नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व सक्रिय

प्रकाशित मिति : २०७४ माघ ८

- डा. शास्त्रदत्त पन्त

१. नेपाल भारत दुई देशबीच १७५१ किमी लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सीमास्तम्भले छुट्याइएको छ । त्यस्ता सिमानाहरू पर सार्ने, सीमास्तम्भहरू तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बासोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रूपमा हुँदै आएका छन् । नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व (सरकार, नोकरशाही, दल, राज्य, ‘रअ’ र जनता) सक्रिय छन् । आजसम्म नेपालका २२ जिल्लाका ८७ ठाउँमा सीमा अतिक्रमण भएका छन् । सबै ठाउँमा भारतीय पक्षबाट मात्र भएका छन् र नेपालीबाट कहीँ पनि भएको छैन । चीन, पाकिस्तान, बंगलादेशसँग जस्तै अनवरत रूपमा तिनै तर्फबाट नेपालको सीमा मिच्ने काम जानाजान तथा बदनियत्पूर्वक गरेको छ ।
२. सीमा समस्या समाधान गर्न म्यान्डेट नै नपाएको अनिर्बा्चित सरकारले २०६४ सालमा सुस्ता र कालापानीबाहेक अरु सीमासमस्या समाधान भएको घोषणा छ । ८७ मध्ये ८५ ठाउँ २०४७ पछि अतिक्रमित भएका हुन् २ ठाउँ त्यस पूर्वका हुन् । राजनीति तरल र तीनै शक्ति भारत पक्षधर भएका बेलामा भारतले एकतर्फी बनाएका नक्साअनुसार भातीय पक्षबाट ८७ ठाउँमा अतिक्रमित भूू–भाग सबै भारतको हुने गरी गरिएको समझदारी गलत र भ्रामक छ । आप्mना पालाका अतिक्रमणलाई भारतले भने अनुसार मान्यता दिएको र पञ्चायतकालीनलाई यथावत् राखिनुले थप शंका उब्जेका छन् । अतिक्रमण बढिरहे छन् । यस्ता खाले सीमा समस्या चार खाले छन्
(१) सीमा क्षेत्र अतिक्रमण गर्ने,
(२) सीमास्तम्भ भत्काउने र गायवगर्ने,
(३) दशगजा अतिक्रमण गनर्,े
(४) नदी बहावको विप्रतिप सीमानामा बाँध बानेर नेपाललाई डुबान गर्ने ।
३.१. सुस्ता र कालापनी पञ्चायतकालपूर्वदेखिका विवादित क्षेत्र हुन् । सुस्ता क्षेत्रलाई पञ्चायत कालमै नेपालले फिर्ता लिएर त्यहाँ सर्भे नापी समेत गराएर किसानलाई लालपुर्ज वितरण गराई सकेको हो । त्यस क्षेत्रमा छुट्टै सुस्ता गाउँ पञ्चायत पनि गठन गरिएको थियो । भारतीय बलबाट २०४७ सालमा नेपालको राजनीतिमा परिवर्तन आएपछि भारतले त्यो जग्गा नेपाली किशानबाट सीमा बल प्रयोग गरेर कम्जाम लिएको छ । यो घटनाले सीमा अतिक्रमणको कुरा मात्र होइन नेपाली दलका नेता कसरी भारतका मुठीमा छन् र भारतले जे अन्याय गरे पनि तत्कालै अन्धा र बैरा भईनै हाल्दछन् भन्ने कुरा पनि पुष्टी हुन्छ ।
