पूँजीवादी क्रान्तिको आबश्यक्ता विधमान छ, तर नयाँ तरिकाले । जसलाई नयाँ जनवादी क्रान्ति भनिन्छ ।

वस्तु उत्पादनको अनिवार्य आवश्यकता सामुहिक श्रम, पूजँवादी र समाजवादी दुबै उत्पादनमा समान हुन्छ । तर उत्पादनमा सामुहिकता र स्वामित्व निजित्वका सथै वितरणमा असमानता पूजँवादीको मूल चरित्र हो भने सामुहिक उत्पादनमा स्वामित्व पनि सामुहिक र वितरणमा पनि समानता (सापेक्षिक) हुने समाजवादको प्रमुख विशेषता हो । यीनै मूल चरीत्र र प्रमुख विशेषता नै पूजँजीवाद र समाजवाद बिच अन्तरको सारतत्व हो ।

वस्तु उत्पादनमा श्रम सामुहिक लाग्ने तर उत्पादित वस्तुमा स्वामित्व निजी र वितरणमा असमनता हुने पूँजीवादी चरित्र अन्यायपूर्ण भएको प्रष्ट हुन्छ भने उत्पादनमा सामुहिक श्रम लाग्ने भएकाले स्वमित्व सामुहिक र सार्वजनिक तथा वितरणमा समानता हुने समाजवादी विशेषता न्यायपूर्ण भएको स्वतः स्पष्ट छ । २०७४÷१०÷१४