‘संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँदैन’

प्रकाशित मिति : २०७४ माघ १७

- –हस्तबहादुर केसी

“जबसम्म पुँजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुनु अनिवार्य छ ।”  –भ्लादिमिर इल्यिच लेनिन

वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोग भूमिका, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारावर्ग हातमा राज्यसत्ता अर्थात् बैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक हतियार हो । वर्गीय समाजमा वर्ग संघर्षविना, इतिहासमा बल प्रयोगको भूमिकाविना कहिपनि पनि कहिल्यै पनि एक वर्गले अर्को वर्गलाई परास्त गरेर सत्ता प्राप्त गरेको इतिहास छैन । त्यसो भएर नै माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले भन्नु भएको छ– “आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो ।”
अतः वर्गसंघर्षविना सर्वहारावर्गले सत्ता प्राप्त गर्न सक्तैन । यो नै माक्र्सवादको आधारभूत मान्यता हो । यस बेगर संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले सर्वहारावर्गले आफ्नो वर्गीय राज्यसत्ता प्राप्त गर्न संभव छैन । सर्वहारावर्गले हतियारद्वारा लैस भएर सशस्त्र वर्गसंघर्ष विना, संसदीय बाटोबाट शान्तिपूर्ण ढंगबाट समाजवाद हुदै साम्यवादसम्म पुग्न सम्भव छैन ।

हस्तबहादुर के.सी.

संसदीय पाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद ल्याउँछौँ भनेको पुँजीपतिवर्गको अधिनायकत्वअन्तर्गत राज्यव्यवस्थामा जाने भन्ने हो भने सशस्त्र वर्गसंघर्ष समाजवाद ल्याउने भनेको सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने हो ।
वर्तमान नेपालको सन्दर्भमा कुरा गर्न आवश्यक छ । दक्षिणपन्थी संशोधनवादमा पतन भएर प्रतिक्रियावादी सत्तामा समेत पुगेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवाद) र नवसंशोधनवादमा पतन भएर प्रतिक्रियावादी सत्तामा समेत पुगेको अर्को कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कथित “वामगठबन्धन” (पार्टी एकता गर्ने प्रतिबद्धतासाथ) गरेर गत मंसीर १० गते र २१ गते गरि दुई चरणमा संसदीय चुनावमा होमिए । संघीय संसद र प्रदेशसभा दुवैमा यो कथित ‘वाम गठबन्धन’ ले ठूलो बहुमत प्राप्त गरेर आगामी पाँच वर्षका लागि “वामपन्थीहरुको सरकार” गठन गर्ने तयारी गरिरहेको छ र पार्टी एकताको गृहकार्यलाई पनि तीव्रगतिका साथ अगाडि बढाइरहेको छ ।

यस कथित “वामगठबन्धन” समाजवाद उन्मुख नीति तथा कार्यक्रम ल्याउने नारा पनि दिदै आएको छ । र यसले संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद आउँछ भन्ने भ्रम फैलाई रहेको छ । यो पनि उसको नेपाली जनतालाई झूक्याउने कथित नारा मात्रै हो । किनभने उसले नेपाली जनतालाई गास, वास, कपासको ग्यारेण्टी गर्ने, शिक्षा, स्वास्थ्य र यातायातलाई जनताको लागि निशुल्क व्यवस्था गर्ने, निजी स्कुल, कलेज र नीजी अस्पतालहरुको खारेजी गर्ने र सरकारीकरण गर्ने क्रान्तिकारी भूमिसुधार लागु गरेर सामन्त जमीनदारहरुको जीमन जफ्त गरेर गरीब तथा भूमिहिन किसानहरुलाई निशुल्क रुपमा वितरण गर्ने, दलाल तथा नोकरशाही पुँजीपतिहरुले थुपारेको अकूत सम्पत्ति जफ्त गरेर राष्ट्रिय पुँजीमा परिणत गर्ने, बैंक तथा वित्तिय संघ संस्थाहरु अधिकरण गरेर राष्ट्रियकरण गर्ने र नेपालको सम्पूर्ण जमीन राज्यको मातहतमा ल्याउने, राष्ट्रिय स्वाधिनतालाई बलियो तुल्याउने र भारतसँग विभिन्न कालखण्डमा गरिएका असमान तथा अपमानजनक संधी सम्झौताहरु खारेज गरेर नेपाल र भारत दुवै देशको पारस्पारिक हितको आधारमा अर्थात् नयाँ आधारमा नयाँ ढँगले सँधी सँझौताहरु गर्ने र नेपाल–भारत बीचको खुला सिमा बन्द गर्ने र राष्ट्रिय हितको प्रवर्धन गर्ने गरेर राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय अखण्डता कायम गर्ने वाला त छैन ।