३.२. कालापानी फिर्ता गराउन पञ्चायत काल सक्रिय थियो । त्यहाँ भारतीय सेनाको क्याम्प नै भएकोले नेपालले सेना प्रयोग गरेर पाकिस्ता र चीनसँगको तितो अवस्था आउन नदिन मात्र शान्ति मार्ग अबलम्बन गर्द फिर्ता गर्न बाँकी थियो, छ ।
३.३. पञ्चायत कालमै भारतले नेपाल भूमिमा निर्माण गर्न लागेको टनकपुर बाँधमा प्रयोग भएका ट्रकहरू, बुलडोजर र क्रेनहरू बल प्रयोग गरेर नेपालले जफत गरेको थियो । त्यसपछि उनीहरूले त्यो भूमि छाडेका थिए । यथार्थमा त्यो बलको प्रयोग कालापानीमा पनि छाड्न भन्ने थियो ।
३.४. २००७ सालको राजनीतिक परिवर्तन पछि नेहरूको आसय बमोजिम नेपालका उत्तरी सीमानका सबै महत्वपूर्ण ठाउँमा चेकपोष्ट राखिएका थिए । पञ्चायत कालमा नेपालले ती सबै चौकी हटाएको थियो र नेपाल एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देश हो भन्ने मेसेज विश्वलाई दिएर नेपालको प्रतिष्ठा बढाएको थियो ।
३.५. सबै देशले आफना सबै भू–भागमा आवश्यक्ता अनुसार सबैलाई पस्न नपाउने व्यवस्था गरेको हुन्छ । भारतमा पनि त्यस्ता धेरै ठाउँ छन् । हिमालय क्षेत्र प्राकृतिक विविधता भएको, त्यहाँ भएका कला, साहित्य, गुम्बा, जडिबुटी, भू–स्खलन, पशुपंक्षी आदि तथा नेपाल भूमीको प्रयोग गरेर चीनको जासुसी गर्ने जस्ता अनेक कारणले यो क्षेत्र नेपालको सामरिक महत्वको क्षेत्र हो, यो विश्वसम्पदा क्षेत्र पनि हो । त्यसकारण यहाँ प्रवेश गर्न निशेध गरिएको थियो, गर्नु पर्दछ । तर वि.स.२०४७ पछिका नेकाँको सरकाले भारतको दबाबमा ती क्षेत्रलाई खुला गरिदिएको छ । यसमा अमेरिका र पश्चिमी देश पनि खुसी भएका छन् । यहाँका जडिबुटी पश्चिमाले दर्ता गर्दै गएका छन् ।
४.१. सीमा क्षेत्र अतिक्रमणमा दार्चुलाको कालापानीमा चीन र भारतबीच युद्ध भएका बखतदेखि ३७२ वर्ग कि.मि. क्षेत्र भारतीय सेनाले अतिक्रमण गरेर राखेको छ । सन् १९६५ देखि अहिलेसम्म भएका जनगणना तथा सर्भे नापीका अभिलेखहरू तथा मालमा आवादी जग्गाको मोठ र नक्सा तिरोभरो नैपालीको नै छ ।
४.२. महाकाली नेपालको पश्चिम सीमानदी भएपछि बैतडीदेखी नै ंिसँगो महाकाली नदी मझधार सीमा हुन सक्दैन । सबै नदी नेपालको हो त्यसलाई मझधारसम्म अतिक्रमण गरिएको छ ।
४.३. कञ्चनपुर जिल्लाकोे शारदा नहर उत्तर टनकपुरमा २२२ विघा जमिन भारत सरकारले अतिक्रमित गरेको छ र ४० नंं.को सीमास्तम्भ निशाना नै नरहने गरी भत्काइएको छ । ब्रह्मदेब मण्डीमा सीमास्तम्भ गायव गरेर अतिक्रमण गरिएको छ । परासन रामपुर–विलासपुर, मुण्डा, टिल्टामा क्षेत्रहरूमा ३०७ विघास दोधारा, चाँदनी र लक्ष्मीपुर दश विगाहा, झिलमिलामा १५ विघा, बेलडानीमा १५ विघा र शुक्लाफन्टामा २४ वर्ग कि.मि. जमिनमा भारतीय नागरिकले अतिक्रमण गरी बसेका छन् । बनबासाको दशगजा अतिक्रमित छ । त्रिभुवनवस्तीका सबै र बुद्धवस्तीको सीमास्तम्भ नंं. १९७ का १८ वटा घडेरी प्लटहरू अतिक्रमित छन् । शिवपुरको ४० नं.को पिलर भत्काएर अतिक्रमण गराईएको छ । शारदा ब्यारेजमा १४.८५ हे. जग्गा अतिक्रमण गरिएको छ ।
