‘समाजवादी यथार्थवादी साहित्यले क्रान्तिलाई दिशानिर्देश गर्नुपर्छ’

प्रकाशित मिति : २०७४ माघ २

(‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले शनिबार बहस कार्यक्रमको आयोजना ग¥यो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, एमाले र माओवादी केन्द्र निकटका स्रष्टा सर्जकहरुको जमघट भएको उक्त बहस कार्यक्रममा वक्ताहरु चैतन्य, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्डे्य, डा अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, सङ्गीत श्रोताले भाग लिएका थिए । कार्यक्रममा अक्टोबर क्रान्ति र साहित्यबीचको सम्बन्ध, प्रतिवादी साहित्य र समाजवादी यथार्थवादी साहित्यबीचको फरक र विशेषता र नेपालको सन्दर्भमा समाजवादी यथार्थवादी साहित्यको आगामी दिशाको विषयमा आधारित रहेर तयार पारिएका ८ वटा प्रश्नको जवाफ खोज्ने कोशिस आयोजकहरुले गरे । यहाँ वक्ताहरुमध्ये बरिष्ठ सौन्दर्य चिन्तक चैतन्य, निनु चापागाई र डा. अमर गिरीका विचारहरुलाई प्रस्तुत गरेका छौं ।– स.)

पहिलो चरण– अक्टोबर क्रान्ति र साहित्यबीचको सम्बन्ध

डा. अमर गिरी– अक्टोबर क्रान्ति र साहित्यका बीचमा घनिष्ट सम्बन्ध छ । साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव विश्वव्यापी रुपमा नै प¥यो । साहित्यलाई माक्र्सवादी कोणबाट विमर्श अगाडि बढाउन र सैद्धान्तीकरण गर्न अक्टोबर क्रान्तिले महत्वपूर्ण भूमिका खेल्यो । साहित्यमा समाजवादी यथार्थवादको निर्माणमा अक्टोबर क्रान्तिको धेरै ठूलो योगदान रह्यो । १९३२ मा म्याक्सिम गोर्कीको घरमा स्टालिनसहितका नेताहरु बसिकन समाजवादी यथार्थवादका विषयमा छलफल गरियो । १९३३ तिर ल्यूना चास्कीले समाजवादी यथार्थवादका विषयमा लामो लेख लेखे । यसैलाई समाजवादी यथार्थवादी साहित्यलाई स्थापित गराउने ऐतिहासिक लेखको रुपमा लिइन्छ । १९३४ मा रसियन साहित्यकारहरुको एउटा कंग्रेसमा गोर्कीले पहिलोपटक समाजवादी यथार्थवादलाई विधिवत रुपमा प्रस्तुत गरे । नेपालमा पनि समाजवादी यथार्थवादमा आधारित भएर साहित्यहरु लेखिएका छन् । अक्टोबर क्रान्ति नभएको भए समाजवादी यथार्थवादी अवधारणा आउने थिएन कि !

निनु चापागाई– क्रान्तिका दृष्टिले अक्टोबर क्रान्ति तेस्रोमा पर्छ । पुनर्जागरणकाल, फ्रान्सेली राज्य क्रान्ति यसअघिका क्रान्ति हुन् । धर्मबाट मानव केन्द्रित समाज निर्माणमा पुनर्जागरण कालले महत्वपूर्ण योगदान ग¥यो । फ्रान्सेली क्रान्तिले पहिलोपटक स्वतन्त्रता, समानता र भातृत्वको आधारमा समाज निर्माण गर्ने प्रयत्न ग¥यो । तर यसले पुँजीवादी प्रभुत्वलाई तोडेर अगाडि जान सकेन । अक्टोबर क्रान्ति युगान्तकारी परिघटना थियो । अक्टोबर क्रान्ति सचेतन रुपमा गरिएको क्रान्ति थियो । त्यो नयाँ क्रान्ति थियो । यसले पहिलो पटक अल्पमतमाथि बहुमतको अधिनायकत्व लागू ग¥यो । पुँजीवाद विरुद्धको संघर्षमात्र थिएन त्यो । त्यो वर्गीय राज्य विरुद्धको आन्दोलन थियो । निजी सम्पत्ति, परिवार र राज्यसत्तालाई नै उल्ट्याउने काम अक्टोबर क्रान्तिले ग¥यो । १९१९ मा कम्युनिष्ट इन्टरनेश्नल बन्यो । सोभियत राज्य र कम्युनिष्ट इन्टरनेश्नलले खेलेको भूमिका कारण विश्वका ७५ प्रतिशत देशहरुमा क्रान्तिकारी उभार आयो । राष्ट्रिय मुक्ति संघर्षहरुमा पनि ठूलो प्रभाव प¥यो । कम्युनष्टिहरुको आदर्श थियो, छ र रहिरहने छ अक्टोबर क्रान्ति । मानव मुक्तिको प्रयत्नमा समानता, स्वतन्त्रता, भातृत्व र न्यायलाई अगाडि लिएर वर्गविहीन समाज बनाउने उद्देश्यमा अगाडि बढेको थियो । यसर्थ, अक्टोबर क्रान्तिलाई साहित्यमा जोड्नु स्वभाविक मात्रै होइन अनिवार्य थियो । साहित्यमा समाजवादी यथार्थवादको भ्रुणको विकास अक्टोबर क्रान्ति अगावै आइसकेका थिए । समाजवादी यथार्थवादी साहित्य जनवादी साहित्य नै हो ।

