के एचआभी संक्रमित आमाले स्वस्थ बच्चा जन्माउन सक्छनत ?

प्रकाशित मिति : २०७४ पुस १२

एचआइभी संक्रमित बुवाआमाबाट जन्मने सन्तानमा एचआइभी सर्छ । तर, चिकित्सा विज्ञानले त्यसो भन्दैन । आमाबाबु एचआइभी संक्रमित हुँदैमा उनीहरुबाट जन्मिने बच्चा पनि संक्रमित हुन्छ भन्ने छैन । यसका लागि संक्रमित महिलाले आफ्नो उपचार भने गराएको हुनुपर्छ । त्यसो भएको अवस्थामा बच्चा सुरक्षित रहन्छ ।

एचआइभीको सम्पर्कमा यसरी आउँछन् शिशु

– गर्भावस्थाको क्रममा

(जन्मका क्रममा, शरीरको तरल पदार्थको सम्पर्कमा आउँदा)

– स्तनपानका क्रममा, दुधमार्फत

एन्टी रेट्रोभाइरल थेरापी

गर्भावस्थाका क्रममा एचआइभी संक्रमित महिलाहरुलाई विशेष हेरचाह आवश्यक हुन्छ । यस क्रममा एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) गर्भवतीलाई दिइन्छ जसले भाइरसको उपचारमा मद्दत गर्छ ।

यो औषधिले भाइरसलाई मार्ने होइन, तर तिनीहरुको वृद्धिलाई नियन्त्रण गर्छ र भाइरसको विकासलाई रोक्छ । यसले एचआइभी भाइरसको प्रक्रियालाई पूर्ण विकासित एड्समा बदल्ने समयलाई अगाडि धकेल्छ । यी उपचारहरुबाट गर्भावस्था र जन्मका दौरान शिशुसम्म संक्रमण पुग्ने सम्भावनालाई क्षीण बनाउँछ ।

सुरक्षित यौन सम्पर्क

एचआइभी पोजिटिभ मानिसहरुले सँधै सुरक्षित तवरले यौन सम्पर्क गर्नुपर्छ । यदि दुई एचआइभी पोजिटिभ मानिसहरु बच्चालाई जन्म दिन तथा स्वाभाविक रुपमा गर्भधारण गर्ने योजना बनाउँछन् भने उनीहरुले यो सुनिश्चित गर्ने आवश्यकता छ भने उनीहरुको भाइरल लोड कम होस ।

नर्मल कि सिजेरियन प्रसुति ?

एचआइभीबाट ग्रसित गर्भवती महिलाको प्रसुति सामान्य हुन्छ वा सिजरियन हुन्छ भन्ने धेरै हदसम्म यो कुरामा निर्भर गर्छ कि संक्रमण कति नियन्त्रित छ । यदि भाइरसको स्तर कम छ भने डाक्टरले प्राकृतिक प्रसुतिको सल्लाह दिन सक्छन् ।

यदि रगतको जाँचमा विषाणुहरुको स्तर निकै ज्यादा छ भने पत्ता लाग्यो भने सिजरियन अपरेसन गर्ने सल्लाह डाक्टरले दिन्छन् । सीजेरियन प्रसुतिबाट जन्मने शिशु एचआइभी संक्रमित हुने खतरा कम हुन्छ । बच्चाको जन्म कुन प्रकारले हुन्छ भन्ने कुरा तपाईं कुन प्रकारको उपचार लिइरहनु भएको छ भन्नेमा निर्भर गर्छ ।

१२ हप्तापछि एचआइभी टेस्ट

यदि आमालाई एचआइभी छ भने जन्मपछि लगत्तै विषाणुहरुको स्तर पत्ता लगाउनका लागि शिशुको परिक्षण गरिहाल्नुपर्छ । शिशु ६ साताको भएपछि यो परिक्षण दोर्होयाउन सकिन्छ । शिशु १२ हप्ताको भएपछि फेरि यो परिक्षण गरिन्छ । यसका अतिरिक्त अन्य परिक्षणहरु गराउनुपर्ने पनि हुन सक्छ ।

स्तनपान गराउनु हुन्न

एचआइभी विषाणू स्तन दूधमार्फत आमाबाट शिशुसम्म पुग्न सक्छ । त्यसैले एचआइभी पोजिटिभ आमाहरुले शिशुलाई बोतलको दुध पिलाउने सल्लाह दिइन्छ ।

१८ महिनापछि रगत परिक्षण

एचआइभीबाट ग्रस्त आमाबाट जन्मेको शिशु आफ्नो रगतमा यस विषाणुका विरुद्ध एन्टिबडीजलिएर जन्मन्छन् । यद्यपि, यदि शिशुलाई एचआइभी छैन भने यो एन्टिबडिज बिस्तारै–बिस्तारै समाप्त भएर जान्छ । कहिलेकाहीँ यस्तो हुनलाई १८ महिनासम्म लाग्न सक्छ । १८ महिनापछि शिशुलाई एक पटक फेरि रगत परिक्षण गराउन सल्लाह दिइन्छ ।