हिउँदे ओलम्पिकमा उत्तर कोरियाले खेलाडी र चियरलिडर पठाउने

प्रकाशित मिति : २०७४ पुस २५

एजेन्सी । अर्को महिना दक्षिण कोरियामा हुने हिउँदे ओलम्पिकमा सहभागी हुन उत्तर कोरियाले आफ्नो टोली पठाउने निर्णय गरेको छ । मंगलबार उत्तर र दक्षिण कोरियाबीच सीमानामा भएको वार्तामा उत्तरले सो निर्णय गरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् ।

उत्तर कोरियाली टोलीमा खेलाडी, खेल अधिकारी, चियरलिडर र पत्रकार समेत सामेल रहने दक्षिण कोरियाली एकता मन्त्रालयका उपमन्त्री चुन हे सुङले जानकारी दिएका छन् । ओलम्पिकको उद्घाटन र समापन समारोहमा दुई कोरियाले संयुक्त रुपमा मार्चपास गर्ने प्रस्ताव पनि राखेको छ ।

झण्डै दुई वर्षपछि पहिलो पटक मंगलबार दुई कोरियाली अधिकारीहरुबीच औपचारिक वार्ता भएको हो । मंगलबार बिहान १० बजे डिमिलिटराइज्ट जोनस्थित पान्मुन्जोम गाउँमा सीमाबाट दक्षिण कोरियातर्फ पर्ने एक तीन तले घरमा वार्ता सुरु भएको थियो । दिउँसो दुई देशका टोली बेग्लाबेग्लै खाना खान उठेका छन् । खानापछि वार्ताले पुनः निरन्तरता पाउने बताइएको छ ।

वाताए सिरु हुँदै गर्दा केही दर्जन दक्षिण कोरियालीले डिमिलिटराइज्ड जोनमा वार्ताको सफलताको शुभकामना व्यक्त गर्दै ¥याली समेत निकालेका थिए ।