चैतन्य– सर्वहारावर्गको नेतृत्वमा अक्टोबर क्रान्तिले सर्वहारावर्गको अधिनायकत्वको नयाँ राज्यसत्ताको स्थापना ग¥यो । अक्टोबर क्रान्ति माक्र्सवादको सफल प्रयोग हो । यसले आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिकलगायत हरेक क्षेत्रमा प्रभाव पा¥यो । पुँजीवादी क्रान्ति पूरा भयो भनेर फरबरी क्रान्तिलाई भनिएको थियो । तर पूर्णरुपमा पँुजीवादी क्रान्ति भएको थिएन । धर्म, जातीय उत्पीडन, महिलामाथिको उत्पीडन लगायत मध्ययुगीन उत्पीडनका रुपलाई पनि अक्टोबर क्रान्तिले ध्वस्त पारेको थियो । यसर्थ यो इतिहासको एउटा नयाँ अध्यायको सरुवात थियो । साहित्यमा अक्टोबर क्रान्तिले समाजवादी यथार्थवादलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्यो । साहित्यलाई अगाडि बढाउन विशुद्ध साहित्यको मात्रै भूमिका छैन माक्र्सवादी सौन्दर्य चिन्तनको पनि भूमिका छ । साहित्यमा समाजवादी यथार्थवाद र आलोचनात्मक यथार्थवादमा फरक के छ त ? आलोचनात्मक यथार्थवाद क्रान्तिकारी रुपान्तरणको लागि दिशानिर्देश गर्दैन तर समाजवादी यथार्थवादी धाराले क्रान्तिकारी रुपान्तरणका लागि दिशानिर्देशसहितको धारा हो । दार्शनिकहरुले आजसम्म दुनियाँको व्याख्या मात्र गरे, तर मुख्य कुरा समाज बदल्नु हो भनेर माक्र्सले माक्र्सवादी दर्शनको क्षेत्रमा भनेको कुरा साहित्यको क्षेत्रमा अक्टोबर क्रान्तिले ल्यायो । अक्टोबर क्रान्तिभन्दा अगाडि साहित्यले दुनियाँ बदल्ने, वर्ग बदल्ने, रुपान्तरित हुने भन्ने थिएन । समाजवादी यथार्थवादले युग नायकहरुको, नयाँ युग चेतनाको सृष्टि गर्छ । यसमा अक्टोबर क्रान्तिले गुणात्मक धक्का हानेको छ ।

