सबैखाले अवसरवादका विरुद्ध संघर्ष गरौं !

प्रकाशित मिति : २०७४ पुस २४

- दिनेश शर्मा

१. विषय प्रवेश

यतिवेला विश्वस्तरमा कम्युनिष्ट आन्दोलन उभारका रुपमा अगाडि बढ्न सकेको अवस्था छैन । तर कमजोर अवस्थामा नै भए पनि दर्जनौं देशहरुमा कुनै न कनै तरवरबाट अगाडि बढिरहेकै छ । खास गरी रुस र चीन जस्ता विश्वका ठूला देशहरुमा सर्वहारा वर्गको हातमा आएर पनि प्रतिक्रान्तिमा बदलिनु र अन्य कतिपय देशहरुमा समेत क्रान्तिले हार खानुले स्वभाविक रुपमा सर्वहारा वर्गीय आन्दोलन कमजोर बन्न पुगेको छ । तर पछिल्लो चरणमा कतिपय देशका क्रान्तिकारी सर्वहारा वर्गले क्रान्तिलाई अगाडि बढाउन कोशिस गर्दै आएका छन् ।

सर्वहारा वर्गले अर्थात् कम्युनिष्ट क्रान्तिकारीहरुले यतिवेला बुझ्नु पर्ने विषय के हो भने कम्युनिष्टको नाममा सर्वहारावर्गको वास्तविक क्रान्तिलाई कमजोर बनाउने र पुँजीवादी दलाल राज्यसत्तालाई वलियो बनाउन घोर सुधारवादीहरु कम्मर कसेर लागिरहेका छन् । त्यसैले यतिवेला सर्वहारा वर्गले पुँजीवादी वर्गका विरुद्ध मात्र होइन कम्युनिष्टको खोल ओडेर पुँजीवादका दलालहरुका विरुद्ध चौतर्फी लडेर मात्र सर्वहारा वर्गको आन्दोलनलाई संगठित, सुदृढ र व्यवस्थित बनाउन सकिन्छ । प्रतिक्रियावादी वर्गका विरुद्ध जति सजिलोसँग लड्न सकिन्छ, त्यो भन्दा दशौ गुणा बढी कम्युनिष्टको खोल ओडेका संशोधनवादीहरुसँग लड्न आश्वयक छ । सुधारवाद, संशोधनवादको भ्रमलाई चिरेर मात्र क्रान्तिकारी आन्दोलनलाई एकतावद्ध गर्न सकिन्छ ।

सर्वहारा वर्गीय कम्युनिस्ट आन्दोलनको एउटा टुकडीका रुपमा रहेको नेपालको सर्वहारा वर्गीय आन्दोलन विभिन्न घुम्ती मोडहरु पार गर्दै अगाडि बढिरहेको छ । नेपालको सर्वहारा वर्गीय आन्दोलन कहिले राजतन्त्रका दलालहरुको कोपभाजनमा पर्दै आयो भने कहिले साम्राज्यवादी दलालहरुको कोपभाजनमा पर्दै आएको छ । नेपाली जनता आमूल परिवर्तनको पक्षमा कम्युनिष्टहरुको पक्षमा छन् । तर त्यसलाई मालेमावादले निर्दिष्ट गरेको लक्ष्यका आधारमा कम्युनिष्टप्रतिको आस्था, विश्वासलाई वास्तविक अर्थमा सर्वहारा वर्गीय आन्दोलनमा केन्द्रीत गर्न सकिएको छैन । यद्यपि दश वर्षको जनयुद्धका क्रममा जनताको त्यो बुझाईलाई विश्वासमा लिन सम्भव भएको थियो । जब आन्दोलनको नेतृत्व गर्दै आएको प्रमुख व्यक्तिले नै आज धोका दिएका कारण जनता यतिवेला अलमलमा परेका छन् । नेताहरुले जहिले पनि धोका दिन्छन् भन्ने तवरको बुझाई पनि एकातिर नभएको होइन । इमान्दार क्रान्तिकारीहरुमा क्रमशः आमुल परिवर्तनप्रतिको, क्रान्तिप्रतिको र क्रान्तिकारी पार्टीप्रतिको आशा र विश्वासको जगमा टेकेर क्रान्तिकारी आन्दोलनको तयारीमा जुट्न आवश्यक छ ।