५. कैलालीको वीरनाला र भन्दानालाबीचको सीमा स्तम्भ गायब गरी नेपालको भू–भाग र फूलबारी गाउँको मोहना नदीका दुबै किनाराका वन भारततिर गाभिएको छ ।
६.१. बर्दियाको पराशन क्षेत्रका १९२ देखि १९८ नम्बरसम्मका सीमास्तम्भ र पाँचवटा उपसीमास्तम्भ गायव गरेर ६७.५ विघा जमिन अतिक्रण भएका छन् । शालापुरका सीमास्तम्भ नं. ६१÷१ र ६१÷४ हटाएर ७० विघा अतिक्रमण भएको छ । गुलरियाको दक्षिणतर्फको जंगल पनि अतिक्रमण गरेर निशाना लगाएका (म्झबचअबतष्यल) छन् । चभौकी र सरला गाउँ ६१ नं. सीमास्तम्भ गायव गरेर ६७.५ विघा जमिन अतित्रमण गरेका छन् । खैरी र तप्रामा ६२÷२ देखी ६२÷८ सम्म तथा सदरमुकाम गुलरिया न.पा.को सीमास्तम्भ गायब गरेर शयौं बिघा जमिन अतिक्रमण गरिएको छ ।
६.२. यहाँँ भएको यस्तो अतिक्रमणका कारण सीमा बलले बैयक्तिक इबी साँध्न २०६४ साल कार्तिक ९ गते साइकलमा घरायसी सामान किनेर घरतिर आएको अवस्थाको रामदुलारे चमारलाई एसएसविका शिवकुमार ठाकुरले दशगजामा गोली हानी हत्या गरियो र ३ दिनपछिमात्र शव फिर्ता गरेको थियो । बंगलादेशतिर यसैगर्ने गरेको रबैया अब नेपालतिर पनि थालिएको छ । यो घटना राज्य आतङ्क हो र नेपालीलाई तर्साएर काबुमा राख्ने नियतले गरिएको हो ।
७. नेपालगन्जको सन्तालीया क्षेत्रमा दशगजा अतिक्रमण भएको छ ।
८. दाङदेउखुरीको कोइलाबास रेन्जको हर्नडाँडा र डुडुवा रेन्जको भू–भाग भारतीयहरूले अतिक्रमण गरेका छन् । यसको क्षेत्रफल नाप्न बाँकी छ ।
९. कपिलवस्तुको आरानालामा सीमास्तम्भ गायव गरिएर सालको वन गोण्डा जिल्लाको रामनगर वन डिभिजनले कब्जामा राखेको छ ।
१०. रूपन्देहीको बेल्डिहा र सुनौली नाकामा अतिक्रमण गरेर त्यहाँँ भारतले प्रहरी चौकी, शौचालय, भारत प्रवेशद्वारा, टेलिफोन र विद्युतका खम्बाहरू तथा अन्य केही भवन निर्माण गरेको छ ।
११. नवलपरासीको नारायणी नदीको सुस्ता क्षेत्रमा ३७० घरका २५०० जनाले उपभोग गरेको सर्भेनापी भएर लालपुर्जा पाएका १४,८६० हे. जमिन भारतले अतिक्रमण गरेर आफना १००० जनतालाई बसाएको छ । त्यहाँँका सीमास्तम्भ ३.५ कि.मी.उत्तर नेपालतिर सारिदिएका छन् । मदीचुर्रे दारानालामा अतिक्रमण भएको छ । भैसालोटनलाई बालमिकी नगर नामाकरण गरेर नेपालको संपदालाई भारतीय बनाउने मनोबैज्ञानिक दबाब सृजिएको छ ।