दोस्रो चरण– प्रगतिवाद र समाजवादी यथार्थवादबीचको फरक र विशेषता

डा.गिरी– समाजवादी यथार्थवाद समाजवादी क्रान्ति, सामाजवादी समाज, समाजवादी संस्कृतिसँग सम्बन्धित छ । यो यथार्थवादसम्बन्धी माक्र्सवादी अवधारणासँग सम्बन्धित छ । यथार्थवादका सम्बन्धमा बहसहरु छन् । समाजवादी यथार्थवाद सबैभन्दा विकसित र वैज्ञानिक साहित्यिक अवधारणा हो । सोभियत रुसमा १९२० देखि ८० सम्म समाजवादी यथार्थवादमा आधारित साहित्यहरु लेखिए । समाजवादी यथार्थवादको विकासमा आलोचनात्मक यथार्थवादको ठूलो भूमिका रहेको छ । साहित्य सिर्जनाका सन्दर्भमा विभिन्न पदावली प्रयोग गरिएको हुनाले नेपालमा अनेक भ्रमहरु पनि छन् । मेरो अध्ययनको निष्कर्ष के हो भने प्रगतिवाद समग्र माक्र्सवादी साहित्य सिद्धान्त हो । साहित्य सम्बन्धी समग्र सिद्धान्त नै प्रगतिवाद हो । तर समाजवादी यथार्थवादलाई यस अर्थमा अथ्र्याउन मिल्दैन । यो माक्र्सवादी साहित्यभित्रको महत्वपूर्ण एउटा अवधारणा हो । यो समग्र माक्र्सवादसम्बन्धी साहित्य सिद्धान्त होइन ।

निनु चापागाईं– ऐतिहासिक तथ्यले नै के खण्डन गर्छ भने समाजवादी यथार्थवाद समाजवादी यथार्थवादको प्रतिबिम्बन मात्र होइन । परिघटना, संघटना अस्तित्वमा रहे पनि आर्टिस्टिक मेथड भनियो । समाजवादी यथार्थवाद र प्रगतिवाद एउटै हो भनेर मैले भन्ने र लेख्ने गरेको छु । साहित्यको इतिहास लेख्नेहरुले समाजवादी भनेर लेख्ने गरेका छन् । समाजवादी यथार्थवादमा ज्ञानमीमांसा, मूल्यमीमांसा समेत आउने हुँदा समाजवादी यथार्थवादलाई प्रगतिवाद भन्न किन नसक्ने ? अहिले म आफैभित्रको अन्तद्र्वन्द्वमा छु । अहिलेसम्मको परम्परा अनुसार ‘माक्र्सवादी साहित्य’ शब्दावली प्रयोग गर्नु त्यति उपयुक्त नहोला ।

चैतन्य– पदावलीको प्रयोगले जटिलता उत्पन्न गराएको छ । अनुवाद गर्दा गडबढ गरिएको छ । लोकतान्त्रिक गणतन्त्र भनेको जनवादी जनतन्त्र हो, नयाँ जनवाद होइन । त्यस्तै समाजवादी यथार्थवादका सम्बन्धमा पनि सिर्जनात्मक विधि भन्ने गरिन्छ । मलाई पटक्कै चित्त बुझ्दैन । मैले ठाउँ ठाउँमा त्यसलाई सिद्धान्त भनेको छु । समाजवादी यथार्थवाद भनेको त साहित्य सिद्धान्त हो । रोमान्सवाद, आलोचनात्मक यथार्थवाद सिद्धान्त हो भने समाजवादी यथार्थवाद पनि सिद्धान्त नै हो । त्यही भित्र साहित्य सिर्जनात्मक विधि पनि हुन सक्छ । सिद्धान्त र विधि फरक कुरा हो । समाजवादी यथार्थवाद समग्र साहित्य सिद्धान्त हो । आलोचनात्मक यथार्थवाद, प्रगतिवाद पनि समाजवादी यथार्थवादको अंग हो । यसलाई वैज्ञानिक समाजवादको अंग पनि भनेर जान सकिन्छ । प्रगतिवादलाई समाजवादी यथार्थवादलार्ई समकक्षमा राखिनु हुन्न । पदावलीको प्रयोगमा सचेत र सतर्क हुनुपर्छ ।

