कंचनपुरमा अखिल (क्रान्तिकारी)को संगठन विस्तार तीव्र

प्रकाशित मिति : २०७४ पुस २४

- धनञ्जय अवस्थि

कंचनपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) कंचनपुरले संगठन विस्तारलाई तीव्रता दिएको छ । प्राप्त जानकारी अनुसार हालै संगठनले जिल्लाका विभिन्न स्कूल तथा क्याम्पसहरुमा संगठन निर्माण गरेको छ । हालै भएको विध्यार्थीहरुको एक भेलाले जिल्लाको जनशिक्षा उमाविमा सृष्टी ऐरको अध्यक्षतामा संगठन निर्माण गरेको छ । त्यसैगरी उक्त स्कूल इकाइ कमिटिको उपाध्यक्षमा पुस्कर जोशी, सचिवमा मनिशा भट्ट, सहसचिवमा अमर रोकाया, कोषाध्यक्षमा निर्मला भट्ट रहेका छन् भने सदस्यहरुमा तुलसी अवस्थी, पुजा भट्ट, मनिशा जोशी, संगीता कुँवर, मेनुका बोहरा, दलबहादुर धामी, जेनिशा नेगी, सन्तोष चन्द, मीना भण्डारी, उषा भट्ट लगायत रहेका छन् ।

त्यसैगरी महेन्द्रनगर उमाविमा पुस्कर राज जोशीको अध्यक्षमा अर्को इकाई कमिटि निर्माण गरिएको छ । उक्त कमिटिको उपाध्यक्षमा निलकण्ठ भट्ट र हेमन्ती भट्ट, सचिवमा कविता भट्ट, सहसचिवमा सोनम र पुरक, कोषाध्यक्षमा अम्बिका जोशी रहेका छन् भने सदस्यहरुमा हर्क धामी, सम्झना श्रेष्ठ, पुजा लोहार, दिपेश रोकाया, रोशनी विष्ट, पवन भट्ट, सन्तोष, लक्ष्मी पाण्डेय, निशा चन्द, राजेश्वरी भट्ट, अनिता बोहरा, निर्मला जोशी, गणेश विष्ट, अजय विक, रमेश खड्का लगायत रहेका छन् ।

त्यस्तै, सनराइज उमाविमा जीवन बोहराको अध्यक्षतामा स्कूल इकाई कमिटि निर्माण गरिएको छ । उक्त कमिटिको उपाध्यक्षमा निरज सिंह र नितेश भट्ट रहेका छन् भने सचिवमा जीवन गिरी, सहसचिवमा विवेक पाण्डेय र आस्था भट्ट, कोषाध्यक्षमा अशोक टमाटा रहेका छन् भने सदस्यहरुमा आँचल चन्द, महेश खत्री, सुस्मिता बम, लक्ष्मण शर्मा, मेघमानिया दहित, चिराग चन्द, विक्रम धामी, लक्ष्मण वस्नेत, दिपक विक, जया गिरी, श्रेया बोहरा, मोनिका ऐडी, ज्योति अवस्थी, ललिता जोशी, मिनशा चन्द, मनिस धामी लगायत रहेका छन् ।्
त्यसैगरी जिल्लाको वैजनाथ नमूना उमाविमा रविन्स पन्तको अध्यक्षतामा स्कूल इकाइ कमिटि गठन गरिएको छ । उक्त कमिटिको उपाध्यक्षमा हेमन्ती बोहरा र पुष्पराज जोशी रहेका छन् भने सचिवमा नरेन्द्रराज जोशी, सहसचविमा कृष्णा ताडी, कोषाध्यक्षमा विपना रावल रहेका छन् । सदस्यहरुमा हेमा सिंह, कमला गन्धर्व, पुजा ठगुन्ना, उर्मिला विक, बन्दा विष्ट, सालु बाल्मिकी, ललिता ठगुन्ना, गीता खड्का, विनोद पन्त, निराजन ठगुन्ना, कल्पना भुल, लक्ष्मण भण्डारी, रोशन रावल, करन धामी लगायत रहेका छन् ।