१२.१. पर्साको ठोरीका २ वटा सीमास्तम्भ गायव गरिदिएका छन् । सीमास्तम्भ नं. ८३, ८४, ५, ४५, ४६ र ४७ लाई भत्काएर नामेट पारिदिएका छन् । २० विघा जमिनमा भारतीय सैनिकले कब्जा गरेर सैनिक अड्डा बनाएको छ । अलौ, सिर्सिया, विश्रामपुर र मिसवाका सीमास्तम्भ उखेलेर ५ सय विघाभन्दा बढी जमिन अतिक्रमण गरी भारतीय सीमा बलको परेड मैदान बनाइएको छ । चुरे पहाडको माथि ठूटे खोलाको शीरसम्म अतिक्रमण गरिएको छ । उक्त स्तम्भबीचको चुरे पहाडको तल्लो पानी ढलोको हजारौँ विघाको पाटो नै अतिक्रमण गर्न कोसिश गरिएको छ । सिरसिया क्षेत्रमा रहेको ३३ नंं.को सीमास्तम्भ उखेलेर फाली सो ठाउँमा भारतले आफ्नो वाणिज्य दूतावास र भन्सार कार्यालयको भवन निर्माण गरेको छ ।
१२.२. नेपालले रक्सौल–अमलेखगंज रेल सेवा सञ्चालन गर्न सन् १९२६ जून २९ तारिखमा भारतको पूर्वी चम्पारण मोतीहारी कोर्टबाट किनेको जग्गामा भारतीयले अतिक्रमण गरी ४ सयवटा फुसका, ४ वटा पक्की, तथा भारतीय कम्युनिष्ट पार्टी (माले) को पार्टी कार्यालय भवन समेत बनेको छ ।
१३. बाराको ३८०÷३ देखि ३८०÷२६ सम्म भारतले एकतर्फी सर्भे नापी गरेर नेपालतिर नयाँ सीमास्तम्भ गाडेको छ । नेपालको संक्रमणकालीन तरल राजनीति भएको बेला पारी धेरै किसानको सयौँ बिघा खेत भारतमा पारिएको छ ।
१४.१. रौतहट र पर्सा जिल्लाको सिमानामा पर्ने बलरामपुर घोदासनको नेपाली भूमिमा निकै नै अतिक्रमण हुन पुगेको छ । सो बारे एकपटक भारतसँग वार्ता भएर पनि कुनै टुङ्गो लाग्न सकेको छैन ।
१४.२. रौतहटको जमुनाह गाविसको वडा नं ७ भारतीयको नियन्त्रणमा छ ।
१५. सर्लाहीका त्रिभूवननगर गाविसका स्तम्भ नं २५ देखि ३९ सम्म, संग्रामपुर गाविसको हथौलासम्मको भू–भाग, स्तम्भ नं २९ देखि ५१ सम्मका पुरानो सीमास्तम्भ गायव गरिएको छ । जिल्लाका १५ गाविसका दशगजा अतिक्रमण गरेर भारतीय नागरिकलाई घर बनाएर बस्न दिइएको छ ।
१६. सप्तरी जिल्लाका छिन्नामस्ता, रामपुर मलहोनियाका, सुवर्णपट्टी, लालपट्टी–गोबिन्दपुर, कुनौली विश्णुपुर र गोवर्धन गाउँहरूका सीमा क्षेत्रमा ५० मिटरभन्दा बढी सीमा अतिक्रमण गरिएका छन् ।
१७. सुनसरी जिल्लाका कटैया, पकलिया, भन्टाबारी, शिवगन्ज, शाहेवगन्जका सीमा क्षेत्रमा ७००० बिघाभन्दा बढी भू–भाग अतिक्रमण गरिएको छ ।
१८. मोरङको लुना नदीसँगै एक कि.मि. लामो भू–भाग अतिक्रमित छ । वरडंगा, आमगाछी, महादेवा, कर्सिया, रंगेलीया, झुर्किया, वरडंगा, लुना नदी किनारामा सीमास्तम्भ सारिएका छन्, कही भत्काइएका छन् र दशगजा मिचिएका छन् , घर बनाइएका छन्, व्यवसाय चलाइएका छन् ।
