कमरेड स्टालिनका योगदानहरुका सम्बन्धमा

सन्दर्भ ः १३९ औं स्टालिन जयन्ती

प्रकाशित मिति : २०७४ पुस २८

- हस्तबहादुर केसी

 “सुधारवादीहरुको लागि सुधार नै सबथोक हुन्छ र क्रान्तिकारी काम त कुनै भैपरि आउने कुरो मात्र रहन्छ । त्यही कारणले गर्दा पुँजीवादी शासन अन्तरगत सुधारवादी कार्यनीति अपनाइँदा, अनिवार्य रुपले त्यो शासनलाई बलियो पार्ने र क्रान्तिलाई छिन्न भिन्न पार्ने साधन बन्न जान्छ । त्यसको उल्टो क्रान्तिकारीहरुको लागि मुख्य कुरो क्रान्तिकारी काम हो, सुधार होइन, उसको सुधार त क्रान्तिको उपफल रहन्छ । त्यही कारणले पुँजीवादी शासन अन्तरगत क्रान्तिकारी कार्यनीति अपनाइँदा, सुधार संभवतः सो शासनलाई छिन्नभिन्न पार्ने र क्रान्तिलाई बलियो पार्ने साधन र क्रान्तिलाई बलियो पार्ने साधन र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनमा आधार बन्न जान्छ ।”

                                                                                                                                                         – जोसेफ विसारीयोनोविच स्टालिन

हस्तबहादुर के.सी.

विश्वसर्वहारावर्गका महान् नेता लेनिनका एक असल शिष्य, रुसमा समाजवादका निर्माता, अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनक एक नेता र नाजीवाद–फासीवाद विरोधी दोस्रो विश्वयुद्धका प्रमुख नायक जोसेफ विसारियोनोविच स्टालिनको जन्म सन १८७९ डिसम्बर २१ तारिखका दिन रुसको जर्जीयाको एक सुन्दर शहर गोरीमा एक चर्मकारको गरीब परिवारमा भएको थियो । स्टालिनका बुबाले जुत्ता सिलाउने काम गर्नु हुन्थ्यो भने आमाले किसानी काम गर्नु हुन्थ्यो ।

९ वर्षको उमेरमा कलरिकल स्कुल र १५ वर्षको उमेरमा तिफलिफ सेमनरी स्कुलमा भर्ना हुनु भयो । यही बीचमा उहाँको हातमा कम्युनिष्ट घोषणा पत्र, कार्ल माक्र्सको पुँजी, जुलवर्नको आत्मकथा हुन्थे । यहींबाट अनौपचारिक शिक्षातिर पुरै लागि पर्नु भयो र यसबाट उहाँले दर्शन, अर्थशास्त्र, राजनीति, इतिहास, रुसीशास्त्रीय साहित्य सबै पढ्दै जानु भयो ।

१५ वर्षको उमेरमा कमरेड स्टालिन एक क्रान्तिकारी कार्यकर्ता बनिसक्नु भएको थियो । सन् १८९६ मा उहाँ रुसी सामाजिक जनवादी मजदूर पार्टीमा सहभागी हुनुभयो र रेलमार्ग वर्कशपका मजदूर बीचमा संगठनकर्ता भएर काम शुरु गर्नु भयो । क्रान्तिकारी विचार अंगालेको आरोपमा स्टालिनलाई विद्यालयबाट निस्काशन गरिनुका साथ साथै प्रहरीले पहिलो पटक गिरफ्तार ग¥यो ।

सन् १९९८ अगस्तमा स्टालिनले कम्युनिष्ट पार्टीको सदस्यता लिनु भयो । सन् १९०१ मा एक सहकर्मीसंग मिलेर उहाँले ब्रडजोल (संग्राम) नामक जनवादी पत्रिका प्रकाशन शुरु गर्नु भयो । यसले लेनिनद्वारा प्रकाशित इस्क्राको भरपुर समर्थन गर्दै अगाडि बढ्यो ।

