महान् लेनिनका सार्वभौम योगदानहरुका सम्बन्धमा

सन्दर्भ : महान् अक्टुबर क्रान्ति शतवार्षिकी

प्रकाशित मिति : २०७४ माघ ११

- हस्तबहादुर केसी

“नांगो संशोधनवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जति मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि माक्र्सवादी सूत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कारबाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेश्नलका कुख्यात अधिकारी कार्ल काउत्सकीले आफूलाई परपाखण्डी तथा माक्र्सवादसित अनाचार गर्ने कलामा साटिएको व्यक्ति सिद्ध गरेका थिए ।”                                    –भ्लादिभिर इल्यिच लेनिन

विश्वसर्वहारावर्गका महान् नेता एवं लेनिनवादका प्रवर्तक भ्लादिभिर इल्यिच लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको सिम्बिस्र्क शहर (हालको उल्यानोमस्क) भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । र भोल्गाको आसपासका अन्य क्षेत्रहरुमा भ्लादिभिर इल्यिच लेनिनको बाल्यअवस्था र यौवन बित्यो ।

लेनिनका बाजे निकोलाई उल्यानोभ निझेगरद गुबोर्नियका बासिन्दा हुनुहुन्थ्यो । उहाँ रुसी भूदास हुनुहुन्थ्यो । लेनिनको बुबा इल्या निकोलाएभिच उल्यानोभ उच्च शिक्षा हासिल गर्नुभएका एक शिक्षित व्यक्ति हुनुहुन्थ्यो ।

लेनिनकी आमा मारिया अलेकसान्द्रभ्ना एक डाक्टरकी छोरी हुनुहुन्थ्यो । उहाँले घरमै शिक्षा पाउनु भएको थियो । लेनिनकी आमाले धेरै विदेशी भाषाहरु जान्नु भएको थियो । उहाँले साहित्य र संगीतप्रति ठूलो प्रेम राख्नु हुन्थ्यो ।

उल्यानोभ परिवारमा छ जना केटाकेटीहरु थिए– आन्ना, अलेकसान्दर, भ्लादिभिर, ओल्गा दिमित्री र मारिया । बाबुआमाले केटाकेटीहरुलाई बुहपक्षीय शिक्षा दिने र उनीहरुलाई परिश्रमी, इमान्दार, सुशील र सार्वजनिक आवश्यकताहरुप्रति जागरुक बनाउने भरसक प्रयास गरे । यो कुनै संयोगको कुुरा थिएन कि उल्यानोभ परिवारका सबै केटाकेटीहरु पछि गएर क्रान्तिकारी बने ।

भ्लादिभिर उल्यानोभ (लेनिन) को लेनिनको बाल्यअवस्था विशाल र असाधारण रुपमा मिलनसार परिवारमा बित्यो । उहाँ केटाकेटी उमेर देखि नै निकै साहसी र प्रफुल्ल मिजाजको हुनुहुन्थ्यो ।

पाँच वर्षकै उमेरमा लेनिनले पढ्न लेख्न सिक्नु भयो । नौ वर्षको उमेरमा उहाँ सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना हुनु भयो । लेनिन असाधारण प्रतिभाशाली छात्र हुनुहुन्थ्यो । पढाई नै उहाँका लागि सबैभन्दा ठूलो कुरा थियो । उहाँ आफ्नो कक्षामा सधैं पहिलो स्थान ग्रहण गर्नु हुन्थ्यो ।

लेनिन किताबहरु पढ्न धेरै रुचाउनु हुन्थ्यो । उहाँले सानै उमेरमा पुस्किन, लेभेन्तम, गोगल, तुर्गेनेभ, तिक्रासभ, साल्तिकोभ–सौद्रिन र तालस्टायकका कृतिहरु पढि सक्नु भएको थियो । लेनिनले बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की दोब्रोल्यूबोभ र पिसारेभ जस्ता क्रान्तिकारी डेमोक्रेट्हरुका पनि पढ्न भ्याइसक्नु भएको थियो । यी लेखकहरुका धेरै जस्ता कृतिहरु त्यसबेला प्रतिबन्धित थिए । चेर्निसेभ्स्कीको उपन्यास ‘के गर्ने’ ? उहाँलाई विशेष मन पथ्र्यो ।

