भारत हुँदै केन्या पुर्याइएका सात नेपाली चेलीको उद्धार

प्रकाशित मिति : २०७४ पुस २०

काठमाडौं, २० पुस । भारत हुँदै केन्या पुर्याइएका सात नेपाली चेलीको उद्धार भएको छ । मानव वेचविखन जालोमा फसेका सात नेपाली र तीन भारतीय युवतीको भारतीय हाइ कमिसनले उद्धार गरेको हो ।

भारतीय युवतीसँगै रहेका नेपाली चेलीको समेत नैरोवीमा रहेको भारतीय हाइ कमिसनले उद्धार गरेको हो । भारतीय हाइ कमिसनले केन्या प्रहरीसँगको सहकार्यमा अपरेसन चलाएको थियो ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतीय र नेपाली चेलीको उद्धारमा सक्रिय नौरोवीमा रहेकी भारतीय हाइ कमिसनर सुचित्रा दुरै र प्रथम सचिव किरण यादवको प्रशंसा गरेकी छिन् ।

भारतीय र नेपाली युवतीको उद्धारको विषयमा ट्वीट गर्दै स्वराजले भनेकी छिन्, ‘हामीले केन्याबाट तीन भारतीय युवतीको उद्धार गरेका छौँ । संस्थागत रुपमै भएको सिन्डिकेटमार्फत् यिनीहरु बेचिँदै थिए । सात नेपाली युवतीकोसमेत उद्धार भएको छ । मोम्बासामा उनीहरुलाई नियन्त्रणमा लिए लगत्तै उनीहरुको पासपोर्ट र फोन जफत गरिएको छ ।