सन् १९०३ को अन्त्यतिर साइबेरिया निर्वासन पठाइएको बेला सानो तर असाध्यै महत्वपूर्ण चिठी पाउनुभयो, जुन लेनिनले लेख्नुभएको थियो । यो पहिलो लेनिनसँगको अप्रत्यक्ष भेट थियो । साथै यो प्रक्रिया पत्रपत्रिकामा छापिने लेखद्वारा चल्दै गयो । सन् १९०५ को डिसेम्बरमा लेनिनसँग स्टालिनको प्रत्यक्ष भेटघाट भयो, जहाँ बोल्सेभिक पार्टीको अधिवेशन (फिनल्याण्डमा) आयोजना गरिएको थियो । त्यसैगरी १९०६ को अप्रिल–मेमा स्टकहोममा आयोजित पार्टीको चौथो महाधिवेशनमा लेनिनसँग उहाँको दोस्रो भेट भयो । त्यसमा स्टालिन ट्रान्सकाकेशिया (ठाउँ) सामाजिक जनवादीपार्टी (बोल्सेभिक र मेन्सेभिक) को बीचबाट मतदानद्वारा निर्वाचित प्रतिनिधि हुनुहुन्थयो । स्टालिनसँग बेजोड संगठनात्मक क्षमता थियो । त्यसैले लेनिनले उहाँलाई मजदूर आन्दोलनको असाधारण महत्व र अत्यधिक सम्भावना भएको बाकु शहर पठाउनुभयो ।

सन् १९१२ जनवरीमा रुसी मजदूर पार्टीभित्र तीब्र विवाद थियो र मेन्सेभिकहरुलाई पार्टीबाट निष्कासन गर्दै नयाँ बोल्सेभिक पार्टीको गठन गरियो । त्यसपछि नयाँ पार्टीको काम व्यवस्थि तगर्न लेनिनले स्टालिनलाई रुसी व्यूरोको जिम्मेवारी दिएर पिटर्सवर्ग जान भन्नुभयो । त्यतिबेला स्टालिन निर्वासनमा हुनुहुन्थयो ।

सन् १९१६ डिसेम्बरमा स्टालिन क्रास्नोयास्र्कमा निर्वाचनमा हुनुहुन्थयो । त्यहाँबाट भागेर १२ मार्च १९१७ को रातको अँध्यारो कठोर चिसोमा पैदल हिँडेर राजधानी पेट्रोग्राद पुग्नुभयो र उहाँलाई पार्टीले प्राभ्दा (पत्रिका) को सञ्चालनको जिम्मा दियो ।

सन् १९१७ अप्रिल बोल्सेभिक पार्टीको सातौं महाधिवेशन आयोजना गरियो । यसमा केन्द्रीय समितिको मातहतमा एउटा सानो व्यूरो गठन गरियो । यसको नाम पोलिटिकल व्यूरो थियो । पपछि यो पोलिटव्यूरोको नाममा प्रसिद्ध भयो । लेनिनको प्रस्तावमा उहाँलाई त्यसको सदस्य बनाइयो ।

सन् १९१९ पछिको गृहयुद्धकालमा मुख्य मोर्चाहरुजस्तै ः पेर्मको पूर्वी मोर्चा, पेत्रोग्राद मोर्चा, दक्षिण मोर्चा र रैगल मोर्चाको प्रत्यक्ष फौजी नेतृत्व स्टालिनले गर्नुभयो । फलस्वरुप सबै मोर्चामा विजयी बनेको हुनाले उहाँलाई सोभियत गणतन्त्रद्वारा दुई पटक सर्वोच्च सोभियत सम्मान ‘अडर अफ रेड फ्ल्याग’ को उपाधिले सम्मानित गरियो । सोभियत गणतन्त्रका अध्यक्ष लेनिनले यो चिन्ह उहाँको बर्दीमा लगाइदिनुभयो ।

सन् १९२२ मा स्टालिन राष्ट्रियतासम्बन्धी मामिला तथा मदजूर किसान निरीक्षणालयको कमिसार अथवा मन्त्री बन्नुभयो । १९२२ मे मा आयोजित पार्टी अधिवेशनमा लेनिनले पार्टीको महासचिव पद त्याग्ने घोषणा गर्नुभयो र १९२२ को ३ अप्रिलमा सम्पन्न पार्टी केन्द्रको प्लेनमा लेनिनले स्टालिनलाई महासचिव बनाउने प्रस्ताव राख्नुभयो र उहाँ महासचिव बन्नुभयो ।