युवा लेनिनका दृष्टिकोणहरुमाथि उहाँको परिवार र वरिपरिको जीवन, प्रगतिशील रुसी साहित्यले निकै ठूलो प्रभाव पारेको थियो ।
लेनिन आफ्नो जेठो दाजु अलेक्सान्दरबाट निकै प्रभावित हुनुहुन्थ्यो । अलेक्सान्दर दरिलो स्वभाव र धेरै उच्च नैतिक चरित्र भएका व्यक्ति हुनुहुन्थ्यो । लेनिनकी दिदी आन्ना इल्यिनिच्ना उल्यानोभ एलिजारोभाले आफ्नो संस्मरणमा भन्नु भएको थियो, “प्यारो भाई अलेक्सान्दरको उदाहरण भ्लादिभिरको लागि निकै महत्वपूर्ण थियो ।” बालक कालदेखि नै लेनिनले हरेक कुरामा दाजुको अनुसरण गर्नु हुन्थ्यो । आफ्नो जेठो दाजु अलेक्सान्दरबाट नै लेनिनले माक्र्सवादको साहित्यको प्रारम्भिक ज्ञान हासिल गर्नु भएको थियो ।

सन् १८८६ मा अकस्मात पिताको देहवसान भयो । किशोर अवस्थामा नै लेनिनले ठूलो चोट सहनु प¥यो । मार्च १८८७ मा दाजु अलेक्सान्दर पिटर्सवर्गमा गिरफ्तार हुनु भयो । उहाँमाथि रुसी जार अलेक्सान्दर तृतीयाको हत्या षडयन्त्रमा सामेल भएको आरोप लगाइएको थियो । त्यसै वर्षके मे महिनामा अलेक्सान्दरलाइ श्लिसेलबुर्ग किल्लामा फाँसी दिएर हत्या गरियो । आन्ना इल्यिनिच्नाले लेख्नु भएको थियो, “अलेक्सान्दर सहिद भए । उनको रगतले चम्किएको क्रान्तिकारी लाली, उनकै बाटोमा लागेका भाई भ्लादिभिरको लागि पथप्रदर्शक बन्यो ।”
दाजुको फाँसीले लेनिनलाई ठूलो चोट पु¥यायो । उहाँले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गर्नु भयो । लेनिनले व्यक्ति हत्याको बाटो गलत ठहर गरि त्यसलाई त्यागेर संघर्षको बाटो रोज्नु भयो । सन् १८९६ मा लेनिनकी आमाको मृत्यु भयो । त्यतिबेला लेनिन साइबेरियामा निर्वासनमा हुनुहुन्थ्यो ।

“ठोस परिस्थितिको ठोस विश्लेषण नै माक्र्सवादको आत्मा हो” भन्नु हुने लेनिन माक्र्सवादको सिर्जनात्मक प्रयोगकर्ता हुनुहुन्छ । “माक्र्सवाद कुनै निर्जीव जडसूत्र होइन, यो कुनै बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त होइन, अपितु यो कामको सजीव मार्गदर्शक सिद्धान्त हो” भन्नु हुने लेनिन लेनिनवादका प्रवर्तक समेत हुनु हुन्छ ।

पार्टी निर्माण र परिचालनका निम्ति जनवादी केन्द्रीयताको सिद्धान्त अर्थात लेनिनवादी संगठनात्मक सिद्धान्तका प्रतिपादक समेत रहनु भएका लेनिनले समाज विज्ञानको विकासको नियमलाई ऐतिहासिक भौतिकवादी द्वन्द्ववादको आधारभूत सिद्धान्तका आधारमा साम्राज्यवाद पुँजीवादको चरम अवस्था, पुँजीवादको भरनासन्न अवस्था हो र आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण संघर्षको युग हो’ भन्ने विश्लेषण गर्दै “साम्राज्यवादी युग सर्वहारावर्गले पुुरा गर्ने क्रान्तिको पूर्वबेला हो” भन्नु हुने लेनिनले वैज्ञानिक समाजवादी क्रान्तिका निम्ति कुनै देशमा वस्तुगत र आत्मगत परिस्थिति परिपक्व भनेको छ भने एउटै देशमा पनि समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्नु हुदै लेनिनले सन् १९१७ अक्टुबर २५ (नोभेम्बर ७, रुसी क्यालेण्डर अनुसार) मा महान् रुसी अक्टुबर समाजवादी क्रान्ति आफ्नै नेतृत्वमा सम्पन्न गरेर व्यवहारमै प्रमाणित गरि दिनु भएको थियो । यो भन्दा पहिले माक्र्सले संसारभर पुजीवादी क्रान्ति भए पाश्चात विश्वभर एकै साथ समाजवादी क्रान्ति सम्पन्न भएर मानव समाज साम्यवादतीर अगाडि बढ्ने छ भन्नु भएको थियो ।