कथित “वाम गठबन्धन” ले माथि उल्लेखित कार्य त गर्ने छैन । उसले त वर्तमान साम्राज्यवादी तथा भारतीय विस्तारवादको आडभरोसामा टिकेको यो पुरानो सडेगलेको पश्चिमा पुँजीवादी तथा साम्राज्यवादीहरुले प्रयोग गर्दै आएको संसदीय व्यवस्थालाई बलियो बनाउने र टिकाई राख्नका निम्ति यही वर्तमान प्रतिक्रियावादी सत्तामा जादैछन् । वामखोला ओढेका कथित “वामपन्थीहरु” ले सामान्य सुधारबाहेक अन्य कुनै पनि नयाँ नौलो कार्यहरु गर्ने वाला छैनन् । बरु यो गठबन्धनले सिंहदरबारको भ्रष्टाचारलाई तलतल गाउँ गाउँसम्म भ्रष्टाचारलाई पु¥याउने छन् ।

कथित ‘वामगठबन्धन’ ले ‘ल्याउँछौ’ भनेको समाजवाद बी.पी. कोइरालाले ल्याउने भनेको समाजवाद हो । प्रजातान्त्रिक समाजवाद हो । ख्रुश्चोभले ल्याउने भनेको समाजवाद हो । पूर्वी युरोपका सोसलडेमोक्रेटीक पार्टीहरुले प्रयोगमा ल्याएको समाजवाद हो । अर्थात् मिलाराँवादी समाजवाद हो ।

कार्ल माक्र्स– फ्रेडरिक एंगेल्सले दर्शन, राजनीति, अर्थशास्त्र र समाजवादको दायराभित्र रहेर सैद्धान्तिककरण गरिएको समाजवाद ल्याउँछौ भनिएको होइन । लेनिन–स्टालिन, माओत्सेतुङ, किम इल सुङ, हो चि मिन्ह, फिडेल क्रयास्त्रो, चे ग्वयभारा आदिले प्रयोगमा ल्याएको जस्तो बैज्ञानिक समाजवाद ल्याउने वाला होइनन् नक्कली वामपन्थीहरुले ।

वैज्ञानिक समाजवाद बन्दुकको बलबाट प्राप्त गरिने चीज हो । त्यसो भएर कमरेड माओले भन्नु भएको छ, ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ” ।

त्यसो भएर नै लेनिनले ‘जबसम्म पुँजीवाद हतियारले लैस हुन्छ, तबसम्म क्रान्ति पनि सशस्त्र हुनु अनिवार्य छ” भन्नु भएको हो ।
नेपालमा त झापा विद्रोहमा प्रयोग गरेका हतियारहरु कोसी नदीमा फ्याकेर आएको एमाले र महान् दश वर्षे जनयुद्धको प्रक्रिया अन्तरगत जनताको रगतले साटिएका हतियारहरु र जनमुक्ति सेना समेतलाई प्रतिक्रिवादी राज्यसत्तालाई बुझाएर साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लम्पसार परेर आत्मसमर्पण गरेर आएको माके मिलेर बनाइएको कथित ‘वाम गठबन्धन’ ले समाजवाद ल्याउछौं भनेको नेपाली जनताको आँखामा छारो छर्नु बाहेक अर्को केही पनि होइन ।

संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले क्रान्ति गर्दछौं भनेर संसदीय बाटोलाई अख्तियार गरेको दक्षिण एशियाली राष्ट्र इन्डोनेसीयाको मात्र होइन, ल्याटिन अमेरिकी देश चिलीको लागि पनि उत्तिकै सान्दर्भिक छन् । विश्व कम्युनिष्ट आन्दोलनमा संसदीय बाटोबाट, शान्तिपूर्ण ढंगले समाजवादी क्रान्ति गर्न सम्भव छ कि छैन भनेर परीक्षण गरिएको देशको रुपमा इन्डोनेशीया पछि चिली चर्चित छ । यसै कारण चिलीमा यही परीक्षणको सैद्धान्तिक र व्यवहारिक विवेचना गर्नु अति नै जरुरी भएको छ यो नेपालको वामआन्दोलनमा पनि ठूलो चासो रहेको छ ।