तेस्रो चरण– नेपालको सन्दर्भमा समाजवादी यथार्थवादी साहित्य

डा.गिरी– समाजवादी यथार्थवादका आधारमा नेपाली समाजको यथार्थको अंकन गर्न सकिन्छ, गरेर जानु पर्दछ । जहाँसम्म वर्गसंघर्ष, बलपूर्वक सत्ता प्राप्त गर्ने कुरालाई अस्वीकार गर्ने तथा क्रान्तिको हिंसात्मक स्वरुपलाई अस्वीकार गरी बुुर्जुवा संसदीय संरचनालाई स्वीकार गरिसकेपछि पनि त्यस्तै स्रष्टाबाट समाजवादी यथार्थवादी साहित्य सिर्जना सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ, यो आफैतिर हो कि भन्ने पनि लागेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा वैचारिक भिन्नताहरु छन् । यो भिन्नता अहिले अझ सघन भएर गएको छ । वैचारिक संघर्ष अझ तीखो भएको अनुभूति भएको छ । एमाले र माओवादी केन्द्रलाई एकथरि कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टी नै मान्दैनन् । संसदीय राजनीतिमा समाहित भइरकेको तथा उनीहरुको गैरक्रान्तिकारीकरण भइसकेको भनिन्छ । ती पार्टीसम्बद्ध स्रष्टाहरुले समाजवादी यथार्थवादी साहित्य सिर्जना गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नलाई गम्भीर रुपमा हेरिनु पर्दछ । ती स्रष्टाहरुले पनि क्रान्तिकारी ढंगले नै साहित्य सिर्जना गरिरहनु भएको छ । अहिले एमाले र माओवादी केन्द्र एकताको प्रक्रियामा छन्, समान विचार भएकोले उनीहरु एकताबद्ध भएर गएकै राम्रो, अर्कोतिर क्रान्तिकारीहरु पनि एकताबद्ध भएर गएकै राम्रो । यो कुरा साँचो हो कि माक्र्सवादी छोडेर संसदवादमा गइसकेको पार्टी सम्बद्ध स्रष्टाहरुले समाजवादी यथार्थवादी साहित्य लेख्न सक्दैनन् । नेपाली समाजको परिवर्तनका निम्ति साहित्यले भूमिका खेल्नु पर्छ । क्रान्तिकारी आशावादितासहित वर्गीय पक्षधरता, वर्गसंघर्षमाथि जोड दिनु पर्दछ समाजवादी यथार्थवादी स्रष्टा सर्जकहरुले ।

निनु चापागाई– समाजवादी यथार्थवादलाई सिद्धान्तको रुपमा लिने हो भने नेपालमा पनि त्यो सिद्धान्त अनुरुप नै प्रयोग हुने हो । सत्य निष्ठता, जीवनको गहन सत्यपरक चित्रण, गतिशिल यथार्थको चित्रण, समाजवादी तथा साम्यवादी शिक्षा सम्प्रेषण गर्ने अभिभारा, कम्युनिष्ट नैतिकता, जनतासँगको सम्बन्ध तथा प्रतिबद्धता, सक्रिय क्रान्तिकारी नायक आदि समाजवादी यथार्थवादको आम अभिलक्षण हो । नेपालको विशिष्टतामा सिर्जित साहित्यभित्र पनि यिनै अभिलक्षणहरु हुन जरुरी छ । देशी विदेशी उत्पीडन, वर्गीय उत्पीडनलाई केन्द्रमा राखेर लेखिन जरुरी छ । लेनिनले कानुनी माक्र्सवादीहरु, अर्थवादीहरुसँग लडेर वैचारिक रुपमा स्थापित गरेका सिद्धान्त भन्दा बाहिर गएर समाजवादी यथार्थवादी साहित्य लेखिन्न । सर्वहारावर्गको अधिनायकत्वलाई नमान्ने, वलपूर्वक सत्ता प्राप्त गर्ने कुरालाई सैद्धान्तिक रुपमा अस्वीकार गर्ने, पार्टीको संरचना, स्वरुप, कार्यप्रणाली आदिलाई नमान्नेले समाजवादी यथार्थवादी साहित्य लेख्न सक्दैन । यसलाई यान्त्रिक रुपमा भने सोच्नु हुँदैन ।