“प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त झन कुरै छोडौं” भन्नु हुने लेनिन संगठनात्मक एवंम् राजनीतिक तथा सैद्धान्तिक रुपमा यसरी अगाडि बढ्नु भयो ।

सन् १८९२ मा लेनिन सामारामा पहिलो माक्र्सवादी अध्ययन मण्डली खोल्नुभयो । मजदूर स्कूलकी मास्टर्नी नादेज्दा कन्स्ताम्तिनोभ्ना क्रुप्सकायासँग पहिलोचोटी सन् १८९४ मा लेनिनको जास्ताभाको आइतबारे सन्ध्या स्कूलमा परिचय भयो । त्यसपछि सामूहिक कार्यले दुबैलाई नजिक ल्यायो ।

सन् १८९५ मा लेनिनले पिटर्सवर्गका माक्र्सवादी अध्ययन मण्डलीहरूलाई संगठित गर्नुभयो । त्यसलाई मजदूर वर्ग मुक्ति संघ नाम दिइयो । यो रुसको क्रान्तिकारी माक्र्सवादी पार्टीको पहिलो बीउ थियो । सन् १८९७ फरबरी १३ मा लेनिनलाई ३ वर्षे पूर्वी साइबेरिया जाने निर्वासन दण्ड दिइयो । यो ३ वर्षे अवधिमा लेनिनले ३० वटा महत्वपूर्ण कृति लेख्नुभयो ।

एक वर्षपछि क्रुप्सकायालाई पनि मुक्ति संघमा लागेको आरोपमा निर्वासनमा पठाइयो तर लेनिनको दुलहीको रूपमा शुशेन्सकोयेमा निर्वासन काल बिताउने अनुमति दिइयो र त्यही लेनिनसँग विवाह भयो । निर्वासन सिद्धिएर फर्किएपछि सन् १९०० को मे महिनामा पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गिरफ्तार हुनुभयो तर रिहा हुनुभयो । त्यसपछि १६ जुलाई १९०० मा लेनिन जर्मनीतर्फ लाग्नुभयो र त्यहाँ उहाँ ५ वर्षसम्म रहनुभयो ।

सन् १९०० को डिसेम्बरमा इस्क्रा (फिलिङ्को) को पहिलो अंक जर्मनीबाट प्रकाशित भयो । त्यसपछि उक्त पत्रिका १९०२ मा लण्डनबाट र १९०३ मा जेनेभाबाट प्रकाशित भयो । यो पत्रिका निकाल्न लेनिनलाई पूरै १ वर्ष लाग्यो । पत्रिकाको सबैभन्दा माथि ‘यो फिलिङ्को राँको बन्नेछ’ लेखिन्थ्यो । यसपत्रिकालाई १९०३ को रसियाली सामाजिक जनवादी मजदूर पार्टीको दोस्रो महाधिवेशनले मुखपत्रको रूपमा मान्यता प्रदान ग¥यो ।

सन् १९०१ देखि भ्लादिमिरले आफ्ना केही लेखहरू लेनिनको नामबाट छपाउन थाल्नुभयो । (क्रुप्सकायाको भनाइअनुसार लेनिन नाम साइबेरियाली नदी लेनाबाट राखिएको हो ।)  सन् १९०५ अप्रिलमा लण्डनमा रसियाली सामाजिक जनवादी मजदूर पार्टीको तेस्रो महाधिवेशन बस्यो । महाधिवेशनले लेनिनलाई पार्टी अध्यक्ष निर्वाचित ग¥यो । यसलाई लेनिनले दुई महाधिवेशन र दुई पार्टीको संज्ञा दिनुभयो किनभने मेन्सेभिकहरू महाधिवेशनमाउपस्थित हुन अस्वीकार गरेका थिए । 