२. पार्टीको राष्ट्रिय सम्मेलनले दिएको सन्देश

नेपालको कम्युनिष्ट आन्दोलन लामो समयसम्म कार्यदिशाविहीन भएर अल्मलिएको अवस्था थियो । त्यसलाई ०४८ सालमा भएको एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरेर स्पष्ट बाटो खोल्यो । त्यसलाई ०५१ सालमा भएको तेस्रो विस्तारित बैठकले उक्त कार्यदिशालाई समृद्ध ग¥यो र हामीहरु दश वर्ष युद्धमा गयौं । वास्तवमा त्यो सहि लाईन थियो । दशौं हजार महान शहीदहरु, हजारौं बेपत्ताहरुको त्याग, वीरता र वलिदानका साथै लाखौं लाख जनताको सहयोग र समर्थनले क्रान्ति एउटा उत्कर्षमा पुगेको थियो । विश्वका साम्राज्यवादी पुँजीवादी शक्तिहरु क्रान्तिदेखि आतंकित थिए भने विश्वभरिका सर्वहारा वर्गमा एक प्रकारको उमंग छाएको थियो । त्यसैको वलमा २५० वर्षदेखि लगातार रुपमा सत्तामा रहँदै आएको सामान्ती राजतन्त्रको शासन सत्ता ढल्यो । तर विडम्बना के रह्यो भने सर्वहारा वर्गको हातमा सत्ता आउन सकेन । बरु त्यो सत्ता साम्राज्यवादका दलाल, विस्तारवादका दलालहरुको हातमा गयो । दशवर्षको जनयुद्धको प्रमुख नेतृत्वमा रहेका प्रचण्ड, बाबुराम जस्ता व्यक्तिहरु नै साम्राज्यवाद, विस्तारवादका दलाल बने । यो कुरा देखेर नै माओवादी पार्टीलाई पुनर्गठन ग¥यौं । तर क्रान्तिबाट थाकिसकेका सर्वहारा वर्गको कार्यभार पुरा गर्नुको सट्टा जीवन निर्वाह गर्नतिर अग्रसर भएका कतिपय व्यक्तिहरु पुनः पलायनको बाटो समात्न पुगे । कतिपय क्रान्तिको कष्टसाध्य बाटोबाट भागेर रोमाण्टिक गफ गर्दै हिंडे । सर्वहारा वर्गको क्रान्ति भनेको कुनै रोमाण्टिक विषयवस्तु पनि होइन र सरल तवरबाट प्राप्त हुने विषयवस्तु पनि होइन । यो त सबै खाले प्रतिक्रियावादी वर्ग तथा दक्षिणपन्थी सुधारवादीका सबै खाले हर्कतका विरुद्ध वैचारिक, राजनीतिक र फौजी तवरबाट परास्त गरेर प्राप्त गर्ने विषय हो । यसलाई नेकपा (क्रान्तिकारी माओवादी)ले आत्मासाथ गरेको छ ।

त्यसैले यति बेलाको सर्वहारा वर्गको कार्यभार भनेको सशस्त्र जनविद्रोहको माध्यमबाट सत्ता कब्जा गर्नु हो । त्यसका निमित्त सबैभन्दा पहिले आफ्नो पार्टीको लाइनलाई वा कार्यदिशालाई स्पष्ट रुपमा बुझ्न आवश्यक छ । खास गरी सातौ महाधिवेशनले पास गरेको कार्यदिशालाई गत अश्विनमा सम्पन्न राष्ट्रिय सम्मेलनले समृद्ध बनाएको छ । अबको हाम्रो ध्यान हाम्रा अपुग वैचारिक, राजनीतिक क्षमताको विकास गर्ने, पार्टीपंक्तिलाई वास्तविक सर्वहारा वर्गको पार्टीका रुपमा विकास गर्ने र दिमागलाई सशस्त्र बनाउने हो । पार्टीको राष्ट्रिय सम्मेलनले यही कुराको संकेत गरेको छ ।

३. हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकको महत्व

पार्टीको राष्ट्रिय सम्मेलनको लगत्तै केन्द्रीय समितिको बैठक पनि बस्न पाएको थिएन राज्यले निर्वाचन प्रकृया अगाडि बढायो । जसले गर्दा पार्टीका अगाडि निर्वाचनलाई बहिष्कार गर्ने कि उपयोग गर्ने भन्ने प्रश्न खडा भयो । अन्ततः उपयोगको माध्यमबाट भण्डाफोर गर्ने र आफ्नो पार्टीको नीति जनतासम्म पु¥याउने भन्ने रह्यो । यही योजनामा सिङ्गो पार्टी जुट्यो । हामीले हाम्रो पार्टीको आत्मगत शक्ति अनुरुप जनताका विचमा गयौं । यद्यपि निर्वाचन उपयोगका क्रममा थोरै सुधारवादी चिन्तन हावी हुन नखोज्ने कुरै भएन तर पनि क्रान्तिकारी विचार, राजनीति र लाईन बोकेको पार्टीको नीति क्रान्तिकारी भएका कारण सुधारवादी चिन्तन आफैमा कमजोर बन्न पुग्यो । तर पनि संशोधनवाद हावी भएको, सुधारवाद हावी भएको वर्तमान परिवेशमा पार्टीभित्र जहिले पनि सुधारवादले टाउको उठाउँछ भन्ने विषयलाई भूल्यौ भने गल्ती हुन्छ । सदा सर्वदा क्रान्तिकारीहरु चनाखो रहनु पर्दछ । सुधारवाद र संशोधनवाद कुनै बाजा बजाएर आउँदैन । त्यो त मन्द गतिमा क्रान्तिकारी आन्दोलनमा प्रवेश गर्ने विषय हो ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले एक हदसम्म यसलाई चिरेको छ । क्रान्तिका लागि पहिले क्रान्तिकारी विचार, लाईन, कार्यदिशा, कार्यक्रम र क्रान्तिकारी नेतृत्वको आवश्यकता पर्दछ । विद्यमान अवस्थामा आज हाम्रो पार्टीमा ति सबै विषयवस्तु छ । त्यसैले क्रान्तिको अर्को विषय भनेको संगठन हो । संगठनको कुरा गर्दा पार्टी जबस, मोर्चा संगठनका विभिन्न तहहरु हुन् । यसलाई व्यापक नबनाईकन क्रान्तिकारी शक्तिलाई संगठित नगरीकन हामीले क्रान्ति सम्पन्न गर्न सक्तैनौं । यसको मतलब यो होइन कि संशोधनवादीहरु र सुधारवादीहरुले जस्तो मास पार्टी निर्माण गर्ने । त्यो विलकुल होइन । सर्वहारा वर्गको पार्टी सानो हुन्छ, चुस्त र दुरुस्त हुन्छ तर क्रान्तिकारी स्प्रिटका साथ क्रान्तिमा हाम फाल्न तयार हुन्छ ।

त्यसैले यतिबेला पार्टीले तीन महिने सांगठनिक तथा जनपरिचालन अभियान ल्याएको छ । यसलाई हामीहरुले नेतालाई कार्यकर्तासँग र कार्यकर्तालाई जनतासँग जोड्न आवश्यक छ । त्यो जोड्ने भनेको व्यापक मात्रामा जनसंगठनको विस्तार गर्नु । राजनीतिक, वैचारिक र व्यवहारिक ज्ञान, चेतना र क्षमताको विकास गर्नु हो । तीन महिने अभियानको महत्व यसैभित्र लुकेको छ । यदि कसैले तीन महिने अभियानलाई आफूमाथि चढ्ने भ¥याङ मात्र बुझेको छ भने पनि त्यो गलत हो । मानिसहरुका धैरै सपनाहरु हुन सक्छन् । तर सपना कस्तो देखेको छ भन्ने कुरा मुख्य हो । त्यसैले आफ्नो व्यक्तिगत महत्वकांक्षालाई अगाडि सारेर होइन, नेपाली क्रान्तिलाई सर्वहारा वर्गको मुक्तिको चाहनालाई केन्द्रविन्दुमा राखेर सोच्ने गरौं । तीन महिने सांगठानिक अभियानलाई अक्षरस पालन गर्ने सोचका साथ व्यवहारमा जाऔं । सबै खाले अवसरवादलाई परास्त गर्दै सर्वहारा वर्गीय कार्यभार पूरा गर्ने आँट गरौं । यो नै यति बेलाको आवश्यकता हो ।