तत्कालिन विश्व कम्युनिष्ट आन्दोलनमा नेतृत्वकारी भूमिका खेलीरहेको र सर्वमान्य प्रतिष्ठा प्राप्त गरि रहेको सोभियत संघको कम्युनिष्ट पार्टी ९ऋएक्ग्० को बीसौं महाधिवेशनमा सोभियत नेता निकिता ख्रुश्चोभले क्रान्तिको सन्दर्भमा ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अबलम्बन गर्दै तथा वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षको विरुद्ध भीषण हमला बोल्दै रुसमा पुजीवादको स्थापना ग¥यो ।

के पुँजीवादबाट समाजवादमा शान्तिपूर्ण तरिकाले संसदीय बाटोबाट संक्रमण गर्न सम्भव छैन ? सोभियत नेता ख्रुश्चोभको प्रस्थापना अनुसार “बदलिएको अन्र्तराष्ट्रिय परिस्थितिमा पुँजीवादी देशहरुमा शान्तिपूर्ण तरिकाले समाजवादी क्रान्ति गर्न सकिने सम्भावना अब सामान्य नियम भइसकेको छ” खु्रश्चोभको यस प्रस्थापनाले के साँच्चिकै माक्र्सवादी लेनिनवादी सिद्धान्त अनुकूल छ ? के साँच्चिकै पुँजीवादबाट शान्तिपूर्ण तरिकाले संसदीय बाटोबाट समाजवादी क्रान्ति गर्न व्यवहारिक रुपले पनि संभव छ ? छैन भने किन र कसरी भन्ने कुरा विभिन्न देशहरुमा बहसको विषय बन्यो ।

यसै सिलसिलामा ख्रुश्चोभको नीतिबाट प्रभावित भएर चिलीमा चुनाव जितेर वामपन्थीहरु सत्तामा गए । वामपन्थी राष्ट्रपती साल्भाडोर एलेण्डे ४ पटकसम्म चुनाव लडेर विस्तारै विस्तारै लोकप्रियता र जनसमर्थन बढाउदै गएर साम्राज्यवादी प्रतिक्रियावादीहरुलाई परास्त गर्दै गएर अत्यन्त जनप्रिय र प्रतिष्ठित भए । पछिल्लो पटक बहुमतले राष्ट्रपति चुनिए । उनले त्यसपछि जनताको भलाईको पक्षमा थुप्रै कदमहरु चाल्न थाले । उनले भूमिसुधार कार्यक्रमलाई अगाडि बढाउन थाले । बैंक तथा वित्तिय संस्थाहरुलाई सरकारको अधिनमा ल्याउने प्रयास गरे । कलकारखाना, उद्योग धन्धाहरुलाई जनताको सामुहिक स्वामित्वमा ल्याउने प्रयासको थालनी गरे । तर के प्रतिक्रियावादीहरुले उनलाई यी जनपक्षीय कामहरु गर्न दिए । अहँ उनीहरुले त्यस्तो गर्न दिएनन् ।

साम्राज्यवादी अमेरिकाको आडमा उनीहरुले त्यस निर्वाचित वामपन्थी सरकारका विरुद्ध षडयन्त्र र घात गर्न थाले । निर्लज्ज तरिकाले उनीहरुले सैनिक विद्रोहको नाटक गरेर बन्दुकले त्यस “जनताको सरकार”लाई ढाले । राष्ट्रपति एलेण्डेले अन्तिम समयसम्म पनि उनीहरुसँग घुँडा टेकेनन् । तर आखिर उनलाई प्रतिक्रियावादीहरुले निर्लज्ज तरिकाले गोली र तोप बर्साएर मारे । त्यसपछि त्यहाँ जननिर्वाचित सरकार र वामपन्थी नेता कार्यकर्ताहरुमाथि ठूलो दमन गरियो । कम्युनिष्ट नाममा लाखौं जनतालाई निर्लज्ज तरिकाले हत्या गरियो ।