लेनिन पार्टीको मुखपत्र प्रलेतारिइको सम्पादक मनोनीत हुनुभयो । सन् १९०५ नोभेम्बरमा लेनिन पिटर्सवर्ग जानुभयो र देशभित्रै बसेर पार्टी र विद्रोहको नेतृत्व गर्न थाल्नुभयो । सन् १९०५ अक्टोबर–डिसेम्बरसम्मको विद्रोहले पराजय भोगे पनि त्यो लेनिनको भनाइमा मजदूरवर्गको अविष्मरणीय कदम हो । सन् १९०६ अप्रिलमा पार्टीको चौथो एकता महाधिवेशनमा भाग लिन लेनिन स्टकहोम जानुभयो । यसमा मेन्सेभिकहरू पनि सहभागी थिए तर भूमिसम्बन्धी नीतिमा बोल्सेभिकहरूसँग घमासान संघर्ष भयो । पार्टी केन्द्रीय समितिमा मेन्सेभिकहरूले आफ्नो बहुमत कायम गर्न सफल भएर पार्टी मुखपत्र पनि कब्जा गरे ।

सन् १९११ को वसन्तमा लेनिनले पेरिस नजिक लोन्स्युमो वस्तीमा पार्टी स्कूल खोल्नुभयो । यो स्कूल भावी बोल्सेभिक पार्टी स्कूल र कम्युनिष्ट विश्वविद्यालयको जग थियो, जसमा भूमिगत मजदूर कार्यकर्ताहरू अध्ययन गर्थे । सन् १९१२–१४ को अवधिमा प्राभ्दामा २८० भन्दा बढी लेनिनका लेखहरू छापिए र यी लेखहरूमध्ये धेरै भ.इल्यिन, भ. फ्रेइ, भ.इ., त, प्राभ्दावादी, तथ्यांकशास्त्री, पाठक उपनाममा लेखिएका थिए ।

सन् १९१२ को शरदमा चौथो ड्यूमाको चुनाव भयो र लेनिनको पार्टी बोल्सेभिकले पनि भाग लियो, जसमा ६ जना निर्वाचित भएका थिए । उता मेन्सेभिकका ७ जना निर्वाचित भए । प्रथम विश्वयुद्धको कडा बिरोध गर्ने लेनिनलाई झूटो सूचनाको आधारमा अष्ट्रियाली सरकारले गिरफ्तार ग¥यो र जारशाहीको जासूसीको आरोप लगाइयो । लेनिनका पाण्डुलिपीहरूलाई जासूसी कोड भएको दस्तावेज भनियो तर व्यापक जनदवावपछि २ हप्तामा छोडियो ।
सन् १९१७ फरबरीमा बोल्सेभिक पार्टीको आव्हानमा पेट्रोग्रादमा मजदूरहरूले आम हड्ताल गरे । यसमा २ लाख भन्दा बढी मजदूर सहभागी थिए । नारा थिए– जारशाही– मूर्दावाद, युद्ध नाश होस्, रोटी–रोटी । सन् १९१७ अप्रिल ३ को राति लेनिन झण्डै १० वर्षपछि निर्वासनबाट पेट्रोग्राद फर्कनुभयो । लालझण्डा बोकेका हजारौं श्रमिकहरूलाई बुलेटप्रुफ मोटरमा चढेर सम्बोधन गर्नुभयो । बुर्जुवा जनवादीक्रान्तिले बुर्जुवा वर्गको हातमा सत्ता गएपछि लेनिनले अस्थायी सरकारलाई असहयोग र सम्पूर्ण सत्ता सोभियतहरूलाई भन्ने नारा अघि सार्नुभयो ।
सन् १९१७ जुलाइ ५ को राति जारशाहीका गुण्डाद्वारा प्राभ्दाको कार्यालयमा आक्रमण गरे, जहाँ लेनिन हुनुहुन्थ्यो तर उहाँ बाँच्न सफल हुनुभयो । 

अस्थायी सरकारको अध्यक्ष केरेन्स्कीले लेनिनलाई गिरफ्तार गर्न मद्दत गर्ने व्यक्तिलाई धेरै पैसा इनाम दिने घोषणा ग¥यो तर लेनिन भने पेट्रोग्राद नजिकको राजलिफ तलाउको किनारामा रहेको छाप्रोमा फिनल्याण्ड निवासी घाँसीको रूपमा भूमिगत भई काम गर्न थाल्नुभयो । त्यहीं उहाँले ‘राज्य र क्रान्ति’ भन्ने प्रसिद्ध पुस्तक लेख्नुभयो । सन् १९१७ जुलाइको अन्त्यमा पेट्रोग्राद अर्धभूमिगत ढंगबाट पार्टीको छैठौं महाधिवेशन भयो र लेनिन अस्थायी सरकारको न्यायालयमा जान नहुने निर्णयसहित लेनिनलाई सम्मानीय अध्यक्षमा चुन्यो ।सन् १९१७ अक्टोबर १६ मा बसेको पार्टी केन्द्रीय समितिको विस्तारित बैठकलाई लेनिनले सम्बोधन गर्दै तुरुन्तै सशस्त्र विद्रोह शुरु गर्न आव्हान गर्नुभयो ।