सन् १९२४ जनवरी २१ मा लेनिनको मृत्युपछि समाजवादी सोभियत संघको नेतृत्व गर्ने जिम्मा स्टालिनको काँधमा आयो । सन् १९३० मा सम्पन्न १६ औं पार्टी महाधिवेशनले सबै मोर्चाको समाजवादीकरणको कार्यक्रम स्टालिनले घोषणा गर्नुभयो । १९४१ जुन २२ मा जर्मनीले रुसमा आक्रमण ग¥यो । यसको प्रतिरोधको योजनासहित सशस्त्र सेनाको कमाण्डरमा स्टालिनलाई फासीवादका विरुद्ध लगातार ३ वर्ष लडेर १९४४ मा जर्मनीलाई पूरै हार खुवाइयो ।

“सिद्धान्त भनेको साझा पक्षहरुमा सबै मुलुकहरुको मजदुर आन्दोलनको अनुभव हो । सिद्धान्तलाई क्रान्तिकारी व्यवहारसित सम्बन्धित नपारिएमा त्यो अवश्य पनि उद्देश्यविहिन बन्दछ, जसरी कि क्रान्तिकारी सिद्धान्तबाट व्यवहारको बाटोलाई चहकिलो नपारिएमा व्यवहार अन्धकारमा भड्किन्छ । क्रान्तिकारी व्यवहारसितको अभिन्न सम्बन्धमा सिद्धान्तको निर्माण गरिएको खण्डमा सिद्धान्त मजदूर आन्दोलनमा एउटा विशाल शक्ति बन्दछ । किनभने सिद्धान्तले र सिद्धान्तले मात्र मजदुर आन्दोलनलाई विश्वास, दिशानिर्धारण गर्ने शक्ति र वर्तमान घटनाहरुको भित्री सम्बन्धबारे समझदारी प्रदान गर्न सक्दछ र पहिले कसरी र कुन दिशातर्फ वर्गहरु गतिशील हुनेछन् भन्ने देख्नमा सिद्धान्तले मात्र मद्दत गर्न सक्दछ । भन्नु हुने कमरेड स्टालिनले पार्टी निर्माण र क्रान्ति सम्पन्न गर्ने सवालमा अगाडि भन्नुहुन्छ – “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ । यस्तो साहसिलो पार्टी जसले सत्ता प्राप्त गर्ने संघर्षमा सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवि पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरुमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तीको निम्ति रहेका सारा लुकेका चट्टानहरुबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकतन्त्र कायम गर्ने कुरा सोच्नु निरथर्क हुन्छ ।”

“कम्युनिष्ट पार्टी सर्वहारावर्गको एकमता पार्टी हो, त्यो विभिन्न वर्गहरुको तत्वहरुको पार्टी होइन” भन्नु हुने स्टालिनले पार्टीको आन्तरिक जीवन एकताबद्ध र मजबुद हुने कुरामाथि प्रकाश पार्दै अगाडि भन्नु हुन्छ – “हाम्रो पार्टीको आन्तरिक एकता आफ्ना पंक्तिहरुको अपूर्व एकता कायम राख्न सकनाको कारण के थियो भने यसले समयमा नै आफूलाई अवसरवादी प्रदूषणबाट मुक्त गर्न सकेको छ र यसले आफ्ना पंक्तिहरुबाट विसर्जनवादीहरुलाई, मेन्सेविकहरुलाई हटाउन सकेको छ । आफ्ना पंक्तिबाट अवसरवादी तथा सुधारवादीहरु, सामाजिक साम्राज्यवादी र सामाजिक अन्धराष्ट्रवादीहरु, सामाजिक देशभक्त र सामाजिक शान्तिवादीहरुलाई हटाएर नै सर्वहारा पार्टीहरु विकसित र बलिया हुन्छन् । आफ्ना पंक्तिबाट अवसरवादी तत्वहरुलाई हटाएर नै पार्टी बलियो हुन्छ ।”