यसरी चिलीको वामपन्थी शक्तिले चुनावबाट सत्तामा पुगी “समाजवादतीर शान्तिपूर्ण संक्रमण” को सिद्धान्त लागु गर्न खोजेको घटना र त्यसपछिको प्रतिक्रियावादी षडयन्त्र र प्रहारको यस घटनाबाट संसद र सरकारमा जादैमा मात्र वामपन्थीहरुलाई शत्रुले निर्बाध रुपमा काम गर्न दिन्छन् र ? भन्ने सवालतर्फ संसारभरको वामपन्थीको ध्यान तानिदै जानु स्वाभाविक छ । चिलीको घटना एउटा विश्वव्यापी शिक्षाकै विषय हो भने नेपालको घटना पनि ताजै छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनबाट संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन पुगेको तत्कालिन नेकपा (माओवादी) का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन नेपाली सेनाका प्रधान सेनापती रुकमागत कटुवाललाई हटाएर सहायक …………. खड्कालाई पदस्थापित गर्ने प्रयास गर्ने वित्तिकै कटुवालले अस्वीकार गरेर अगाडी बढ्न थाले पछि प्रचण्डले प्रधानमन्त्रीको पदबाट एक्कासी राजीनामा दिएर भागेका थिए । उनी चिलीको त्यो भयावह घटना नेपालमा पनि दोहोरिने भयो भनेर आतंकित भएर रातारात सिंहदरबार र बालुवाटार दरबार त्यागेर कुलेलाम ठोकेका थिए ।

त्यसपछि मात्र प्रचण्डले महान् दसवर्षे जनयुद्धको प्रक्रिया अन्तरगत निर्माण गरिएका आधार इलाकाहरु र जनसरकारहरुको खारेजी गर्दै साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु लमपसार परेर आत्मसमर्पण गर्न पुगेर वर्गीय रुपमा पनि प्रतिक्रियावादी हरुको सामु आत्मसमर्पण गर्दै जनमुक्ति सेनाका विधिवत रुपमा विघटन गराए । हतियार प्रतिक्रियावादी सरकारलाई बुझाए । पहिलो संविधान सभाको विघटन गरेर साम्राज्यवादी तथा विस्तारवादीहरुको ग्राण्ड डिजाइन र निर्देशन तथा योजनामा कथित दोस्रो संविधानसभाको निर्वाचन गराएर प्रतिक्रियावादी संविधान निर्माण गर्न र त्यसको कार्यान्वयन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाली कांग्रेस सहकार्यमा प्रतिक्रियावादी सरकारको नेतृत्व गर्न पुगेर आलोपालो सरकार चलाउने सर्तमा स्थानीय तहको चुनाव सम्पन्न गराए । र अहिले एमालेसंग कथित वामगठबन्धनको नाटक रचेर बहुमतको वामसरकार निर्माण गर्ने र समाजवाद उन्मुख कार्यक्रम ल्याउने बकवास गरिरहेका छन् । यो सबै नाटक मात्र हो ।

चिली कम्युनिष्ट पार्टी र राष्ट्रपति साल्भाडोर एलेण्डेले त खु्रश्चोभको शिक्षा मुताविक भ्रममा परेर संसदीय बाटोबाट शान्तिपूर्ण ढंगबाट समाजवाद ल्याउने भनेर चुनावमा गएका थिए र बहुमत प्राप्त गरेर सरकार बनाए पपछि जनताको हितको पक्षमा कदम चाल्न थाले पछि प्रतिक्रियावादीहरुले सैनिक ‘कु’ गरेर राष्ट्रपति एलेण्डेको हत्या गरेका थिए ।

नेपालमा त कथित ‘वामगठबन्धन’ ले वैज्ञानिक समाजवाद होइन कि वि.पी. कोइरालाले भन्ने गरेको प्रजातान्त्रिक समाज ल्याउने कुरा गरेकाले उनीहरु वर्तमान दलाल तथा नोकरशाही पुँजीपती वर्ग र सामन्तवर्गको सत्तामा चलाउन जाने भएकोले चिलीका जन निर्वाचित साल्भाडोर एलेण्डे कै जस्तै हत्याको निसानामा पर्नु पर्ने छैन किन भने कथित वामगठ बन्धन त यही संसदीय प्रतिक्रिवादी सत्ता र व्यस्थालाई बलियो बनाउने र मुलुकमा फासीवादी शासन लाद्ने योजनाका साथ सरकारमा जादै छन् ।
समाजवादमा पुग्ने नौलो बाटो खोज्दा–खोज्दै शहादत प्राप्त गरेका साल्भाडोर एलेण्डे को थिए ? र किन र कसरी मारिए ? भन्ने बारेमा जानकारी लिन आवश्यक हुन्छ ।