सन् १९१७ अक्टोबर २५ को विहानीपख टेलिफोन, टेलिग्राम, रेडियो स्टेशन, नेभा नदीका पुलहरू, रेल स्टेशनहरू र राजधानीका मुख्य–मुख्य अड्डाहरूमा विद्रोही मजदूर, सिपाही र नौसैनिकहरूले कब्जा गरे । त्यसैदिन श्रमिक तथा सैनिक डेपुटीहरूको पेट्रोग्राद सोभियत क्रान्तिकारी सैनिक समितिले नागरिकहरूलाई सम्बोधन गरिएको एक घोषणापत्र प्रकाशित ग¥यो । त्यसैदिन २.३० बजे पेट्रोग्राद सोभियतको ऐतिहासिक बैठक शुरु भयो र त्यहाँ लेनिनले समाजवादी क्रान्तिको विजयबारे निकै जोशिलो भाषण दिनुभयो ।

सोभियतहरूको दोस्रो महाधिवेशनले श्रमिक तथा सैनिक डेपुटीहरूका सोभियतहरूको एक अखिल रसियाली केन्द्रीय कार्यकारिणी समिति छान्यो र मन्त्रिमण्डल (कमिसार परिषद्) पनि गठन ग¥यो । जसको अध्यक्षमा लेनिन चुनिनुभयो । सन् १९१८ मार्च ६ को दिन पेट्रोग्रादमा सातौं पार्टी महाधिवेशन शुरु भयो । यसमा लेनिनको प्रस्तावअनुरूप पार्टीको नाम रसियाली कम्युनिष्ट पार्टी (बोल्सेभिक) राखियो ।

सन् १९१८ अगस्त ३० मा एसेर पार्टीकी सदस्य काप्लानले लेनिनमाथि गोली चलाइ र लेनिन सख्त घाइते हुनुभयो, किनभने ती गोलीहरू विषाक्त थिए । सन् १९१९ को मार्चमा मस्कोमा तृतीय अन्तर्राष्ट्रिको गठन र प्रथम महाधिवेशनमा लेनिनले नेतृत्व प्रदान गर्नुभयो ।
जनवरी २३ मा महान लेनिनको देह गोर्कीबाट मस्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । ४ दिनसम्म लाखौं मजदूर र किसान –बच्चादेखि बृद्धासम्म) हरूले आफ्ना महान नेता लेनिनबाट विदा हुँदै श्रद्धाञ्जली दिए ।

जनवरी २७ दिउँसो ४ बजे लेनिनको अन्त्येष्टिको जुलुस निस्कियो । लेनिनको देह कफन लालमैदान विशेषरूपले बनाइएको समाधिमा राखियो । लेनिनद्वारा लिखित निम्न पुस्तकहरुले माक्र्सवादी ज्ञानसिद्धान्तलाई समृद्धशाली बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । जो यसप्रकार छन्–

– आर्थिक स्वच्छन्दताको चरित्र चित्रण (१८९७, दर्शन)
– रुसमा पूँजीवादको विकास (१८९९, अर्थशास्त्र)
– के गर्ने ? (१९०१–०२, समाजवाद)
-एक पाइला अघि दुई पाइला पछि (१९०४, समाजवाद)
– जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति (१९०५, समाजवाद)
– क्रान्तिकारी पार्टी र क्रान्तिकारी सेना (१९०५, समाजवाद)
– भौतिकवाद र अनुभवसिद्ध आलोचना (१९०८, दर्शन)
– माक्र्सवाद र संशोधनवाद (१९०८, समाजवाद)
– माक्र्सवादका ३ स्रोत र ३ संघटक अंग (१९१३, दर्शन)
– दार्शनिक नोटबुक (१९१४–१६, दर्शन)
– साम्राज्यवाद ः पूँजीवादको चरम अवस्था (१९१६, अर्थशास्त्र)
– समाजवाद र युद्ध (१९१६, समाजवाद)
– समाजवादी क्रान्ति र जातिहरूको आत्मनिर्णयको अधिकार (१९१६, समाजवाद)
– सर्वहारावर्गको सैन्य कार्यक्रम (१९१६, समाजवाद)
– युद्ध र क्रान्ति (१९१७, समाजवाद)
– राज्य र क्रान्ति (१९१७, समाजवाद)
– माक्र्सवाद र विद्रोह (१९१७, समाजवाद)
– अप्रिल थेसिस (१९१७, समाजवाद)
– सर्वहारा अधिनायकत्वको युगमा अर्थनीति र राजनीति (१९१९, अर्थशास्त्र)
– सर्वहारा क्रान्ति र गद्धार काउत्स्की (१९२०, समाजवाद)
– वामपन्थी साम्यवाद ः एक बालरोग (१९२०, समाजवाद)
– जुझारु भौतिकवादको महत्व (१९२२, दर्शन)
– सहकारी व्यवस्थापनबारे (१९२३, अर्थ)