राज्यको परिभाषाबारे स्टालिन अगाडि भन्नु हुन्छ – “राज्य भनेको वर्गशत्रुहरुको प्रतिरोधलाई दबाउन शासक वर्गले प्रयोग गर्ने एउटा यन्त्र हो । यस सम्बन्धमा सर्वहारा वर्गको अधिनायकतन्त्र अन्य कुनै अधिनायकतन्त्रबाट मूल रुपमा भिन्न छैन, किनभने सर्वहारा वर्गीय राज्य पुजीपति वर्गलाई दवाउनका लागि एउटा यन्त्र हो । तर ती दुइवटा बीच एउटा सारभूत भिन्नता छ, त्यो भिन्नता के हो भने आजसम्मका सबै विद्यमान वर्ग राज्यहरु शोषित बहुसंख्यामाथि शोषक अल्पसंख्याको अधिनायकतन्त्र रहेका छन् तर सर्वहारा वर्गको अधिनायकतन्त्र चाँहि शोषक अल्पसंख्यकमाथि शोषित बहुसंख्याको अधिनायक तन्त्र हो ।”

कमरेड स्टालिनले माक्र्सवादी दर्शनका तीनवाटै संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । माक्र्सवादप्रति स्टालिनको धारणा यस प्रकार रहेको छ, “माक्र्सवाद प्रकृति र समाजलाई, विकासलाई सञ्चालन गर्ने नियमहरुको विज्ञान हो, शोषित तथा उत्पीडित जनताको क्रान्तिको विज्ञान हो, सबै देशहरुमा समाजवादको विजयको विज्ञान हो, साम्यवादी समाज निर्माण गर्ने विज्ञान हो । विज्ञानको रुपमा माक्र्सवाद नयाँ अनुभव नयाँ ज्ञानद्वारा समृद्ध नबनिरहन सक्तैन । तिनको ठाउँमा नयाँ ऐतिहासिक कार्यभारहरुका अनुकूल नयाँ सूत्र तथा निष्कर्षहरु नभइरहन सक्तैनन् । माक्र्सवादले सबै युग तथा अबधिहरुका लागि मान्नु पर्ने अपरिवर्तनीय निष्कर्ष तथा सूत्रहरुलाई मान्दैन । माक्र्सवाद सारा जडसूत्रवादको शत्रु हो ।”

यसका साथै लेनिनवादका बारेमा स्टालिन अगाडि भन्नु हुन्छ, “लेनिनवाद साम्राज्यवाद र सर्वहारावादी क्रान्तिको माक्र्सवाद हो । अझ बढि ठिकसित भन्दा लेनिनवाद सामान्यतः सर्वहारावादी क्रान्तिको सिद्धान्त र प्रयोग दुवै हो र विशिष्टमा सर्वहारा अधिनायकत्वको सिद्धान्त र मुक्ति दुवै हो । हाम्रा मस्तिष्कमा सर्वहारावादी क्रान्ति छ, जब विकसित साम्राज्यवाद अझै अस्तित्वमा आएके थिएन, सर्वहारा क्रान्तिको तयारीको अवधिमा सर्वहारावादी क्रान्ति अझै तत्कालिक व्यवहारिक अपरिहार्यता नभइसकेको समयमा माक्र्स र एंगेल्सले क्रान्तिमा पूर्णकालमा आफ्ना गतिविधि कायमै राखे । तैपनि माक्र्सर एंगेल्सका शिष्य लेनिनले विकसित साम्राज्यवादका समयमा फैलिदो सर्वहारावादी क्रान्तिको समयमा आफ्नो गतिविधि जारी राखे । जब सर्वहारावादी क्रान्तिले पहिले नै एउटा देशमा विजय हासिल गरिसकेको थियो र सर्वहारावादी प्रजातन्त्रको युग, सोभियत युगलाई भित्र्याइसकेको थियो ।”