समाजवादी लक्ष्य प्राप्तीको लागि चिलीको बाटो, शान्तिपूर्ण संक्रमणको बाटो, संसदीय चुनावबाट निर्वाचित भएर अघि बढ्ने बाटोको खोजीमा लागि परेका वाम पन्थी नेता साल्भाडोर एलेण्डे शुरुमा मेडिकल डाक्टर थिए ।
खुला स्वतन्त्र र प्रगतिशील विचारका वकिल पिता साल्भाडोर एलेण्डे क्यास्ट्रो र उदार विचारको माता लौरा गोस्सिन उरीवेको सन्तानको रुपमा २६ जुन १९०८ मा चिलीको बन्दरगाहको शहर वाल्पाराइसोमा जन्मेका एलेण्डेले विद्यार्थी कालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय हुदै आएका थिए ।

शान्टियागो युनिभर्सिटीबाट मेडीकल डाक्टर पास गरेका एलेण्डेले विद्यार्थी नेताको रुपमा वामपन्थी राजनीति बोकेर हिडेका थिए । यसरी हिड्दा सरकार विरोधी विद्यार्थी संघर्षलाई संबोधन गरेको निउँमा १९३१ मा अमेरिकी समर्थक तानाशाह राष्ट्रपति कार्लोस इबानेजका प्रहरीबाट गिरफ्तार भएर उनी बन्दी बनाइएका थिए । आम माफीबाट रिहा भएपछि संघर्षमा पुनः होमिएका एलेण्डेले चिलीको पुरानो वामपन्थी पार्टी चिलियन सोशलिष्ट पार्टीलाई पुननिर्माण गर्ने कार्यमा नेतृत्व गरेका थिए ।

वामपन्थी र शक्तिहरुकाबीच संयुक्त मोर्चा कायम गरेर चुनावी संघर्ष गरिरहेको चिलीको वामपन्थी आन्दोलनका एक नायक एलेण्डे सन् १९३८ मा स्थापित पेड्रो सेर्दाको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । त्यसपछिका वर्षहरुमा कहिले माथिल्लो सदनको सदस्यका रुपमा त कहिले तल्लो सदनको सदस्यका रुपमा र कहिले चाँहि सभामुख भएर समेत संसदीय संघर्षमा लागि परेका थिए ।

एलेण्डे सन १९५२ देखि राष्ट्रपति पदको चुनावमा वामपन्थी उम्मेदवारको रुपमा उठ्न थालेका थिए । चुनावमा तीन पटक पराजित भएर पनि कहिल्यै हार नमानेर वामपन्थी संयुक्त मोर्चाको राष्ट्रपति उम्मेदवार भइरहेका उनी अमेरिकी साम्राज्यवादको सम्पूर्ण जालसाजीका बाबजुद १९७० को ३ सेप्टेम्बरको चुनावबाट चिलीको राष्ट्रपति पदमा बहुमत भोटले निर्वाचित भएका थिए ।

सडक र सदनको वीरतापूर्ण संघर्ष ताकादेखि नै संसदीय मार्गबाट, शान्तिपूर्ण ढंगले चिलीमा समाजवाद ल्याउन सकिने विचार बोक्ने एलेण्डेले आफ्नो राष्ट्रपति कालमा केही सुधारवादी क्रान्तिकारी रुपान्तरणका कामहरु सफलतापूर्वक गरेका थिए । तर यो सफलताबाट छटपटिएको अमेरिकी साम्राज्यवादले अन्ततः सी.आई.ए., चिली स्थित बहुराष्ट्रिय कम्पणीहरु तथा सत्ता पिपाशु सैनिक अधिकारीहरु मार्पmत सैनिक विद्रोहबाट उनलाई सत्ताच्यूत गरे ।

११ सेप्टेम्बर १९७३ को सैनिक व्रिदोहको सशस्त्र प्रतिरोध गर्दा गर्दै तानाशाह पिनाचेटले मगरेको बमबारी र तोप वर्षाले उनको प्राण लियो ।
हतियारसहित लड्दा लड्दै मारिए साल्माडोर एलेण्डे ।

त्यो नाटकीय क्षण, जतिखेर हतियार सहित लड्दा लड्दै चिलीका जननिर्वाचित राष्ट्रपति साल्भाडोर एलेण्डे मारिए । सन् १९७३ सेप्टेम्बर १९ को विहान ६ः३० बजेको थियो । ल्याटिन अमेरिकी देश चिलीको राजधानी सान्टियागो डि चिली स्थित वामपन्थी राष्ट्रपति साल्भाडोर एलेण्डेको निवासमा अचानक फोनको घण्टी बज्यो । फोनबाट राष्ट्रपति एलेण्डेलाई समाचार प्राप्त भयो, “चिलीको प्रमुख बन्दरगाहको शहर वाल्पाइरासो स्थित नौसैनिकहरुले विद्रोह गरेर त्यस शहर सिंगै सैनिक विद्रोहीहरुको नियन्त्रणमा छ ।”