यस अतिरिक्त दसौँ खण्डमा एक सेट, आठौँ खण्डमा एक सेट, चौथो खण्डमा एक सेट र उहाँका ४५ वटा संकलित रचनाहरु प्रकाशित भएका छन् । लेनिनका यहाँ उल्लेखित कृतिहरु ज्यादै मननीय छन् . 

विजय प्राप्त गर्ने र शक्ति आफ्नो हातमा लिने कुरा तिनै मानिसको लागि सम्भव छ, जो जनतालाई विश्वास गर्छन् र जो जनताको सिर्जनात्मक प्रतिभामा विश्वास राखेर फड्को मार्नका लागि तयार हुन्छन् । तिमी त्यतिबेला मात्र कम्युनिष्ट हुनसक्छौ, जतिबेला मानव जातिले सिर्जना गरेका सम्पूर्ण खजानाहरूले आफ्नो मस्तिष्कलाई तिमी समृद्ध पार्न सक्छौ ।

त्यो मानिस मानिस नै होइन जसले गल्ती गर्दैन । त्यो मानिस पनि मानिस होइन जसले गल्ती महसुस गरेर केही सच्याउँदैन । (दोस्रो डुमा १९०६ को चुनाव बहिष्कार गल्ती भएको स्वीकार्दै) यदि आफ्नै देशको सरकारले पनि अन्यायपूर्ण युद्ध सञ्चालन गरेको छ भने हामीले त्यसको बिरोध गर्नुपर्छ । कसैले त्यस्तो सरकारमा भाग लिएमा वा आफ्ना सदस्यहरूलाई सदनमा पठाएको छ भने आफ्ना प्रतिनिधिहरूलाई फिर्ता बोलाएर समेत सरकारको बिरोध गर्नुपर्छ ।

तिमी नाराले जनताको पेट भर्न सक्दैनौं ।

कम्युनिष्ट पार्टी भनेको वर्गसंघर्षको इतिहासमा मानव जातिले आर्जन गरेको ज्ञानद्वारा सुसज्जित नवमानवद्वारा बनेको बहुसंख्यक शोषित–पीडित, श्रमजीवी तथा सर्वहारावर्गको अभिन्न अंगको रूपमा रहेको अग्रदस्ता हो । विद्यार्थीहरूको आवाज स्यालको हुइयाँ मात्र होइन, एक कुशल शिकारीको अचुक निशाना हो ।

राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो ।

जातिहरूको आत्मनिर्णयको अधिकारको अर्थ अनन्यरूपसँग राजनीतिक अर्थमा स्वतन्त्रताको उत्पीडनकारी राष्ट्रबाट मुक्त राजनीतिक पृथकताको राजनीतिक अधिकार हो । ठोसरूपमा राजनीतिक जनवाद यो मागको अर्थ हो । अलग हुनका लागि आन्दोलन गर्ने पूर्ण स्वतन्त्रा तथा अलग हुने जातिको जनमत संग्रहद्वारा पृथकताको प्रश्नको निर्णय । यसैलेयो माग पृथक राज्यको टुक्रा–टुक्रा गर्ने तथा साना–साना राज्य गठन गर्ने माग कदापि होइन । यो त सम्पूर्ण प्रकारको जातीय उत्पीडनको विरुद्धको संघर्षको मात्र सुसंगत अभिव्यक्ति हो । कुनै जनवादी राज्यप्रणाली पृथकताको जति नजिक हुन्छ, पृथक हुने काममा व्यवहारमा त्यति नै बिरल र त्यति नै क्षीण हुनेछ । हामीले शिक्षा गैरराजनीतिक हुनुपर्छ भन्ने पुरानो मान्यतालाई परित्याग गर्नुपर्छ । हामीले राजनीतिबाट अलग्याएर शैक्षिक काम गर्न सक्दैनौं ।

