रोमाञ्चक खेलमा ललितपुरलाई ३ विकेटले हराउँदै भैरहवा इपिएल क्रिकेटको फाइनलमा

रोहित पौडेलको २ छक्का बन्यो निर्णायक

प्रकाशित मिति : २०७४ पुस १३

काठमाडौं, १३ पुस । भैरहवा ग्ल्याडियटर्स एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोश्रो प्लेअफमा ललितपुर प्याट्रियोट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनल पुगेको हो । भैरहवाले उपाधिका लागि अब शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ललितपुरले दिएको १ सय ३३ रनको लक्ष्य भैरहवाले ३ बल बाँकी छदा ७ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा १३ रन चाहिएकोमा लागि रोहित पौडेलले लगातार दुई छक्का हानेर भैरहवालाई जिताएका हुन् । उनी २८ रनमा नटआउट । यसअघि पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि जयकिशन कोल्सावालाले ४२, सन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।

उपाधिका लागि भैरहवाले पर्सी शनिवार विराटनर वारियर्ससँग खेल्नेछ ।