त्यो खबर पश्चात राष्ट्रपति एलेण्डेले सैनिक विद्रोहको घण्टी बजेको महसुस गरे । राष्ट्रपतिले स्थल सेनाध्यक्ष जनरल अगस्टो पिनेचेटलाई सम्पर्क गर्न प्रयास गरे । सम्पर्क भएन । उनले आफ्नो संयुक्त मोर्चा लोकप्रिय एकताको सरकारका मन्त्रिहरु एवं पार्टीका नेताहरुसँग सम्पर्क कायम गर्न खोजे त्यो सम्भव भएन । बिहान ७ः१५ बजे प्रहरी प्रमुख जनरल जोसे मारिया सेपुल्वेडाका साथ ५० सशस्त्र सैनिकको दलबल, आफ्ना २३ जना अंगरक्षकहरु र अभिन्न सहयोगीहरु सहित राष्ट्रपति भवन “ला मोनेडा प्यालेस तीर अगाडि बढे । एलेण्डेले आफ्नो विशेष कोठामा गई आफ्ना मन्त्रिहरु, सहयोगीहरु” “लोकप्रिय एकता” संयुक्त मोर्चा र त्यसका प्रमुख घटक कम्युनिष्ट पार्टी, सोसलिष्ट पार्टीका नेताहरु एवं जनसंगठनहरुलाई सम्पर्क गरेर सैनिक विद्रोहको सूचना दिए । त्यसपछि देशवासीलाई विद्रोह बारे रेडियोबाट सम्बोधन गरे । बिहान ८.१५ बजे रेडियोबाट पुनः जनतालाई सूचना दिए । उनलाई रेडियो टिभी बन्द गर्न धम्की दिइयो । पटक पटक आत्मसमर्पण गर्न धम्की पनि दियो । तर एलेण्डे कतिपनि गलेनन् ।

करीब ६–७ घण्टा घमासान युद्ध चल्यो । अमेरिकी साम्राज्यवादको पिठ्यू सैनिक जनरल पिनेचेटको नेतृत्वमा राष्ट्रपति भवनलाई चारैतिरबाट घेरेर तोप, गोला बारुदले आक्रमण गरियो । क्युबाका राष्ट्रपति फिडेल क्यास्त्रोले दिएको एक आधुनिक हतियार सहित राष्ट्रपति साल्भाडोर एलेण्डे अन्तिमसम्म लडीरहे । अन्तिममा उनको छाती, टाउको र पाखुरामा गोली लाग्यो र उनको हत्या । तर विद्रोही सेनाको फासिस्ट डफ्फाले भने ‘एलेण्डेले आत्महत्या गरेको’ घोषणा गर्दै चुपचाप उनको शवलाई गाडी दियो । चिलीमा यस पछि युद्ध टुँगीएन । लाखौं चिलीबासी जनतालाई हत्या गरियो ।

संसदीय बाटोबाट शान्तिपूर्ण ढंगले समाजवाद ल्याउने बाटो हिड्दा हिड्दै अमेरिकी साम्राज्यवादले सैनिक विद्रोह गराएर नरसंहार मच्चायो । एलेण्डे नझुकेकै कारण चिलीमा त्यसो भयो । तर नेपालका नक्कली वामगठबन्धनवालाहरुले त चिलीको पाठ सिकेका कारण पहिले नै अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरिसकेका र उनकै दलालका रुपमा काम गर्दै आएकाले नेपालका ल्याउछौ भनेको समाजवाद चिलीका वामपन्थीहरुले भने जस्तो समाजवाद नभएर, बी.पी. कोइरालाले ल्याउने भनेको प्रजातान्त्रिक समाजवाद हो । सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निर्माण गरिने वेज्ञानिक समाजवाद नभएर पुँजीपति वर्गको अधिनायकत्व चलने पुँजीवादी व्यवस्था हो । अतः कथि वामगठबन्धन संसदीय शासनप्रणाली भएको प्रतिक्रियावादी पुँजीवादी व्यवस्थालाई बलियो बनाई राख्न र टिकाई राख्नका लागि सरकारमा जाने जाँदैछन् भन्ने कुरा प्रष्ट हुन जरुरी छ ।