वास्तवमा यदि कसैले सानो गल्तीमा अड्डी लिन्छ, त्यसको औचित्य सिद्ध गर्न अधिक गम्भीर तर्क खोज्न थाल्दछ र त्यसलाई अन्तिम सीमासम्म पु¥याइदिन खोज्छ भने त्यो सानो गल्तीले विभत्स र विराट रूप धारण गर्न पुग्छ । माक्र्सवाद कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाउ वा अपरिवर्तनीय सिद्धान्त नै, बरु यो त कार्यमा पथप्रदर्शक हो । 

केवल सशस्त्र जनता नै स्वतन्त्रताका असली रक्षक हुन्छन् ।

साम्राज्यवादी युग मुठ्ठीभर महाशक्तिद्वारा सम्पूर्ण विश्वका जातिहरूको निरन्तर बढ्दो उत्पीडनको युग हो । त्यसकारण जबसम्म जातिहरूको आत्मनिर्णयको अधिकार स्वीकार गरिदैन तबसम्म साम्राज्यवादका विरुद्ध अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिका लागि लड्न असम्भव छ ।

जसले वर्गसंघर्षलाई मात्र मान्दछ, ऊ माक्र्सवादी होइन, ऊ सम्भवतः अझै बुर्जुवा चिन्तन र बुर्जुवा राजनीतिको दायरामा नै चक्कर काटिरहेको हुन्छ । माक्र्सवादी केवल त्यही हो, जसले वर्गसंघर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको केवल त्यही हो, जसले वर्गसंघर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको मान्यतासम्म विस्तारित गर्दछ ।

संसारमा कुनै पनि सामाजिक जनवादी पार्टी (कम्युनिष्ट पार्टी–सं.) कठोर संघर्ष तथा सर्वहारावर्गका पूँजीवादी सहयात्रीका साथ अनेक फुटविना विशेषरूपमा पूँजीवादी क्रान्तिको समयमा कहिल्यै तयार भएका छैनन् ।

“क्रान्तिका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी आवश्यक पर्दछ” भन्नु हुने लेनिनले क्रान्तिकारी विचारको निर्माण र क्रान्तिकारी पार्टी निर्माण गर्ने क्रममा लेनिनले दोस्रो अन्र्तराष्ट्रिय (१८८९–१९१४) का नेताहरु र स्वयम् पार्टी भित्रका अवसरवादीहरुसँग कदा विचारधारात्मक संघर्ष गरेर मात्र क्रान्तिलाई विजयमा पु¥याउनु भएको थियो ।

“क्रान्तिका सपनाहरु देख्न छोड्नु हुन्न” भन्नु हुन् महान् लेनिनको सन् १९२४ जनवरी २३ तारिखका दिन बेलुकी ६.३० बजे दिमागको नसा फुटेर, लेनिन–गोर्की हिल्समा देहवसान भयो । लेनिनको देहलाई लेनिन–गोर्की हिल्सबाट मस्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । ४ दिनसम्म लाखौं मजदुर, किसान र (बच्चादेखि बृद्धसम्म) हरुले आफ्ना महान् नेता लेनिनबाट बिदा लिदै श्रद्धाञ्जली दिए । सन् १९२४ जनवरी २७ तारिखको दिउसो ४ बजे लेनिनको अन्त्यस्टिको जुलुस निस्कियो । लेनिन देह (पार्थिव शरीर) लालमैदानमा विशेष रुपले बनाइएको समाधिमा राखियो । वैज्ञानिक ढंगले राखिएकोले अहिले सम्म पनि महान् लेनिनको पार्थिव शरीर (शब) जस्ताको तस्तै छ । ऐतिहासिक रुसी यात्राका क्रममा सन् २०१७ नोभेम्बर २ तारिखका दिन मैले नै रुसको राजधानी मस्को स्थित लालमैदानमा पुगेर महान् लेनिनको पार्थिव शरीर (शव) माथि लाल सलामको सलामी दिने मौका मलाई पनि प्राप्त भयो । यो क्षण एक अविस्मरणीय रहन गयो ।