१९. झापाको दक्षिण र पूर्वपट्टि पृथ्वीनगरछेउमा भारतीयहरूले घर बनाएर बसेका छन् । त्यहाँँ अर्काे एउटा दशगजा र फेरि तेस्रो दशगजा नेपालपट्टिको जमिनमा बनाइदिएका छन् । पाठामारी, मेची नगरपालिका, नकलबन्धा, बाहुनडाँगी गाविसका सीमानाका भू–भाग अतिक्रमित भएका छन् । मेची नदीको पारीपट्टिको महेशपुर गाविसको वडा नं. २ को जग्गा १७९ वर्षपछि भारतले आफ्नो भूमि भनेर दावी गरेको छ । खडा रहेको जंगेस्तम्भको ख्याल वास्तै नगरी भद्रपुर नगरपालिकाभित्र आएर सीमास्तम्भ गाडेका छन् । नेपालको जग्गा नाप जाँच ऐन अन्तर्गत सर्भे नापी भै मालअड्डा समेतमा लागत कायम भएको ३ सय विघा जमिनलाई भारतले दावी गरेको छ । मेची नदी धार सँगसँगै दुई देशबीचका सीमास्तम्भ ज्यूँका त्यूँ छँदाछँदै हजारौं हेक्टर नेपालको भू–भाग भारतमा पर्नेगरी एकतर्फी रूपमा नयाँ सीमास्तम्भ गाडेकोले सामाजिक खलबल समेत पारिदिएको छ ।
२०. इलामको पशुपतिनगरको पिलर नं.७१÷२२ मा २००० वर्ग मिटर दशगजाक्षेत्र अतिक्रमण गरी भन्सार कार्यालय निर्माण गर्न थालेको छ र भारतीय नागरिकहरूले घर पनि बनाएका छन् । मानेभन्ज्याङमा भारतीयहरूले अतिक्रण गरेका छन्, त्यसमा स्थानीय बासिन्दाले प्रतिकार गरिरहेका छन् । इलामको ३६३६ मिटर उचाईको सन्दकपुर (सन्तपुर) क्षेत्रमा भारतले नेपाली भू–भागमा ३२ कि.मि. लामो सडक निर्माण गरेको छ । इलामकै जौबारी र कालपोखरीबीचको जग्गामा पनि भारतले बिवाद खडा गरेको छ ।
२१. पाँचथर जिल्लाको च्याङथापु र टिमुरपोखरी क्षेत्रमा भारतीय सेनाले नेपाली भूमी मिचेका छन् । पाँचथरको चिवा भञ्ज्याङमा भारतीयहरूले नेपाली भूमी मिचेर स्याङचुरी निर्माण गरेको छ ।
२२. ताप्लेजुङ जिल्लाको फालेलुङ क्षेत्रको नेपाली भू–भाग मिचेर सिक्किमको वन संरक्षण गरको छन् । भारतपट्टि वन आरक्षण गरेपछि सिकिकमका वस्तु नेपालमा चर्न थालेका छन् । फालेलुङपारि सिक्किमतर्फको वन संरक्षण गरेर नेपालपट्टिको भू–भागमा पशु चरन बनाएका छन् । त्यहाँ चरन चोरी गर्दछन् र जडीबुटी पनि लाने गर्दछन् । सुरक्षा बलका कारण नेपालीहरू असुरक्षित ठानी नेपालतिर पछि सर्दै आएका छन् । पछि हट्नुले उनीहरूको हेप्ने मनोवल बढेको छ ।
नेपाली उनहिरूको भयले नेपालतिर चापिदै गएपछि नेपाली भूमि अतिक्रमण गर्न सहज भएको छ । भारतले सिघिला पार्क निर्माण गरेपछि कञ्चनजङ्गा तिरको १५ कि.मि.लामो बाटो नेपाली भूमी प्रयोग गरेर बनाए छन् । यो जिल्लाको पूर्वपट्टीको मेग्ना मा अतिक्रमण भएको छ । पर्यटन विकास गर्न ७३१७ मिटरको उचाईमा रहेको काब्रु पहाडलाई पनि भारतीयले प्रयोग गरिरहेका छन् । (विशाल नेपाल डटकमबाट)