चैतन्य– जतिसुकै कुरा गरेपनि संसदीय व्यवस्थालाई स्वीकार गर्ने अर्थात् वर्तमान सन्दर्भमा लोकतान्त्रिक गणतन्त्रकै पक्षधरमा जाने खालका लेखक, साहित्यकारहरुले समाजवादी यथार्थवादलाई अंगीकार गर्न सक्तैनन् । लेखक र पार्टीबीचको सम्बन्धको विषयमा यान्त्रिक ढंगले लिनु हुँदैन । वर्ग, देश र जनताप्रति इमान्दार ‘बालचक’हरु पनि हुन सक्दछन् । विचार दृष्टिकोण फरक भएपनि नेपालमा प्रलेसमा सबै किसिमका स्रष्टाहरु बसेकै छन्, अर्कोतिर पार्टी मन नपर्दा पनि पार्टीमा बसिराख्ने र पार्टीका विरुद्ध लेख्ने प्रवृत्तिहरु पनि यहाँ विद्यमान छन् । समाजवादी यथार्थवादी साहित्यलाई स्थीरतामा होइन गतिमा बुझ्नु पर्दछ । यो विकसित हुँदै जान्छ । यसको पथप्रदर्शक सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार हो । क्रान्ति र प्रतिक्रान्तिका अनुभवका बीचबाट विकसित हुँदै जान्छ । यसको अन्तर्वस्तु पनि समृद्ध हुँदै जान्छ । यसले सक्रिय र गतिशिल यथार्थको प्रतिबिम्बन गर्दछ । नकारात्मक यथार्थको विरोध गर्दै सकारात्मक यथार्थलाई माथि उठाउँछ । यसले नयाँ वर्गसंघर्ष र क्रान्तिलाई प्रतिनिधित्व गर्दछ । समाजवादी यथार्थवाद नयाँ साहित्यिक तथा साँस्कृतिक आन्दोलन समेत भएकोले यसले नयाँ क्रान्तिको लागि दिशानिर्देश समेत गर्दछ । यसले विचार र पात्र, सही विचार र गलत विचार, नायक र खलनायक, पुरानो विचार र नयाँ विचार अर्थात् पुरानो चेतना र नयाँ चेतनाबीचको अन्तरविरोधलाई अभिव्यक्त गर्दछ । र, यसले दुःखान्त र सुखान्तको विषयमा नेपालको सन्दर्भ जोड्दा के देखिन्छ भने हेगेलले महत्वपूर्ण परिघटना र हस्तीहरु दुईपटक अविर्भाव हुन्छन् भनेका छन् । त्यसमा माक्र्सले पहिलोपटक नायक र दोस्रो पटक खलनायकको रुपमा । नेपालको सन्दर्भमा हेर्ने हो भने कमीकमजोरीका बाबजुद ०२८ सालको झापा विद्रोह महत्वपूर्ण विद्रोह हो । त्यो वीरताको, दुखान्तको इतिहास हो । त्यो विद्रोहका नायकहरु पछि सैद्धान्तिक रुपमा माक्र्सवादका आधारभूत मान्यताहरु सबै परित्याग गर्दै आयो । जनताको बहुदलीय जनवाद पनि भन्ने, द्वन्द्वात्मक भौतिकवाद परित्याग गरेर बहुलवाद मान्ने अनि हामीले माक्र्सवादी, कम्युनिष्ट भनिदिनु पर्ने एमालेलाई ? अब त्यही एमालेसँग एकता गर्न लागेको माकेलाई के भन्ने ? हामी महान जनयुद्धमा गयौं, कमीकजोरीका बाबजुद जनयुद्ध महान थियो । हिजो जनयुद्धमा ट्रेजिक हिरोको रुपमा भूमिका खेल्ने साथीहरु प्रहसनको देखिएका छन् । हिजोका जनयुद्धका नायकहरु अहिले खलनायकमा बदलिएका छन् । समाजवादी यथार्थवादले यो गतिशीलतालाई बुझ्न सक्नु पर्दछ । समाजवादी यथार्थवादको सिद्धान्त र पद्धतिको विकास गरेर जानु पर्दछ । अब हामीले देश र जनताप्रतिको दायित्व पूरा गर्नतिर जानु पर्दछ । नेपालको विशेषता भनेको एकपटक कित्ताबन्दी भएको पछि भएको भएै हुँदैन । जनतामा कम्युनिष्टहरुको राम्रो प्रभाव छ । समाज रुपान्तरणमा साहित्यले जुन भूमिका खेल्दै आएको थियो, त्यो खेल्नुपर्छ र नयाँ क्रान्तिको तयारी गर्ने सिलसिलामा पनि साहित्य र कलाले भूमिका खेल्नु पर्दछ ।