पार्टी भित्रका दक्षिणपन्थी अवसरवादी जस्तै ट्राटस्की, काभेनेभ, ब्रोजनेभ, जिनोभेव, बुखारिन, आदि विरुद्ध लगातार वैचारिक लडाई लड्दै स्टालिनले माक्र्सवाद–लेनिनवादको सही प्रयोग गरेर समाजवादी सोभियत सत्ताको सुद्धिकरण सहति अगाडि बढाउनु भयो ।
माक्र्सवाद र जातीय सवाल, माक्र्सवाद र राष्ट्रिय प्रश्न सर्वहारा समाजवाद, भी.आई. लेनिन, माक्र्सवाद र भाषा शास्त्र, लेनिनवादका आधारहरु, द्वन्द्वात्मक भौतिकवाद आदि पुस्तकहरुका लेखन समेत रहनु भएका कमरेड स्टालिनका निम्न उक्तिहरु मननयोग्य रहेका छन् : 
“जबसम्म मजदुर वर्गको पार्टीले आफ्नै पार्टीभित्रका अवसरवादीहरुका विरुद्ध सम्झौताहीन संघर्ष चलाउँदैन र जबसम्म त्यसले आफ्नै बीचमा रहेको समर्पणवादीहरुलाई खतम पार्दैन, तबसम्म त्यसले आफ्नो पंक्तिभित्र एकता र अनुशासनलाई कायम राख्न सक्दैन । त्यसैले सर्वहारा क्रान्तिका संगठनकर्ता तथा नेताको भूमिका पूरा गर्न पनि सक्दैन र त्यसले नयाँ समाज निर्माणको भूमिका समेत पूरा गर्न सक्दैन । यदि हामीले जित्नु छ भने हामीलाई तीन चिजको आवश्यकता पर्दछ । पहिलो हतियार, दोस्रो हतियार र त्यसपछि पनि हतियार ।

कुन कुरा महसुस गर्ने बेला भएको छ भने संसारमा भएका सारा बहुमूल्य पूँजीमा सबभन्दा बहुमूल्य र सबभन्दा निर्णायक तत्व मानिसहरु र कार्यकर्ताहरु हुन् । कुन कुरा बुझ्नुपर्छ भने हाम्रो वर्तमान स्थितिमा कार्यकर्ताहरुले सबै कुराको फैसला गर्छन् । यदि उद्योग, कृषि, यातायात र सेनामा हामीसित असल र असंख्य कार्यकर्ताहरु भएमा हाम्रो मुलुक अजय हुनेछ । यदि हामीसित यस्त कार्यकर्ताहरु भएनन् भन् हामी दुई खुट्टाका लंगडा हुनेछौं ।”

सन् १९५३ मार्च ५ तारिखका दिन कमरेड स्टालिनको मृत्यु भयो । त्यस पछि सोभियतमा निकिता खु्रश्चोभ सोभियत सत्तामा पुगे ।
कमरेड स्टालिनको मृत्युपछि सन् १९८६ को फेबु्रअरीमा अखिल संघीय कम्युनिष्ट पार्टी (बोल्सेभिक) को बीसौं महाधिवेशन सम्पन्न हुदै गर्दा तत्कालिन राज्य प्रमुख निकिता खु्रश्चोभद्वारा २४–२५ तारिखको माध्यरातमा स्टालिनका विरुद्धमा गोप्य पेश गर्दै प्रति क्रान्तिको विजारोपन गरिएको थियो ।

आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः ख्रुश्चोवबाट भयो । सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्ग संघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना भयो । खु्रश्चोवदेखि मिखाइल गोर्भाचोवसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रुपमा गिर्न पुग्यो र सन् १९९० मा पुगेर ७२ वर्षे सोभियत मोडेलको समाजवादको विघटन गरियो । खु्रश्चोवी आधुनिक संशोधनवादका विरुद्ध कमरेड माओले भीषण विचारधारात्मक संघर्षको आव्हान गर्नु भयो । विश्व कम्युनिष्ट आन्दोलनमा ठूलो असर प¥यो । विश्वसमाजवादी शिवीरमाथी ठूलो संकट पैदा भयो । र त्यसपछि विश्वकम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्यो । आजसम्म आइपुग्दासम्म यसमा कुनै तात्विक फेरबदल आएको छैन ।

कमरेड माओले स्टालिनको उच्च मूल्याङ्कन गर्दै वहाँको योगदान बारे ७० प्रतिशत असल काम थिए भने ३० प्रतिशत कमजोरीहरु थिए । त्यस्तै हामीले पनि कमरेड स्टालिनको मूल्याङ्कन गर्ने सन्दर्भमा माओले गरेझै ७० र ३० को दायरामा राख्दै आएका छौं ।